सभामुखको कार्यकक्षमा उच्चस्तरीय बैठक
काठमाडौं, १४ मंसिर । सार्क सम्मेलन सकिएलगत्तै राजनीतिक दलहरु सहमतिको खोजीमा सक्रिय भएका छन् । यसैक्रममा संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिको बैठकको पूर्वसन्ध्यामा आइतबार बिहान सभामुख सुवासचन्द्र नेम्वाङको कार्यकक्षमा उच्चस्तरीय राजनीतिक सम्वाद तथा सहमति समितिको बैठक बसेको छ ।
प्रचण्डको अध्यक्षता र सभामुखको रोहवरमा बसेको उच्चस्तरीय बैठकमा नेपाली कांग्रेसबाट शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला सहभागी छन् । एमालेबाट केपी ओली, झलनाथ खनाल र माधव नेपाल लगायतका नेता छन् । त्यस्तै एमाओवादीबाट प्रचण्ड, बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ सहभागी छन् ।
उच्चस्तरीय राजनीतिक समितिको बैठकपछि संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिको बैठक डाकिएको छ ।
उच्चस्तरीय राजनीतिक समितिको बैठकपछि आइतबार दिउँसो १ बजे संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिको बैठक डाकिएको छ ।
सम्वाद समितिले संविधानसभालाई पठाउने प्रतिवेदनका विषयमा छलफल गर्न शनिबार बालुवाटारमा बसेको तीन दलको बैठक विना निश्कर्ष टुंगिएको थियो ।
बैठकमा कांग्रेस र एमालेका नेताहरुले आफूहरुले अघि सारेको सात प्रदेशको प्रस्ताव सम्वाद समितिले संविधानसभामा पठाउनुपर्ने अडान दोहोर्याएका थिए भने एमाओवादी नेताहरुले कांग्रेस एमालेको प्रस्तावलाई अनुसूचिमा राखेर मात्रै संविधानसभामा पठाउन सकिने अडान राखेपछि शनिबारको बैठक विना निश्कर्ष टुंगिएको थियो ।
यसैवीच उच्चस्तरीय राजनीतिक समितिको बैठक सकिनासाथ एमाओवादीको नेतृत्वमा संविधानसभामा रहेका २० दलले आन्तरिक छलफल गर्ने भएका छन् ।