- कोरोना भाइरसबाट विश्वभर १ सय १७ नेपालीको मृत्यु, १२ हजार ८ सय ११ मा संक्रमण
- कोरोना राहत कोषमा ८ करोड रुपैयाँ जम्मा
- विश्वभर ३३ देशका नेपालीमा कोरोना महामारीको संक्रमण
- ४० हजार भन्दा बढीलाई राहत, ६२ हजार भन्दा बढीलाई परामर्शसेवा प्रदान
- कोरोना राहत कोषमा ८ करोड रुपैयाँ जम्मा
- विश्वभर ३३ देशका नेपालीमा कोरोना महामारीको संक्रमण
- ४० हजार भन्दा बढीलाई राहत, ६२ हजार भन्दा बढीलाई परामर्शसेवा प्रदान
विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण शनिवार (२३ मे २०२०) साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीहरुको संख्या १ सय १७ पुगेको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो साता थप २१ जना नेपालीहरुले कोरोनाका कारण ज्यान गुमाएका हुन् ।
संघका अनुसार युएई ९, साउदी अरब ५, युके २, नेपाल २, अमेरिका १, कतार १ र कुवेतमा १ जना नेपालीको यो साता ज्यान गएको हो । संघ अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार सबै भन्दा बढी बेलायतमा ६५ जनाको मृत्यु भएको छ । समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार संयुक्त अरब इमिरेट्स्ट (युएइ) मा १८ जनाको निधन भएको छ ।
त्यस्तै संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १६ पुगेको छ भने साउदी अरबमा ७, नेपाल ३, कतार १, आयरल्याण्डमा १, जापानमा १, टर्कीमा १, नेदरल्याण्ड १, बहराइन १, स्वीडेन १, र कुवेत १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ९५ पुरुष र १९ जना महिला रहेको स्वास्थ्य समितिले जनाएको छ । त्यस्तै, ५० देखी ९० वर्ष उमेर समूहमा सबै भन्दा धेरै ५३ प्रतिशतको निधन भएको छ ।स्वास्थ्य समितिको तथ्यांक अनुसार २३ प्रतिशत ४० देखी ५० वर्ष उमेर समूहका छन् । ४० वर्ष भन्दा कम उमेर समूहमा निधन हुने नेपालीको संख्या १६ प्रतिशत रहेको छ । बाँकी ८ प्रतिशतको उमेर समूह खुलेको छैन् । संयोजक डा.सापकोटाका अनुसार नेपाल सहित विश्वभर १२ हजार ८ सय २१ गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन् ।
ती मध्य मध्यपूर्वमा ७२, अमेरिकामा १३, युरोप १०, एशियामा ५, प्रतिशतमा संक्रमणमा देखिएको छ ।
अष्ट्रेलियामा १ प्रतिशत भन्दा कम संक्रमण देखिएको छ भने अफ्रिकी मुलुकहरुमा रहेका नेपालीहरुमा कोरोना संक्रमण नदेखिएको संघले जनाएको छ । संक्रमितमध्ये ४ हजार भन्दा बढी नेपालीहरु कोरोना भाइरसबाट मुक्त भएको बताएको सापकोटाले जानकारी दिनुभयो ।
अत्याधिक कोरोना प्रभावित देशहरु मध्य वेलायत र अमेरिकामा गत साताको तुलनामा यो साता संक्रमणको दर निकै कम हुदै गएको र मध्यपूर्वका देशहरुमा बढ्दै गएको समितिको तथ्यांकले देखाएको छ । स्वास्थ्य समितिका अनुसार कतार ६ हजार ९ सय ११, अमेरिका १ हजार ६ सय, युके १ हजार २ सय ३०, साउदी अरब १ हजार ३ सय ६४, नेपाल ५ सय ८५, युएई ५ सय, बहराइन ३ सय ११, कुवेत ८४, मलेसिया ५५, पोर्चुगल ४२, आयरल्याण्ड २२, स्पेन १३, क्यानाडा १८, अष्टे«लिया १२, माल्दिभ्स १६, जापान १०, बेल्जियम ६, स्वीडरल्याण्ड ५, जर्मनी ४, फिनल्याण्ड ४, साईप्रस ३, न्युजिल्याण्ड ३, माल्टामा २, हङ्गकंङ्ग २, पोल्याण्ड २, रुस २, म्यानमार १, रोमानिय १, र फ्रान्स १ जना नेपालीलाई कोरोना संक्रमण भएको छ । यो साता रुस, रोमानिया र भारतका नेपालीमा नयाँ संक्रमण देखिएको हो ।
चीनवाट शुरु भएको कोरोना भाइरसबिरुद्ध लड्न गैरआवासीय नेपाली संघ (एनआरएनए) ले अध्यक्ष कुमार पन्तको संयोजकत्वमा एक उच्चस्तरिय समिति गठन गरेको थियो । संघले स्वास्थ्य, आर्थिक, विद्यार्थी, श्रमिक, महिला लगायतका उपसमितिको गठन गरि विश्वव्यापी रुपमा आफ्नो संजाललाई कोरोना पिडितको लागि राहत वितरण गर्न परिचालन गरिएको संघका महासचिव डा. हेम राज शर्माले जानकारी दिनु भएको छ । शर्माका अनुसार कोरोना पिडितको लागि राहत वितरण गर्न ४९ देशमा २ दुई हजार १ हजार भन्दा बढी स्वयमसेवक खटाइएको छ ।
संघले शनिवार साँझ सम्म ४० हजार भन्दा बढी गैरआवासीय नेपालीहरुलाई राहत वितरण गरिएको छ भने ६२ हजार भन्दा बढीलाई परामर्शसेवा प्राप्त गरेका छन् । संघले स्थापना गरेको कोरोना पिडित राहत कोषमा बिभिन्न राष्ट्रिय समिति सहित ८ करोड रुपैयाँ संकलन गरेको कोषाध्यक्ष महेश श्रेष्ठले जानकारी दिनुभयो । संघले यसअघि १० देशमा प्रत्यक्ष आर्थिक सहयोग गरेका थियो ।
साभार: सामाजिक संजाल
४ जेठ, काठमाडौं । सरकारले लिम्पियाधुरा सहितको भारतले अतिक्रमण गरेको भूभाग समेटेर नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गर्ने भएको छ ।
सरकारको नीति तथा कार्यक्रममा समेत सो विषय आइसकेकोले भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले मन्त्रिपरिषदमा नयाँ नक्सा सहितको प्रस्ताव लैजाने तयारी गरेकी छन् ।
मन्त्रालय स्रोतका अनुसार नयाँ नक्साको अधिकांश काम तयारी अवस्थामै थियो । यसबीचमा भारतसँग वार्ताबाट समाधान हुने अपेक्षामा नक्सा जारी गर्न रोकिएको मन्त्री अर्यालले अनलाइनखबरसँगको अन्तर्वार्तामा बताएकी थिइन् । तर भारतले लिपुलेकबाटै सडक खन्न थालेपछि नक्सा जारी गर्न नेपाललाई दबाब परेको हो ।
सरकारको नीति तथा कार्यक्रममै लिम्पियाधुरा,कालापानी र लिपुलेक सहितको नक्सा जारी गर्ने भनिएको र नेकपा सचिवालय बैठक तथा संसदीय समितिले पनि निर्देशन दिइसकेकोले नयाँ नक्सा प्रकाशन गर्न नापी विभागलाई मन्त्री अर्यालले निर्देश गरेकी हुन् । विभागले नयाँ नक्सा तयार पारिसकेको छ ।
नापी विभागले तयार पारेको नक्सालाई मन्त्री अर्यालले मन्त्रिपरिषद बैठकमा लगेर छलफल गरेपछिमात्र त्यो पारित हुनेछ । नक्सा सार्वजनिक गर्नुअघि सरकारले त्यसका प्राविधिक,कुटनीतिक र अन्य सबै पक्षलाई विचार गरेर परिपक्व निर्णय गर्नुपर्ने मन्त्रालयका एक उच्च अधिकारीले बताए ।
नेपालको हाल प्रचलनमा रहेको नक्सामा लिम्पियाधुरा छैन । राणा काल र पन्चायतकालदेखिनै सो भूभाग नरहेको तर अहिलेको सरकारले त्यो सहित समेटेर नयाँ नक्सा जारी गर्ने अर्यालले अनलाइनखबरसँग बताएकी थिइन् । उनले लिम्पियाधुरा नेपालको नक्सामा नरहेको भन्दै कतिपयले विरोधसमेत गरेका थिए ।
नेपालको संविधानको अनुसूचीमा उल्लेखित राष्ट्रिय नक्सामा समेत लिम्पियाधुरा छैन । सरकारले लिम्पियाधुरा सहितको नक्सा जारी गरेर भारतले अतिक्रमण गरेको भूमि फिर्ता ल्याउन कुटनीतिक पहल गर्ने भएको छ ।
साभार- अनलाइनखबर
जथाभावी बाटो काट्ने पैदल यात्रीलाई दुई सय रुपियाँ जरिवाना हुने र जरिवाना तिर्न नसके केही समय प्रहरीको नियन्त्रणमा राखी सचेतना शिक्षा दिएपछि मुक्त गरिने जानकारी उहाँले दिनुभयो ।
