ओमानमा पहिलो पल्ट अन्तर नेपाली नक आउट फूटबल प्रतियोगिता शुरु
प्रसन्न युवा समुह ओमानको आयोजनामा २८ नोवेम्बर २०१४, शुक्रबार को दिन पहिलो पल्ट अन्तर नेपाली नक आउट फूटबल प्रतियोगिता सम्पन्न भएको छ । बिभिन्न कम्पनी तथा समुह गरी प्रतियोगितामा ११ समुहको सहभागीता रहेको थियो । प्रमुख अतिथी डि.बी छेत्री (अध्यक्ष "एन आर एन ओमान") को आतिथ्य मा दिउसो १२ बजे बाट सुरु भएको प्रतियोगिता ८ खेल पस्च्यत समय अभाबको कारणले गर्दा हिजो राती १० बजे रोकिएको थियो ।
कार्यक्रम सम्योजक श्री घनेन्द्र चौहान का अनुसार बाँकी रहेको सेमी फाईनल तथा फाईनलको खेल आउदो शुक्रबार ०५ डिसेम्बर को दिन दिउसो १२ बजे बाट सुरु गर्ने साथै आफु हरुले सोचेको भन्दा धेरै समुहले सहभागीता जनाएको मा खुशी तथा सम्पूर्ण सहभागी समुह अनी उपस्थित दाजु भाईहरु मा धन्यवाद ब्यक्त गरेको छ ।