प्रमुख लामाले विभिन्न दुर्घटनामा परी मृत्यु हुनेमा ४० प्रतिशतको सडक दुर्घटनामा मृत्यु हुने जानकारी दिनुभयो । जेब्राक्रसबाट बाटो नकाट्नेलाई जरिवाना गर्नुअघि तयारी स्वरूप प्रहरीले पैदल यात्रीलाई फुटपाथबाट हिँड्न लगाउने, जेब्राक्रसिङको महत्वबारे चालकलाई सचेत गराउने, आकासे पुलको प्रयोग अनिवार्य गर्ने लगायत सचेतनामूलक कार्यक्रम अगाडि बढाएको छ ।
यसका लागि महानगरीय प्रहरीले शुक्रबारबाट जनचेतनामूलक कार्यक्रम सुरु गरेको हो । हर्न पनि नबज्ने र जेब्राक्रसिङमा यात्रुले सडक पार नगर्दा दुर्घटनाको जोखिम बढेपछि सचेतनामूलक कार्यक्रम सुरु गरिएको हो ।
‘जेब्राक्रसिङ’का विषयमा यात्रु तथा चालकलाई सचेत र जागरुक बनाउन ट्राफिक नियमसम्बन्धी जानकारी दिन थालिएको हो । नियमको पालना नगर्ने र सडक सुरक्षामा खटेका ट्राफिक प्रहरी लगायत अन्य सुरक्षाकर्मीको आग्रह बेवास्ता गर्नेलाई दुई सय रुपियाँ जरिवाना हुनेछ । महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक बमबहादुर भण्डारीले उपत्यकाको बढ्दो सवारी चापलाई ध्यानमा दिई सवारी दुर्घटना न्यूनीकरण गर्न हर्न निषेध क्षेत्र घोषणा अभियान सञ्चालन गरिएको बताउनुभयो ।
काठमाडौंँ महानगरपालिकाको दाबीअनुसार काठमाडौँ उपत्यका हर्न निषेध क्षेत्र घोषणा गरिएको दक्षिण एसियाको पहिलो सहर हो । यस अभियानको सफलतासंँगै सवारी आवागमन सहज बनाउन जथाभावी सडक पार गर्ने, सडक फुटपाथमा हिँड्ने, आकासे पुलको प्रयोग नगर्ने पैदल यात्रुलाई कानुनी कारबाहीको दायरामा ल्याउन लागिएको भण्डारीले जानकारी दिनुभयो ।
ट्राफिक नियमको पालना गर्नाले शान्त र सुरक्षित यातायात सेवाका साथै जनजीवनलाई पनि सुरक्षित बनाउने भएकाले यस नियमको पालना गर्न जरुरी रहेको महानगरीय प्रहरी प्रमुख भण्डारीले बताउनुभयो । ‘जथाभावी बाटो नकाटौंँ, बाटो काट्दा जेब्राक्रसिङ र अकासे पुलको प्रयोग गरौँ, सडकपेटीको प्रयोग गरौंँ र सडक दुर्घटनाबाट बचाँैं’ भन्दै सडक र सवारीसम्बन्धी उपत्यकाको विभिन्न स्थानमा शुक्रबार जनचेतनामूलक ¥यालीको पनि आयोजना गरिएको छ । विभिन्न विद्यालयका विद्यार्थीलाई सडक सचेतना जगाउन बिहानै सडकमा खटाइएको थियो ।
महानगरीय ट्राफिक प्रहरी वृत्त दरबारमार्ग, सोह्रखुट्टे प्रभाग, ठमेल, लायन्स क्लब अफ काठमाडौँ, काठमाडौँ महानगरपालिकाको विभिन्न वडा कार्यालयको सक्रियताका साथै ठमेल र दरबारमार्ग क्षेत्रमा व्यवसायीले समेत सचेतनामूलक र्यालीमा सहभागी भएका थिए ।
साभार: गोरखापत्र अनलाईन
२४ मंसिर २०७३,
नेपाली कलाकारिता क्षेत्रमा लामो समयदेखि सक्रिय कलाकार आरपी भट्टराइको निधन भएको छ । ४ दिन अगाडि उनी काठमाडौंबाट आफ्नो घर विराटनगर गएका थिए ।
पछिल्लो समय उनले अभिनय गरेको चलचित्र ‘छक्का पन्जा’ अहिले हलमा चलिरहेको छ । उनले चलचित्र ‘वडा नम्बर ६’ लगायतका केहि सफल चलचित्रमा काम गरेका छन् । हाँस्य सिरियल ‘तितो सत्य’मा काम गरेपछि उनको चर्चा चुलिएको थियो । यहि, सिरियलबाट उनलाई ‘राजालाम’ उपनामले दर्शकले चिन्ने गर्थे ।
उनको श्रीमति र २ छोरा छन् । उनले केहि समय अगाडि आफ्नै आवाजमा एल्बम पनि सार्वजनिक गरेका थिए । उनको आवाजमा समावेश ‘कालो रैछु म पनि’ बोलको गीतको भिडियो केहि हप्ता अगाडि मात्र युटुबमा सार्वजनिक भएको थियो ।
देशमा पहुँचवालालाई औषधोपचारका लागि राज्यकोष, यता गरीब भने उपचार नपाएर छटपटी
वीरेन्द्रनगर स्थित महिला प्रशिक्षण केन्द्रको अस्थायी शिविरमा जीवन बिताइरहेका नरबहादुर यो तस्बिरलाई ह्दयविदारक भन्दा फरक नपर्ला । उनको बायाँ खुट्टा काटिएको छ । दायाँ पनि सुक्दै गएको छ । पत्नी सीता र छोरा प्रकाशको स्याहार सुसार भित्र रहेका नरबहादुर ओछ्यानबाट उठ्न सक्दैनन्, दिसापिसाब त्यहीँ गराउनुपर्छ । त्रिपालको कष्टकर बसाइ । मजदुरी नगरे छाक टर्दैन । त्यसमाथि थलिएका पतिको स्याहार गर्नुपर्दा सीतालाई कम्ती सकस छैन ।
०७१ साउन २८ र २९ गते इत्राम खोलामा आएको बाढीले वीरेन्द्रनगर ११ स्थित उनीहरूको ११ धुर जग्गा र घर बगाए पछी को कस्तकर जीवन बितौदै आएका यी बाढीपीडित रोका परिवारसँग पैसाका नाउँमा एक रुपैयाँ पनि छैन । त्यसयता परिवार विस्थापित जीवन बिताउन बाध्य छ । सरकारले बाढी विस्थापितलाई पुन:स्थापनाका लागि दिएको ५० हजार रुपैयाँ नरबहादुरले पनि पाए । त्यही पैसा लिएर निको हुने आसमा उपचार गर्न निस्किए । अस्पताल पुगेको केही दिनमै त्यो रकम पनि सकिए पछी अन्त्यमा, खर्च नपुगेर अस्पतालबाट फर्किनुको अलवा अन्त केही थिएन ।
सरकारले पहुँचवालालाई औषधोपचारका नाममा राज्यकोषबाट लाखौं बाँडिरहेको छ । तर ५१ वर्षीय नरबहादुर उपचार नपाएर छट्पटिइरहेका छन् । ‘म पनि नागरिक हुँ । बाढीले सारा बगायो । सरकारले एउटा घडेरी आउन पैसा दिएन । अहिले यतिसारो बिमारले थलिएको छु, सरकारले के हेथ्र्यो र ?’ उनले भने । ६ वर्षअघि भारत, मुम्बईमा काम गर्थे नरबहादुर । त्यही बेला फलामे गेट ढलेर बायाँ खुट्टाको बुढी औंला थिचियो । त्यतिबेला उनले टिटी रोगविरुद्ध सुई लगाएनन् । ‘पोहोरसाल त्यही ठाउँमा घाउ एक्कासी बल्झियो । प्यारालाइसिस भयो । ४५ दिन कोहलपुर (मेडिकल कलेज) मा उपचार गराएँ । प्यारालाइसिस पनि निको भयो,’ उनले बेलिविस्तार लगाए, ‘तर, वैशाखबाट झन् ठूलो विपत्ति आइलाग्यो ।’
गत वैशाखमा उनी मजदुरी गर्न मुम्बई पुगेका थिए । बुढीऔंलामा बल्झेको घाउ निको नहुने भएपछि भदौमा त्यहाँको साइन हस्पिटलमा उनको खुट्टा नै काटियो । मुम्बई स्थित नरबहादुरको उपचार गर्न त्यही काम गर्ने नेपालीहरुले सहयोग गरेको थियो । ‘एउटा खुट्टा नभए पनि बैसाखी टेकेर हिँड्नुहोला, निको भयो भनेर खुसी भयौं,’ सीताले पीडा पोखिन्, ‘घर आइसकेपछि अर्को भाग नचल्ने भो ।’ अहिले नरबहादुरको शरीरको दायाँ भाग चल्दैन ।
दिउँसो छोरा प्रकाशलाई बुबासँग राखेर काम खोज्दै बजारतिर धाउँछिन् सीता । कमाएको पैसाले चामल, तरकारी, नुन तेल लिएर टहरामा फर्कन्छिन् । ‘गाडीभाडा छैन । अस्पतालसम्म कसरी पुर्याउने ?,’ उनले दर्द सुनाइन्, ‘बचेको एउटा खुट्टा सुकिसक्यो । डाक्टरले यही खुट्टा पनि काट्नुपर्यो भन्लान् ।’ ऋण/सापटी माग्ने हैसियत नहुँदा शिविरमै राख्नुपरेको सीताले बताइन् । बाबु यस्तो अवस्थामा पुगेपछि प्रकाशले कक्षा ८ को पढाइ छाडेका छन् ।
स्रोत: पत्रपत्रीका
सप्तरी, ७ मंसिर । सप्तरीको भारदह, रूपनी र राजविराजमा प्रहरीको गोली लागेर चारजनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको विभिन्न पाँच ठाउँमा शनिबार मध्यराति धर्ना दिइरहेका मधेसी मोर्चाका कार्यकर्तालाई हटाउने क्रममा भएको झडपमा शनिबार राति दुईजना र आइतबार दुईजनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा सप्तरी डाढाका १८ वर्षीय वीरेन्द्र राम, जमुनी मधेपुराका २२ वर्षीय नागेश्वर यादव, १८ वर्षीय शिवशंकर दास र राजविराजका ३५ वर्षीय दिलीप साह रहेका छन् । दासको उपचारका क्रममा आइतबार मृत्यु भएको हो । शनिबार राति राजमार्गमा भएको झडपमा गोली लागेका उनलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो ।
राजविराजमा आइतबार साँझ प्रहरीले चलाएको गोली लागेर घाइते भएका साहको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा उनको मृत्यु भएको हो । घरको छतमा रहेका उनलाई कन्चटमा गोली लागेको थियो । उनकी ८ वर्षीया छोरी मुस्कानको हातमा छर्रा लागेको छ । आफ्नो घरछेउमा प्रदर्शनकारी र प्रहरीबीच झडप भइरहेको अवस्थामा प्रहरीले चलाएको गोली साह र उनकी छोरीलाई लागेको प्रत्यक्षदर्शीको भनाइ छ ।
सय दिनदेखि आन्दोलनरत मधेसी मोर्चाका सयौँ नेता–कार्यकर्ताले ‘चलु राजमार्ग, भरु राजमार्ग’ भन्ने अभियानअन्तर्गत राजमार्गमा मध्यराति धर्ना दिएका हुन् । धर्ना दिइरहेको अवस्थामा प्रहरीले हस्तक्षेप गरेको मोर्चाले जनाएको छ । पूर्व र पश्चिमबाट रातिको समयमा आउने सवारीसाधनलाई स्कर्टिङ गरी प्रहरीले गन्तव्यसम्म पुर्याउँदै आएको छ ।
प्रहरीले स्कर्टिङ गर्दै सवारीसाधन गन्तव्यतर्फ पुर्याउन थालेपछि मोर्चा कार्यकर्ताले राजमार्गमा धर्ना दिएका हुन् । राजमार्ग भरौँ अभियानअन्तर्गत सप्तरीको भारदह, पोर्ताहा, रूपनी, बिसनपुर र कदमाहामा मधेसी मोर्चा, थारू संघर्ष समिति र मुस्लिम गठबन्धनको संयुक्त अगुवाइमा सयौँ कार्यकर्ता धर्ना बसेका थिए ।
प्रहरीले सप्तरीको कोसी ब्यारेजबाट राति ११ बजेपछि सवारीसाधनको स्कर्टिङ गर्दै आएको थियो । तर, शनिबार राति उल्लेख्य संख्यामा मोर्चा कार्यकर्ता राजमार्गको विभिन्न ठाउँमा धर्ना र प्रदर्शनमा उत्रिएपछि स्कर्टिङ गर्न प्रहरीलाई मुस्किल परेको थियो ।
प्रदर्शनकारीले भारदहमा प्रहरीको एउटा भ्यानमा शनिबार साँझ नै ढुंगामुढा गरेका थिए । ढुंगामुढा गरेको आरोपमा प्रहरीले कंकालिनी मन्दिरबाट साइकलमा घर फर्किंदै गरेका इनरुवा–१ बनरझुलाका धर्मेन्द्रकुमार साहलाई नियन्त्रणमा लिई कुटपिट गरेपछि भारदहको स्थिति तनावग्रस्त बन्न पुगेको थियो ।
राजमार्गमा रहेका धर्नाकारीलाई हटाउन सयौँको संख्यामा भारदह क्षेत्रमा खटिएका सशस्त्र र नेपाल प्रहरीले अश्रुग्यास र करिब ८० राउन्ड हवाईफायर गरेको थियो । त्यसपछि प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए । सोही क्रममा प्रहरीको गोली लागेर वीरेन्द्र रामको घटनास्थलमै मृत्यु भएको थियो । भारदहको झडपमा १२ जना घाइते भएका थिए ।
भारदहमा झडप भइरहेकै समयमा करिब साढे ११ बजेतिर सप्तरीको रूपनीमा पनि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो । सोही झडपमा प्रहरीको गोली लागेर जमुनी मधेपुुरा–९ छपकीका नागेश्वर यादवको मृत्यु भएको हो ।
रूपनी घटनामा गोली लागेर घाइते भएका पाँचजनामध्ये रामउदगार साह र रघु साफीको स्थिति चिन्ताजनक रहेको उपचारमा संलग्न चिकित्सक बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रामज्ञान यादवले जानकारी दिए । गोली लागेर घाइते भएकाहरूको धरानमै उपचार भइरहेको छ । प्रहरीको लाठीचार्जबाट रूपनीमा घाइते भएका २५ जना प्रदर्शनकारीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।
मोदीपुत्र भन्दै प्रहरीले दमन गर्यो : मोर्चा नेता
सप्तरीको रूपनीस्थित राजमार्गमा शान्तिपूर्ण धर्ना बसेका मोर्चाका नेता–कार्यकर्तालाई त्यहाँबाट भगाउन प्रहरीले हस्तक्षेपसँगै अपमानसमेत गरेको मोर्चाका नेताहरूले आरोप लगाएका छन् । डिएसपी नारायणप्रसाद चिमोरियाको कमान्डमा रहेका सुरक्षाकर्मीले आफ्नै नागरिकलाई ‘मोदीपुत्रहरूलाई गोली ठोक’ भन्दै अन्धाधुन्ध गोली प्रहार गरेको संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य शैलेन्द्रप्रसाद साहले दाबी गरे ।
चिकित्सकद्वारा कामकाज ठप्प
प्रहरीको गोली लागेर रूपनीमा मृत्यु भएका नागेश्वर यादवको शव राजविराजस्थित अञ्चल अस्पतालमा राखिएको हुनाले त्यहाँ आइतबार बिहानैदेखि सयौँको संख्यामा मोर्चा कार्यकर्ता र सर्वसाधारणको भीड जम्मा भएको थियो । सोही वेला अस्पताल आएका जिल्ला प्रहरी कार्यालयको ना१झ १३१६ नम्बरको भ्यानमा आक्रोशित उपस्थित भीडले आगजनी गरिदिएपछि राजविराजको स्थिति तनावग्रस्त बन्न पुगेको हो । प्रहरी अस्पतालमै प्रवेश गरी स्वास्थ्यकर्मीमाथि अन्धाधुन्ध लाठीचार्ज गरेकाले काम गर्ने अवस्था नभएको भन्दै आइतबार दिउँसोदेखि अस्पताल बन्द गरेको प्रमुख यादवले जानकारी दिइन् ।
दुईवटा प्रहरी बिट जलाइयो
घटनाको विरोधमा आक्रोशित मधेसी मोर्चाका कार्यकर्ताले राजविराजमा रहेका दुईवटा प्रहरी बिट जलाइदिएको छ । राजविराजको बागेश्वरी मन्दिरनजिकै रहेको सशस्त्र प्रहरीको अस्थायी पोस्ट र रूपनी मोडमा रहेको नेपाल प्रहरीको बिटमा आगजनी गरिएको हो ।
राजमार्गको पुल भत्काइयो
शनिबार रातिको घटनापछि राजमार्गको बरमझिया–बैरवा खण्डमा रहेका मधेसी समुदायका केही व्यक्तिलाई प्रहरीले कुटपिट गरेको विरोधमा स्थानीयले स्काभेटर प्रयोग गरी राजमार्ग खण्डको सुन्दरी खोलामा रहेको एउटा पुल भत्काएका छन् । नजिकै रहेको सशस्त्र प्रहरी बल दन्तकाली गणबाट सशस्त्र प्रहरी पुलमा पुगेपछि पुल पूर्ण रूपमा भत्किनबाट जोगिएको थियो । सो क्रममा भएको झडपमा आधा दर्जन घाइते भएका हुन् । आधा पुल भत्किएपछि अब राजमार्गबाट सवारीसाधन आवत–जावत गर्न कठिनाइ उत्पन्न हुने भएको छ ।
प्रहरीमाथि जाइलागेपछि बल प्रयोग : जिल्ला सुरक्षा समिति
जिल्ला सुरक्षा समन्वय समितिले प्रहरीलाई घेरा हाली ढुंगा, गुलेली प्रहार गर्ने काम भएपछि सामान्य बल प्रयोग गर्नुपरेको जनाएको छ । जिल्ला सुरक्षा समितिको निर्णयपत्रमा भारदहमा प्रदर्शनकारीबाट गोली प्रहार भएको उल्लेख छ । सप्तरीका प्रमुख जिल्ला अधिकारी अनिल ठाकुरले घटना दु:खद् भएको प्रतिक्रिया दिँदै प्रहरीबाट गल्ती भएको पाइएमा आवश्यक छानबिन गरी कारबाही गर्ने प्रतिबद्धता जनाए ।
प्रहरी दमन अत्यधिक : नागरिक समाज
सप्तरीका नागरिक समाज, अधिकारकर्मी र जिल्ला रेडक्रसले सप्तरीमा शनिबार र आइतबार भएको प्रहरी कारबाहीमा अत्यधिक बल प्रयोग गरिएको जनाएको छ । ‘शान्तिपूर्ण ढंगले राजमार्गमा धर्ना बसेका निहत्था जनतामाथि प्रहरीले ताकेर गोली हान्ने काम गरेको छ,’ नागरिक समाजका अध्यक्ष थानसिंह भन्सालीले भने, ‘यो प्रहरीको ज्यादती हो, प्रहरीको यस्तो क्रियाकलापले मुलुकमा साम्प्रदायिकता फैलिने सम्भावना बढेकाले सचेत हुनु जरुरी छ ।’
सप्तरीका सिडिओ मन्त्रालय तानिए
सप्तरीका प्रमुख जिल्ला अधिकारी अनिल ठाकुर मन्त्रालयमा तानिएका छन् । शनिबार र आइतबार भएको आन्दोलनमा प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै उनलाई मन्त्रालय तानिएको हो । सप्तरीका लागि नयाँ सिडिओ खटाइएको छैन ।
आन्दोलन बढ्दै गए सेना
सप्तरीमा आन्दोलन थप हिंसात्मक बन्दै गए सेना खटाउनेबारे आइतबारको केन्द्रीय सुरक्षा समितिको बैठकमा सुरक्षा अधिकारीहरूले प्रस्ताव गरेका छन् । पहिलेजस्तै स्थानीय प्रशासन ऐनअनुसार नै सेना खटाउने तयारीमा गृह मन्त्रालयसमेत रहेको स्रोत बताउँछ । गृहमन्त्रीको अध्यक्षतामा शनिबार र आइतबार केन्द्रीय सुरक्षा समितिको बैठक बसेको थियो । बैठकमा तराईमा आन्दोलन झन् चर्किंदै गएकाले त्यसको सामना गर्न सेना नै खटाउनुपर्ने आवाज उठेको थियो ।
चीनले नेपाललाई बेच्ने इन्धनमा कर छुट दिन नमानेपछि व्यापारिक सम्झौता गर्न ढिलाइ भएको छ । शुक्रबार नै तेल खरिदको व्यापारिक सम्झौता गर्न नेपाली टोली चीन जाने तयारी भए पनि करको विषय नमिलेपछि टोली रोकिएको छ ।
निगमका निमित्त नायब प्रबन्ध निर्देशक सुशील भट्टराई र निर्देशक दीपक बराल सहज–असहज पक्षबारे अध्ययन गर्न सोमबार चीन जान लागेका हुन् । उनीहरूले चीनबाट स्थानीय कर र भन्सार कर छुटका लागि पहल गरी चीनले कुन मूल्यमा तेल दिने भन्ने विषय पनि टुंगो लगाउनेछन् । ‘हामी चीनबाट आउने तेलमा कर छुटलगायतका विषयमा कुरा गर्न सोमबार जाँदै छौँ,’ भट्टराईले भने, ‘सबै कुरा मिलिसकेपछि मात्रै व्यापारिक सम्झौता भई तेल आउने हो ।’
इन्धन ल्याउन नाका बाधक
- चीनको कुन ठाउँबाट नेपालले इन्धन ओसार्ने भन्ने निश्चित भइसकेको छैन । अनुदानको तेल तिब्बतको केरुङ बजारबाट ओसारे पनि व्यापारिक सम्झौतापछि त्यहाँ तेल ओसार्न सकिने अवस्था छैन । केरुङमा चिनियाँ तेल कम्पनीको भण्डारणगृह पनि छैन ।
आयल निगमले चीनको स्वशाशित क्षेत्र तिब्बतको सिगात्सेबाट इन्धन ल्याउने सोच बनाएको छ । त्यहाँ चिनियाँ नेसनल पेट्रोलियम कर्पोरेसन (सिएनपिसी)को ५० हजार किलोलिटर क्षमताको भण्डारणगृह छ । सिगात्सेबाट केरुङ–रसुवागढी हुँदै काठमाडौं आउन ६ सय ८५ किलोमिटर दूरी छ । नेपालतर्फको सडक उकालो–ओरालो, घुम्ती र खाल्डाखुल्डी धेरै भएकाले ढुवानीमा समस्या हुनेछ ।
चीनको मौसमका कारण केरुङबाट वर्षैभर तेल ल्याउन पनि मुस्किल छ । केरुङमा नोभेम्बरको अन्त्यदेखि फेब्रुअरीसम्म हिउँ परेर बाटो नै अवरुद्ध हुन्छ । वर्षायाममा नेपालतर्फको बाटोमा पहिरोको जोखिम हुन्छ ।- सिगात्सेबाट सिन्धुपाल्चोकको तातोपानी हुँदै तेल ल्याउन सकिन्छ । यो बाटोबाट भने पाँच सय पाँच किलोमटिर दूरी पार गरी चिनियाँ तेल काठमाडौं ल्याउन सकिन्छ । तर, १२ वैशाखको भूकम्पपछि तातोपानी नाका सुचारु छैन । नेपालतर्फको सडकमा अवरोध खुलाए पनि चीनले खासाको बाटो मर्मतसंभार गरेको छैन । उसले खासाको बस्ती नै न्यालम भन्ने ठाउँमा सारेको छ।
करमा किचलो
चीनले नेपाल निर्यात गर्ने पेट्रोलियम पदार्थमा स्थानीय कर र भन्सार कर छुट दिन मानेको छैन । तर, नेपाली पक्षले स्थानीय कर छुटका लागि पहल गरेको छ । चीनमै दुईथरी कर र नेपालतर्फको भन्सारमा कर बुझाउँदा इन्धन बिक्री मूल्य उच्च हुन्छ । करको विषय मिलाउन आयल निगमका निमित्त नायब प्रबन्ध निर्देशक सुशील भट्टराई र निर्देशक दीपक बराल सोमबार चीन जाँदै छन् ।
ग्यास ल्याउन पनि समस्या
नेपालले चीनबाट कम्तीमा कुल खपतको एकतिहाइ इन्धन आयात गर्ने समझदारी गरिसकेको छ । बाटोको असहजताका कारण तत्कालै ग्यास आउँदैन । केरुङ–रसुवागढीको सडक अप्ठ्यारो भएका कारण ग्यास ल्याउन कठिन छ । तातोपानी नाका सुचारु भएको छैन । तातोपानी सुचारु भए ग्यास ल्याउन सहज हुनेछ । चीनबाट ग्यास ओसार्न बुलेटको पनि समस्या छ । चीनमा २४ टन क्षमताका बुलेट प्रयोगमा छन् । नेपाली बुलेट १८ टन क्षमताका मात्रै छन् ।
काठमाडौं/यसपालिको दसैँमा उपत्यकाभित्र दसैँमा मासु अभावहुने भएको छ । तराईमा जारी आन्दोलन र भारतले गरेको अघोषित नाकाबन्दीका कारण खसी, बोका, राँगा, हाँस, कुखुरालगायत चौपाया तथा पशुपक्षीको ढुवानी सहज रूपमा उपत्यकामा हुन नसक्दा अभाव हुने भएको हो ।
चौपाया तथा पशुपक्षी ढुवानीमा पेट्रोलियम पदार्थ अभाव हुँदा उपत्यकावासीले महँगो मूल्यमा आफूले रोजेको मासु खरिद गर्नुपर्ने बाध्यता देखिँदै छ । राँगाको मासुबाहेक उपत्यकामा कुल मासु उत्पादनको ६० प्रतिशत खपत हुन्छ । चौपाया खरिद बिक्री संघका अध्यक्ष जीवन खतिवडाका अनुसार गत वर्ष ४० हजार खसीबोका र २ हजार ५ सय भेडाच्यांग्रा उपत्यकाभित्र खपत भएका थिए ।
राजधानी नजिकका किसानले खसीबोका, राँगा, हाँस, कुखुरा उपत्यकामा ल्याई बिक्री गर्ने तथ्यांक संकलन हुने नगरेको पशुपक्षी बजार प्रवद्र्धन निर्देशनालयका वरिष्ठ पशुविकास अधिकृतको भनाइ छ ।
नेपालमा सबैभन्दा धेरै राँगाको मासु खपत हुन्छ । खपतको ६३ प्रतिशत अर्थात् १ लाख ८५ हजार ९ सय ५५ मेट्रिकटन राँगाको मासुबाट मम, छोयला, सेकुवा, भुटन, कचिलालगायत परिकार बनाउने प्रचलन छ । तर, दसैँमा राँगाको भन्दा खसीबोका बढी खपत हुने गरेको निर्देशनालयले जनाएको छ ।
वरिष्ठ पशु विकास अधिकृत डा. अर्याल भन्छन्, ‘राँगाबाहेक खसीबोकाको मासु गत वर्ष १ लाख ७५ हजार १ सय ३२ मेट्रिकटन उत्पादन भएको थियो, यो उत्पादनको ४० प्रतिशत दसैँमा मात्र खपत भएको थियो । यसपटक खसीबोकाको मासु उत्पादन घटेको छ ।’
वैशाख १२ को भूकम्प र त्यसपछिका पराकम्पनले लाखौँ पशुपक्षीको मृत्यु भएकाले पनिमासु उत्पादनमा प्रभाव परेको छ । मानिसले पशुलाई गोठ बनाउनभन्दा पहिले बस्ने वास बनाउनेतर्फ लागेकाले पशुपालन वृद्धिहुन नसक्दा उत्पादनमा असर परेको हो ।
त्यस्तै, नाकाबन्दीले पेट्रोलियम अभाव भएसँगै सहज रूपमा दसैँमा घर जान नसक्ने स्थिति देखिएकाले पनि यसपटक राजधानीमा खसीबोका अभाव हुने अवस्था रहेको अर्यालको भनाइ छ । सोही कारण मासुको माग गत वर्षभन्दा दोब्बर हुने अनुमान उनले गरे । राजधानीमा मात्र करिब ४० लाख मानिसको बसोवास छ ।
गत वर्षको दसैँमा राजधानीबाट करिब २५ लाख मानिस बाहिरिएको उपत्यका ट्राफिक प्रहरीले जनाएको छ । तर, अहिले करिब ५–८ लाखसम्म दसैँ मनाउनका लागि बाहिरिने अनुमान प्रहरीको छ । व्यापारीले उपत्यकामा तराई मधेसका जिल्लालगायत सल्यान, रुकुम, दाङ, बाँके, बर्दिया, सिन्धुली, रामेछापबाट खसीबोका तथा मनाङ, मुस्ताङ, रसुवालगायतका हिमाली जिल्ला तथा तिब्बतबाट भेडाच्यांग्रा झिकाउँथे ।
वर्षेपिच्छे नेपालीको मासु खाने बानीमा बढोत्तरी भएपनि उत्पादमा मागअनुसारको वृद्धि हुन नसकेको पशु सेवा विभागका सूचना अधिकारी भीमनाथ शर्माले बताए ।
प्राचीनकालदेखि नै चौपायालाई धार्मिक आवश्यकता एवं मासुका लागिपालिने चलन चलिआएको छ । कृषिक्षेत्रको कुल गार्हस्थ उत्पादनमा२६ प्रतिशत योगदान रहेको पशुपालन क्षेत्रले कुल घरपरिवारको ६० प्रतिशत जनसंख्यालाई रोजगारी दिएको छ ।
नेपालमा राँगा, थारा भैँसी, भेडाच्यांग्रा खसीबोका, बंगुर, कुखुरा, हाँसको मासु खाने प्रचलन छ । चौपाया तथा पशुपक्षीबाट कुल २ लाख ९५ हजार १ सय ६७ मेट्रिकटन मासु गत वर्ष उत्पादन भएको कृषि विकास मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
बढ्दो मागलाई सहज बनाउन शुक्रबारदेखि नेपाल खाद्य संस्थानले करिब ७ सय भेडाच्यांग्रा र १ सय ४० वटा खसीबोका थापाथली डिपोबाट बिक्रीवितरण गरेपनि अपुग हुने स्थिति छ । डा. अर्यालका अनुसार नेपाली उत्पादनले नेपालको माग धान्न झन्डै ७० प्रतिशत उत्पादन बढाउनुपर्छ । मासु उत्पादनमा पछिल्लोपटक आस्ट्रिच व्यवसाय सुरुभएपनि सर्वसाधारणको सहज पहुँच छैन ।
१६ हजार भेडाच्यांग्रा निर्यात
दसैँलाई लक्षित गरी हिमाली जिल्ला मुस्ताङबाट १६ हजार भेडाच्यांग्रा निर्यात भएको छ । असोज २० देखि शुक्रबारसम्मको अवधिमा म्याग्दी, पर्वत, कास्की, बागलुङ र काठमाडौंका व्यापारीले भेडाच्यांग्रा खरिद गरी बजारमा पुर्याएका हुन् ।
करिब एक हजार भेडाच्यांग्रा खाद्य संस्थानले खरिद गरेर राजधानी लगेको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ । लोमान्थाङ, छोसेर, छोन्हुप, सुर्खाङ, कागबेनी, झोङ र घमी गाविसका किसानले पालेका भेडाच्यांग्रा निर्यात भएको पशु सेवा कार्यालयका निमित्त कार्यालय प्रमुख फलेन्द्र थकालीले जानकारी दिए ।
काठमाडौं, १९ असोज । अघोषित नाकाबन्दी लगाएर नेपाललाई अप्ठ्यारो पार्दै आएको भारतले जोगबनी र रुपैडिहाबाहेक अन्य नाकाबाट पेट्रोलियम पदार्थ ल्याउन रोक लगाएको छ। विराटनगरको जोगबनी र नेपालगन्जको रुपैडिहाबाट सोमबार साँझसम्म पेट्रोलियम पदार्थ बोकेका ३९ ट्यांकर मात्र नेपाल भित्रिएका छन्।
जोगबनी नाकाबाट पेट्रोलका १०, डिजेलका २० र ग्यासका दुई गरी ३२ ट्यांकर भित्रिएका छन्। एसएसबीले सोमबार अबेर रुपैडिहाबाट पाँचवटा डिजल ट्यांकर र दुईवटा ग्यास बुलेट गरी ७ वटा ट्यांकर छाडेको छ।
काँकडभिट्टा, वीरगन्जको रक्सौल, भैरहवाको बेलहिया र धनगढीको गौरीफन्टा नाकाबाट केही मालवाहक ट्रक भित्रिए पनि इन्धन ट्यांकर भने आएनन् ।
पूर्वी नाका काँकडभिट्टाबाट आइतबार चार बुलेट खाना पकाउने ग्यास पठाएको भारतीय पक्षले सोमबार त्यसमा पनि रोक लगाएको छ।
नाकाबन्दी खुलेको छनक दिन उसले थोरै इन्धन काँकडभिट्टा पठाउने तयारी गरेको छ। तर, यस्तै शैलीले झुक्याउँदै नाकालाई अझै नियन्त्रित गर्ने उसको नियत प्रस्टिएको छ। नेपाली ट्यांकरहरूलाई तेल भर्नै रोक लगाइरहेको इन्डियन आयल कर्पोरेसनले सोमबार पाँच ट्यांकर डिजेल र एक ट्यांकर हवाई इन्धन भने भरिदिएको छ। पश्चिम बंगालको सिलिगुढीस्थित कर्पोरेसनको डिपोमा इन्धन भरेपछि ती साधन पूर्वी नाका काँकडभिट्टातिर आउने क्रममा छन्।
काँकडभिट्टा प्रहरीप्रमुख डिएसपी श्यामकृष्ण अधिकारीका अनुसार ११ दिनयता तेल भर्न पालो कुरेर बसेका नेपाली ट्यांकरलाई बल्ल डिजेल र हवाई इन्धन थोरै भए पनि दिइएको हो। तर, पेट्रोल र मट्टीतेल भने अझै भरिएको छैन।
'तेल थोरै भए पनि भरिएको जानकारी आएको छ ', मेची भन्सारका एक अधिकृतले भने, 'तर, अब नाकामा एसएसबीले के गर्छ, हेर्नु छ।' इन्धनबाहेकका गाडीचाहिँ सोमबार काँकडभिट्टा नाकामा ठूलो संख्यामा भित्रिएका छन्। मेची भन्सारप्रमुख भीमप्रसाद अधिकारीका अनुसार तेस्रो देशबाट आएका १६ वटा सहित जम्मा १ सय २८ वटा ट्रक तथा गाडी सोमबार एकै दिन नेपाल भित्रेका छन्।
जोगबनीबाट ३२ ट्यांकर भित्रिए
भारतीय पक्षस"ग सहमतिसँगै १२ दिनपछि जोगबनी नाका सञ्चालनमा आएको छ। सोमबार जोगबनीबाट पेट्रोलका १०, डिजेलका २० ट्यांकर, ग्यासका दुई बुलेट र मार्बल, स्याउ, औद्योगिक कच्चा पदार्थ बोेकेका ५८ वटा गाडी नेपाल प्रवेश गरेको विराटनगर भन्सार कार्यालयले जनाएको छ।
कार्यालयप्रमुख कृष्ण बस्नेतका अनुसार भारतीय पक्षसँग सहमतिपछि आइतबार राति प्रहरीले धर्नाकारीलाई नाकाबाट हटाएको थियो। सोमबार बिहानैदेखि नाका खुले पनि दिउ"सो ३ बजेदेखि जोगबनीस्थित भारतीय कस्टमले इन्टरनेटमा समस्या आएको जनाउ"दै गाडी जा"चपास बन्द गरेको छ। सीमापारि जोगबनीआसपासका सडकमा १२ दिनदेखि रोकिएका सयभन्दा बढी इन्धन ट्यांकर र हजारभन्दा बढी मालवाहक ट्रक अलपत्र अवस्थामा छन्। नाका सञ्चालन भएस"गै विलम्ब शुल्क तिर्नुपर्ने डरले जोगबनीस्थित भारतीय कस्टममा नेपालका व्यवसायीको भीड बढेको भन्सार स्रोतले बताएको छ। स्रोतका अनुसार भारतीय कस्टममा नेपालका व्यवसायी, भन्सार एजेन्टहरूले आफ्नो सामान पहिले पठाइदिन दबाब दिन लर्को लाग्दा सामान जा"चपासमा पनि समस्या उत्पन्न भएको छ। आयातकर्ताले प्रतिट्रक दैनिक दुई हजारदेखि पा"च हजार रुपैया"सम्म विलम्ब शुल्क तिर्नुपर्ने हुन्छ।
बेलहियामा झन् कडाइ
नेपालबाट गएका इन्धनका गाडीलाई आइओसीको डिपोबाटै लोड गर्न नदिने र अरू गाडीको अवरोध पनि नहटाउने रबैया भारतीय पक्षले कायमै राखेको छ। सोमबार बैतालपुरस्थित आइओसी डिपोमा इन्धनका ३५ ट्यांकर गए पनि पेट्रोल र डिजेलका दुई–दुई ट्यांकर मात्र लोड गरिए। 'भारतीय अधिकारी सुरक्षा प्रबन्ध ठीक रहेको प्रतिक्रिया दिन्छन् तर पनि इन्धन भने लोड गरिदिँदैनन्,' रुपन्देहीका प्रजिअ विष्णुप्रसाद ढकालले भने।
भैरहवा भन्सार कार्यालयका भन्सार अधिकृत रवीन्द्र प्याकुरेलका अनुसार सोमबार दिउ"सो १ बजेसम्म ३७ गाडी नेपाल भित्रिएका थिए। त्यसलगत्तै आन्दोलनकारीले सीमाक्षेत्रमा प्रदर्शन गरे। केही बेरमै प्रहरीले स्थिति साम्य पारेपछि थप आधा दर्जन गाडी भित्रिए। त्यसपछि भने भारतले कुनै गाडी पठाएन। 'सुरक्षा प्रबन्धमा कुनै समस्या छैन, भारतीय पक्षले असुरक्षाको कारण देखाइरहेको छ, बु‰न सकिएको छैन,' उनले भने।
यसैबीच भरतलाई नाका खुलाउन दबाब बढेसँगै शान्तिपूर्ण प्रदर्शन र धर्नामा रहेका आन्दोलनकारी उत्तेजित हुन थालेका छन्। उनीहरू सीमापारिबाट गुलेलीले प्रहरीलाई ढुंगा र गुच्चा हान्न थालेका छन्। आन्दोलनकारीको गुलेली प्रहारबाट सोमबार जिल्ला प्रहरी कार्यालयका डिएसपी रामेश्वर कार्कीसहित नौ प्रहरी घाइते भएका छन्। सीमापारि कामविशेषले पुगेका बुटवल, देवीनगरका गणेश थापा निर्घात कुटिएको बेलहिया प्रहरी चौकीले जनाएको छ। अन्य दुई युवालाई पनि लछारपछार गर्दै नेपालतिर लखेटिएको थियो।
अवरोध हटाउन आनाकानी
रुपैडिहामा लामो समयदेखि रोकिएका सबै पेट्रोलियम ट्यांकर छाड्न नेपाली अधिकारीले गरेको आग्रहलाई भारतीय पक्षले अस्वीकार गरेको छ। भारतको उच्च निकायले आइतबारदेखि नै नेपालगन्ज नाका खोल्ने आश्वासन दिए पनि रुपैडिहास्थित भारतीय सुरक्षा अधिकारीले कार्यान्वयन गरेनन्।
दिनभर नेपाली पक्षले गरेको आग्रहलाई बेवास्ता गरेको एसएसबीले बेलुका ७ वटा पेट्रोलियम ट्यांकर मात्र छाडेको छ। यसमध्ये पाँचवटा डिजल ट्यांकर र २ वटा ग्यास बुलेट भित्रिएको इलाका प्रहरी कार्यालय जमुनाहाले जनाएको छ। सोमबार बेलुकासम्म एसएसबीले अन्य १३ वटा मालवाहक ट्रक तथा कन्टेनर छाडेको छ। पेट्रोलियम ट्यांकरभन्दा मालवाहक साधन दोब्बर बढी छन्।
एसएसबीले दिउँसो मात्र नेपाली अधिकारीलाई पेट्रोलियम ट्यांकर छाड्न माथिको आदेश आउनुपर्ने र अहिलेसम्म त्यस्तो कुनै आदेश नआएको जवाफ फर्काएको थियो। बेलुकीपख पहिलो चरणमा दुईवटा डिजल ट्यांकर र त्यसपछि तीन डिजल तथा दुईवटा ग्यास बुलेटलाई एसएसबीले छाडेको इप्रका जमुनाहा इन्चार्ज प्रहरी नायब निरीक्षक विष्णु गिरीले नागरिकलाई बताए।
१३ दिनदेखि रोकिएका पेट्रोलियम ट्यांकर तथा ग्यास बुलेटको लाइन सबैभन्दा पछाडि (रुपैडिहा बजारदेखि करिब ४ किलोमिटर टाढा) केवलपुर र जैतापुरसम्म छ। धेरै पछाडि आएका मालवाहक ट्रक तथा कन्टेनर भने सीमानजिक लामबद्ध छन्।
बाँकेका प्रजिअ वेदप्रकाश लेखक पेट्रोलियम ट्यांकर र ग्यास बुलेट निर्बाध छाडिदिन भारतीय पक्षलाई आग्रह गर्दा पनि बेवास्ता भइरहेको गुनासो गर्छन्। 'अचेल दिनहुँ जसो हाम्रो ध्यान यही विषयमा केन्द्रित भइरहेको छ,' उनले भने, 'जति अनुरोध गर्दा पनि एसएसबीले मान्दैन।'

काठमाडौं, १४ असोज
काठमाडौं, १४ असोज
काठमाडौं, १५ असोज । स्वास्थ्य बिमामा सहभागी हुने व्यक्तिले ६६ प्रकारका रोगमा ५० हजार रुपैयाँ बराबरको उपचार सुविधा पाउने भएका छन् । त्यसका लागि प्रतिपरिवार (पाँचजना) दुई हजार पाँच सय रुपैयाँको दरले प्रिमियम बुझाउनुपर्नेछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले बिमामा आबद्ध भएका व्यक्तिले सामान्य झाडापखालादेखि एपेन्डिसाइटको शल्यक्रियासम्मको उपचार नि:शुल्क पाउँछ । त्यस्तै, सामान्य घाउघटिरा, चोटपटक, ग्यास्ट्रिक, ज्वरोदेखि मिर्गाैला, मुटुरोग, शल्यक्रिया गरी हुने सुत्केरी, पाठेघर खस्ने समस्यालगायतका उपचारको व्यवस्था छ ।
बिमा सञ्चालनका लागि तयार पारिएको सामाजिक स्वास्थ्य सुरक्षा (सञ्चालन) नियमावली २०७२ तयार भएपछि मन्त्रालयले १५ कात्तिकदेखि इलाम, बागलुङ र कैलालीमा नमुनाका रूपमा यो कार्यक्रम सुरु गर्ने तयारी गरेको थियो । तर, लागू हुने समय नजिकिँदै गर्दा कार्यक्रम सुरु हुन अझै केही समय लाग्ने संकेत देखिएको छ ।
समितिका कार्यकारी निर्देशक श्रीकृष्ण नेपालले उपचार दिएबापत अस्पताललाई कसरी रकम भुक्तानी गर्ने भनेर ‘कस्टिङ’ तयार नहुँदा सम्झौता नभएको र बिमाका लागि चाहिने सफ्टवेयर पनि ती संस्थाहरूमा जडान नभइसकेको बताए । उनले आइटीको प्रयोग हुने बिमामा कार्यरत जनशक्तिलाई तालिम दिन पनि बाँकी नै रहेको बताए । समितिले एक परिवारमा पाँचजना सदस्यको अनुमान गर्दै प्रतिसदस्य पाँच सय रुपैयाँको दरले २ हजार ५ सय प्रिमियम बुझाएर ५० हजार रुपैयाँबराबरको उपचार व्यवस्था गरेको हो । तर, पाँचभन्दा बढी सदस्य भएका परिवारले प्रतिसदस्य चार सय ५० रुपैयाँको दरले थप प्रिमियम बुझाए थप १० हजार रुपैयाँ बराबरको उपचार दिने व्यवस्था छ ।

बिमाका लागि अतिगरिब परिवारको शतप्रतिशत प्रिमियम सरकारले बुझाउने व्यवस्था छ । त्यस्तै, गरिब परिवारका लागि ७५ प्रतिशत र जोखिममा परेका परिवारका लागि ५० प्रतिशत प्रिमियम सरकारले सहयोग गर्नेछ । उपचारका लागि छुट्टयाइएको ५० हजार रोगको पहिचान, परीक्षण, औषधि, भर्ना, बेड चार्जमा खर्च गरिने समितिले जनाएको छ । समितिले यो वर्ष तीन जिल्लाका २५ प्रतिशत परिवार मात्रै सहभागी हुने अपेक्षा गरेको छ ।
सोहीअनुसार आठ हजार परिवार दर्ता हुने अनुमान उसको छ । बिमामार्फत उपचारका लागि जिल्ला अस्पताल, क्षेत्रीय अस्पताल र केन्द्रीय अस्पताल तोकी गाइडलाइन बनाइएको समितिले जनाएको छ ।
पानीट्यांकी (भारत)- नयाँ संविधान जारी भएलगत्तैदेखि चिढिएर नेपालतिर नाकाबन्दी गर्ने आफ्नै सरकारको कदमसँग भारतीय नागरिक असन्तुष्ट छन्। नेपालसँग नाका जोडिएका क्षेत्रका भारतीय नागरिकले सरकारको पछिल्लो कदमलाई 'बेइज्जतिपूर्ण' भन्दै विरोध गरेका छन्।
भारत पश्चिम बंगाल तथा बिहार राज्यका नेपाली सीमावर्ती क्षेत्रका विद्यार्थी, युवा अभियन्ता तथा कतिपय राजनीतिक कार्यकर्तासमेतले आफ्नै सरकारको आलोचना गरेका छन्। अहिलेसम्म संगठित रूपमा नाकाबन्दीविरुद्ध भारतको नागरिक पंक्तिमा आवाज उठेको छैन। तर, यस्तै अवस्था जारी रहे संगठित रुपमै आवाज उठ्नसक्ने अनुमान भारतीय नागरिककै छ। 'रोटीबेटी' मात्रै नभई दैनिक जीवन गुजारामा पनि दुवै पक्षका जनता एकअर्कासँग सम्बन्धित छन्। सीमा नाकामा हुने यस्तो अवरोधले वारिपारि दुवैतिरको जनजीवन नराम्ररी बिथोलिएको बताउने उनीहरु सरकारले यसपटक 'बढी नै गरेको' ठान्दैछन्।
'भारत र नेपालको आपसी सम्बन्ध विशिष्ट खालको छ,' सोमबार पानीट्यांकीमा भेटिएका बिहार किसनगन्जका शिक्षक अनिल सहनीले नागरिकसँग भने 'तर भारतीय सरकारको पछिल्लो कदमले सम्बन्ध राम्रो पार्न सघाउँदैन।' झापा भद्रपुरमा आफ्ना धेरै नातेदार रहेको बताउने उनले नेपालको आन्तरिक मामिलामा भारतले दबाब नदिनु राम्रो हुने बताए। 'नेपाली राजनीतिमा भारतीय हस्तक्षेप छ भन्ने दुवैतिरका नागरिकलाई थाहा छ,' उनले भने, 'तर नाकाबन्दी गरेर, सन्धि–सम्झौता बिर्सेर भारतले नेपाली जनतालाई दुःख दिनु राम्रो होइन।'
साताभन्दा लामो समयदेखि नाकामा नेपालतिर आउने अत्यावश्यक उपभोग्य सामान बोकेका साधन रोकिएका छन्। अरुबेला निर्धक्क आवतजावत गर्ने सर्वसाधारण लामो र झन्झटलाग्दो सुरक्षा घेरा छिचोल्न बाध्य छन्। 'यस्तो व्यवहारसँग हामी आफैँ पनि दुःखी छौं,' रानीगन्ज ग्राम पञ्चायतका पूर्व जनप्रतिनिधि सिद्धान्त बर्मनले भने, 'नेपालजस्तो हितैषी छिमेकीलाई यसरी दुःख दिँदा उसलाई केही घाटा छैन, बरु हामीलाई धेरै बेफाइदा छ।' मार्क्सवादी कम्युनिष्ट पार्टीका कार्यकर्ता बर्मन नागरिक पंक्तिमा उत्पन्न आक्रोशले अन्ततः भारतीय संस्थापनलाई राम्रो नहुने बताउँछन्। 'भारतले यति कमजोर र लज्जास्पद कूटनीति देखाउन हुँदैन,' उनले भने, 'जतिसक्दो चाँडो नाका खोलेर असल छिमेकीको व्यवहार देखाउनुपर्छ।'
बाघडोग्रास्थित उत्तर बंगाल विश्वविद्यालयका स्नातक विद्यार्थी प्रिन्सकुमार सिंह आफ्नै सरकारसँग रुष्ट छन्। राजनीतिशास्त्रका विद्यार्थी उनी नेपालको आन्तरिक मामिलामा छिमेकको हस्तक्षेप कूटनीतिक मर्यादाविपरीत हुने बताउँछन्। 'केही साना नेपाली मिडियाले गोर्खाल्यान्डको पक्षमा लेख्दा टाउको दुखाउने भारतीय अगुवा अहिले नेपालको मामिलामा पूरै हस्तक्षेप हुँदा पनि नबोल्नु विरोधाभाष हो,' उनले भने, 'हामीलाई जत्तिकै उनीहरुलाई पनि आफ्नो देशप्रति गर्व छ, यो कुरा हाम्रो सरकारले भुल्नु हुँदैन।'
त्यसो त नेपाली ग्राहककै भरमा चलेका सीमावर्ती भारतीय बजारका व्यवसायी त आफ्नै सरकारले गाँस खोसेको अनुभूतिमा छन्। पानीट्यांकीमा मोटरपार्टस् तथा मोटरसाइकल मर्मत केन्द्र चलाएर बसेका सफल बर्मन एक सातायता ९५ प्रतिशत व्यापार चौपट भएको बताउँछन्। 'दिनमा कम्तीमा ५० जनाभन्दा बढी बाइक बनाउन आउँथे, दोकानमा भीडभाड भइरहन्थ्यो,' सातायता ज्यादै फुर्सदिलो बनेका उनले भने, 'आफ्नै सरकारले गाँस खोसिरहेको छ।'
उनीजस्ता दर्जनौं ग्यारेज सञ्चालकको हालत उही छ। 'यहाँका दर्जनौं ग्यारेजको नियमित ग्राहक नेपाली नै हुन्,' उनले भने, 'नाकामा अवरोध भएपछि सबैको व्यापार सकिएजस्तै भएको छ।'
त्यसो त भारतीय नाकाका खाद्य सामग्रीका पसल पनि नेपाली ग्राहककै भरमा चलेका छन्। नेपाली बजारभन्दा तुलनात्मक रूपमा सस्तो पाइने भएपछि नेपाली ग्राहक उतै झुम्मिन्थे। अझ दशैं, तिहारजस्ता चाडपर्वको मुखैमा त यहाँका बजार नेपाली ग्राहकले भरिन्थ्यो तर अचेल यस्तो दृश्य हराएको छ।
भारतीय कदमविरुद्ध नेपाली नाकामा झन् आक्रोश चुलिँदो छ। यहीक्रममा पूर्वी काँकडभिट्टा नाकामा सोमबार प्रदर्शन भएको छ। भारतले अत्यावश्यक वस्तु तथा (पेट्रोलियम) इन्धन आयातमा लगाएको नाकाबन्दीलाई नेपालको आन्तरिक मामिलामाथिको हस्तक्षेप भन्दै राष्ट्रवादी नागरिक मञ्चको अगुवाईमा प्रदर्शन गरिएको हो।
'देशभक्त नेपाली एक हौं, राष्ट्रिय स्वाधिनताको रक्षा गरौँ, भारतीय विस्तारवादको विरोध गरौँ, अघोषित नाकाबन्दी खुला गर, अन्तर्राष्ट्रिय मार्ग अवरोध गर्न पाइँदैन,' जस्ता चर्का नाराबाजी गर्दै अपराह्न ४ बजे र्याषली प्रदर्शन भएको हो।
काँकरभिट्टा बसपार्क, गुराँसपथ, शान्ति पथ, बाहुनडाँगी रोड, पूर्व प्रगति टोल, मेचीडाडा, नेपाल—भारत जोड्ने मेची पुलको नेपालतर्फ, इलाका प्रहरी कार्यालय, भन्सार परिसर हुँदै र्यााली मेची भन्सार कार्यालयको यात्रु शाखाअघिको खुला स्थानमा कोणसभामा परिणत भएको थियो। सभालाई सम्बोधन गर्दै मञ्चका अध्यक्ष भुपाल शिवाकोटीले भारतले अघोषित नाकाबन्दी जारी राखेर सीमामा कडाइको विरोध गरेका थिए।

काठमाडौं— नेपाल आयल निगमले निजी पम्पबाट पेट्रोलको बिक्री रोकेको छ। भारतले नाकाबन्दी लगाएसँगै पेट्रोलियम पदार्थको आपूर्ति असहज भएपछि निगमले सोमबार निर्णय गरी सेना, प्रहरी, साझा र नेसनल ट्रेडिङको पम्पबाट पेट्रोल वितरण गर्ने बताएको हो।
सरकारी स्वामित्तवका त्यस्ता पम्पहरु उपत्यकामा ११ वटा रहेका छन्। सोमबार दिउसो ती पम्पहरूलाइ निगमको थानकोट डिपोबाट पेट्राेल दिइएको छ।
कुन कुन पम्पबाट पाइन्छ पेट्राेल ?
१. हल्चोक फ्युल सेन्टर हल्चोक –८ हजार लिटर
२. साझा भण्डारण लिमिटेड स्वयम्भू –४ हजार लिटर
३. नेशनल ट्रेडिङ टेकुलाई –८ हजार लिटर
४. रिपुमर्दिनी पेट्रोल पम्प भद्रकाली –२० हजार लिटर
५. प्रहरी कल्याण कोष पेन्ट्रोलपम्प नक्साल –२० हजार लिटर
६. साझा सेवा बल्खु –४ हजार लिटर
७. साझा सेवा पुल्चोक –२० हजार लिटर
८. इन्द्रायणी आयल स्टोर सानेपा –४ हजार लिटर
९. शक्तिदेवी पेटटेल स्टेशन लगनखेल –८ हजार लिटर
१०. मध्यपुर आयल सप्लायर्स –४ हजार लिटर
११. गुह्यश्वरी फ्युल स्टेशन ठीमी –८ हजार लिटर
डिजेल र मट्टितेलको बिक्री वितरण भने निजी पम्पहरुबाट पनि हुनेछ। निगमले सोमबार थानकोट स्थित डिपोबाट ६० वटा निजी पम्पलाई डिजेल वितरण गरिएको छ। यी मध्ये काठमाडाैं उपत्यकाका ४७ वटा छन्।

काठमाडौं, १० असोज । नेपाल आयल निगमले सबै सवारी साधनलाई कोटा प्रणालीमा पेट्रोलियम पदार्थ दिने भएको छ ।
भारतले तेल आपूर्ति रोकपछि मौज्दात रहेको डिजेल/पेट्रोललाई धेरै दिनसम्म पुर्याउनका लागि कोटा प्रणाली लागू गर्ने निर्णय भएको निगमका प्रवक्ता दिपक बरालले अनलाइनखबरलाई जानकारी दिए । कोटा प्रणाली भोलिदेखि लागू हुनेछ ।
उनका अनुसार अब मोटरसाइकलले हप्तामा ३ लिटर मात्रै पेट्रोल पाउनेछन् । यसैगरी चारपांग्रे निजी, सरकारी तथा संस्थानका सवारी साधनले हप्तामा १० लिटर पेट्रोल पाउने बरालले बताए । यस्तै ट्याक्सीले भने जोर-बिजोर प्रणालीमा आफ्नो पालो परेको दिनमा १० लिटर पेट्रोल पाउनेछन् ।
डिजेल गाडीतर्फ निगमले निजी तथा सरकारी र संस्थानका चार पांग्रे गाडीका लागि हप्तामा १० लिटर तेल दिनेछ । सार्वजनिक माईक्रोबस लगायत साना सवारीलाई पालो परेको दिन १५ लिटर डिजेल दिइनेछ ।
यस्तै मिनिबस तथा स्कुलबसलाई एकदिन बिराएर २० लिटर डिजेल दिइनेछ भने ठूला बसले जोर-बिजोरको आफ्नो पालो परेको दिनमा २० लिटर डिजेल पाउने निगमले जानकारी दिएको छ ।
निगमले तेल दिएपछि सवारीको ब्लु-बुकमा विवरण टिपाउने व्यवस्था गरेको प्रवक्ता बरालले बताए । तेल वितरण हुने पम्पबारे निगमले हरेक दिन आफ्नो वेबसाईटमार्फत जानकारी गराउनेछ ।
काठमाडौं : राष्ट्रपति डा. रामबरण यादवले नेपालको संविधान जारी गरेका छन्। आइतबार साँझ संविधानसभामा भएको विशेष समारोहमा राष्ट्रपति यादवले संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले प्रमाणिकरण गरेको संविधानलाई औपचारिक रुपमा जारी गरेका हुन्।
राष्ट्रपतिले जारी गर्नासाथ यो संविधान प्रारम्भ भएको छ। संविधानसभाले संविधान जारी गरेकोमा राष्ट्रपतिलाई धन्यवाद दिएको छ।
राष्ट्रपतिले जारी गर्नासाथ यो संविधान प्रारम्भ भएको छ। संविधानसभाले संविधान जारी गरेकोमा राष्ट्रपतिलाई धन्यवाद दिएको छ।
राष्ट्रपति डा. यादवले संविधान घोषणासँगै संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको बताए। 'नेपाली जनतामा नीहित सार्वभौमसत्ता र राज्यशक्तिको स्रोत जनता हुन् भन्ने स्थापित भएको छ', राष्ट्रपतिले संविधानसभालाई सम्बोधन गर्दै भने, 'संघीयता र गणतन्त्रसहितको बहुदलीय संसदीय व्यवस्था तथा समावेशी प्रतिनिधित्व कार्यान्वयन फराकिलो हुँदै जाउन्।'
संविधानले दोगो शान्ति र राजनीतिक स्थिरता कायम गर्न सकोस् भनी राष्ट्रपतिले कामना गरे। संविधान गतिशील दस्ताबेज भएको भन्दै राष्ट्रपतिले सामाजिक न्याय र सम्बृद्धिका लागि निरन्तर क्रियाशील रहन आग्रह गरे।
काठमाडौं, ३ असोज । गणतन्त्र नेपालको नयाँ संविधान जारी गर्नका लागि नयाँ वानेश्वरस्थित संविधानसभा भवन झकिझकाउ बनाइएको छ । राष्ट्रपति डा. रामवरण यादवले अपरान्ह ५ बजे संविधान जारी गर्नका लागि संविधानसभा भवन परिसरलाई दुलही झैं सजाइएको हो ।
संविधानसभा भवन परिसरमा सरसफाइदेखि सजावटको काम अहिले पनि जारी छ। भवन परिसरमा राष्ट्रिय झन्डादेखि रंगीचंगी ध्वजापताका टाँगिएको छ ।
संविधान जारी गर्ने संविधानसभा हलमा प्रवेश गर्ने मूलगेटमा रातो कार्पेट बिच्छाइएको छ । संविधानसभा भवन परिसरमा ५ हजारवटा रंगीचंगी बेलुन झुन्डाएको छ । संविधानसभा परिसर पस्ने गेटदेखि बैठकस्थल पस्ने गेटसम्म घडा सजाएर राखिएको छ ।
एक जुगमा एक पटक आउने यो दिनलार्इ भब्यरुपमा मनाउन सरकारले कन्जुस्याइँ नगरी खर्च गरेको हो । सजावटसँगै सरकारले संविधानसभा भवन परिसरमा सुरक्षाव्यवस्था पनि कडा बनाइएको छ ।
वीरगञ्ज, ३ असोज । वीरगञ्जको माइस्थानमा स्थानीय प्रशासनले घोषणा गरेको कर्फ्यू र निशेधित क्षेत्र तोडेर प्रदर्शनमा उत्रिएका आन्दोलनकारी र सुरक्षाकर्मीबीच भएकाे झडप प्रहरीकाे गाेली लागी एक जनाकाे मृत्यु भएकाे छ । दुर्इजना घाइते भएका छन्। मृत्यु हुनेमा पर्साका शत्रुघन पटेल छन्। उनकाे टाउकाेमा गाेली लागेकाे थियाे ।
झडपमा प्रहरीले चलाएको गाेली लागी घाइते भएका तीन मध्ये एककाे मृत्यु भएकाे हाे । गम्भीर घाइते दुर्इ जनाकाे नारायणी क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ। घाइते हुनेमा मन्सी पटेल र विनौद चौधरी छन्। पटेलको टाउकोमा र चौधरीको खुट्टामा गोली लागेको छ।
बिहानैदेखि तनाबग्रस्त वीरगञ्जको घण्टाघरमा समेत झडप भएको छ। झडपमा प्रहरी निरीक्षक सेख आदलत र आन्दोलनकारी शिवन्दन मुखिया घाइते भएका छन्।

काठमाडौं , १ असोज। संविधानसभा अध्यक्ष सुवास नेम्वाङले नेपालको संविधान २०७२ मा हस्ताक्षर सहित प्रमाणीकरण गरेका छन् । संविधानसभाबाट पारित भएको संविधानलाई संविधानसभा अध्यक्षले संविधानसभाको ल्होत्से हलमा आयोजित एक समारोहमा अध्यक्ष नेम्वाङले प्रमाणिकरण गरेका हुन् ।
प्रमाणीकरण समारोहमा प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली, एमाओवादी अध्यक्ष प्रचण्डसहित पूर्व प्रधानमन्त्रीहरु सहभागी थिए । अध्यक्ष नेम्वाङले संविधान प्रमाणीकरण गरेर देखाएपछि निकैबेर सम्म ल्होत्से हलमा ताली बजेको थियो । त्यसपछि अध्यक्ष नेम्वाङ सहित शीर्ष नेता र सभासदहरुले एक आपसमा बधाई साटासाट गरेका थिए । संविधानसभाले संविधान प्रमाणीकरण गरेपछि अब प्रकाशन हुनेछ ।
प्रमाणीकरण गरिएका पाँच प्रति नेपाली कागजमा छापिएका संविधानमध्ये राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, कानुन मन्त्रालय र संविधानसभा सचिवालयको अभिलेखमा राखिनेछ । अब संविधान जारी हुने बाहेक नेपालको संविधान निर्माणको सबै औपचारिक काम सकिएको छ । आइतबार नेपालको संविधान २०७२ सार्बजनिक हुनेछ ।
सुनसरी, १ असोज । झुम्का जेसिसले स्थापना दिवसका अवसरमा आयोजना गरेको जेसिस सप्ताह–२०१५ सम्पन्न भएको छ । जेसिस सप्ताह अन्तर्गत सद्भाव साइकल ¥याली, मैत्रीपूर्ण फुटबल, निःशुल्क दन्त शिविर, नेतृत्व विकास तालिम, तिज तथा जितिया विशेष कार्यक्रम, वतृत्वकलालगायतका कार्यक्रम आयोजना गरेको जेसिस सप्ताहका संयोजक सुदीप अधिकारीले जानकारी दिए ।
जेसिस सप्ताह अन्तर्गत नै बुधबार हिन्दू नारीहरुको महान पर्व जित र आउँदै गरेको जितिया पर्वको तिज तथा जितिया विशेष कार्यक्रम आयोजना गरिएको थियो । रामधुनी–भासी नगरपालिकास्थिति झुम्का बजारमा अयोजित कार्यक्रममा सात सयभन्दा बढी महिलाहरूको उपस्थिति थियो ।
संयोजक अधिकारीले जेसिसा सप्ताह–२०१५ लाई भव्यरुपमा सफल पार्न सहयोग गर्ने विभिन्न राजनीतिक दल, स्थानीय निकायका प्रतिनिधि, बुद्धिजिवी, सामाजिक अगुवालगाय सबैलाई धन्वयाद दिए । झुम्का जेसिसले आफ्नो स्थापना दिवसका अवसरमा यस्तै कार्यक्रम अयोजना गर्र्दै आएको छ ।
टेलियासोनेराले बिहीबार एक विज्ञप्ति सार्वजनिक गरेर एनसेलबाट लगानी फिर्ता लैजाने प्रक्रिया सुरु गरेको घोषणा गरेको हो । हाल एनसेलमा रेनल होल्डिङ्सका अलावा नेपाली लगानीकर्ता नीरजगोविन्द श्रेष्ठको २० प्रतिशत सेयर रहेको छ ।
एनसेलले नेपालमा सन् २००८ मा स्पाइस नेपाल प्रालिमा ८० प्रतिशत लगानी गरेको थियो । उक्त समय स्पाइस नेपालले ‘मेरो मोबाइल’ ब्रान्डमा सेवा सञ्चालन गरेको थियो । त्यसको दुई वर्षपछि सन् २०१० मा टेलियासोनेराले कम्पनीको नाम र ब्रान्ड नै फेरेर ‘एनसेल’ राखेको हो ।
एनसेलको चुक्ता पुँजी १० करोड रुपैयाँ रहेको छ । हालसम्म एनसेलमा करिब६५ अर्ब रुपैयाँ लगानी भइसकेको छ । एनसेलले काठमाडौं, पोखरा र हेटाँैडामा आफ्नै भवनमा ‘डाटा सेन्टर’ स्थापना गरेको छ । त्यस्तै, काठमाडौंको एकान्तकुनास्थित कार्यालय पनि एनसेलकै स्वामित्वको हो ।
टेलियासोनेराको व्यवस्थापन तथा सञ्चालक समितिले युरोएसिया क्षेत्रको लगानी फिर्ता लैजाने निर्णय गरेको हो । कम्पनीले युरोप र स्विडेनमा बढी केन्द्रित हुँदै टेलियासोनेरालाई ‘नयाँ टेलियासोनेरा’का रूपमा विकसित गर्ने रणनीतिका साथ युरोएसियाबाट लगानी फिर्ता लैजाने निर्णय गरेको हो । यससँगै टेलियासोनेराले नेपालका साथै कजाकिस्तान, उज्वेकिस्तान, अजरबैजान, जर्जिया, मोल्डोभा र ताजकिस्तानबाट समेत आफ्नो लगानी फिर्ता लैजाने भएको हो ।
दूरसञ्चार बजारको द्रुतगतिको परिवर्तनलाई ध्यान दिँदै टेलियासोनेराको व्यवस्थापन र सञ्चालक समितिले युरोप र स्विडेनमा अफ्नो समय र स्रोत केन्द्रित गर्ने निर्णय लिएको टेलियासोनेराका प्रेसिडेन्ट तथा प्रमुख कार्यकारी अधिकृत जोहन डेनिलिन्डले बताए । युरोएसिया क्षेत्रमा आफ्नो कम्पनीलाई परेको दबाब घटाउन यस्तो निर्णय लिइएको उनले बताए ।
टेलियासोनेराले सन् २०१३देखि युरोएसिया क्षेत्रमा माथिल्लो तहमा पुग्न ध्यान केन्द्रित गरेको थियो । ठूलो विकासका लागि कर्पोरेट गभर्नेन्स र दिगो विकासको योजना बनाएको थियो । यसले दिगो र नाफामूलक बिजनेस बनाउने कम्पनीले विश्वास गरेको थियो । तर, बजारमा सही बाटोबाट जानु महत्त्वपूर्ण भएको कम्पनीले जनाएको छ ।
कम्पनीले युरोप र स्विडेनमा दूरसञ्चारको आबद्धता, सञ्जाल र उपस्थितिलाई व्यापक बनाई ‘कोर बिजनेस’ नयाँ शिराबाट सुरुवात गर्ने जनाएको छ । ‘सञ्चालक समितिले आफ्ना सेयरधनी, कर्मचारी र ग्राहकका लागि केचाहिँराम्रो हुन्छ भन्ने कुराको ध्यानपूर्वक परीक्षण गरेको थियो,’ सञ्चालक समितिका अध्यक्ष मारिय एर्लिङले भने।
युरोएसियामा उपस्थिति घटाउने प्रक्रिया सुरु भइसकेको छ । तर, कति समय लाग्छ भन्ने अहिल्यै तोक्न सकिँदैन । नयाँ टेलियासोनेराको स्वरूप बनिरहेको छ । यद्यपि, टेलियासोनेराले सेवा सञ्चालन तथा विकासलाई भने जिम्मेवारीपूर्वक निरन्तरता दिने भएको छ ।
काठमाडौं, १ असोज । नेपालको संविधान, २०७२ जारी गर्न संविधानसभा भवनमा आइतबार विशेष औपचारिक समारोह हुँदै छ । भव्य समारोहबीच राष्ट्रपति डा. रामवरण यादवले संविधान जारी गर्नेछन् । सरकार र संविधानसभा सचिवालयले संविधान जारी गर्न सजावटसहित व्यवस्थापनको तयारी थालेको छ ।
राष्ट्रिय झन्डा, फूल र बत्तीसहित संविधानसभा भवनलाई झकिझकाउ बनाइने सचिवालयका सहप्रवक्ता सुदर्शन कुइँकेलले बताए । उनका अनुसार संविधानसभा भवनको सजावट र सुरक्षाको व्यवस्थापन सुरु भइसकेको छ ।
‘भवन सजावटको काम असोज २ गतेपछि मात्रै हुने भएकाले कसरी भव्य हुन सक्छ भनेर अहिले नै भन्न सकिन्न । तर, जति सकिन्छ भव्य बनाइनेछ,’ कुइँकेलले भने । राष्ट्रपतिलाई सिंहदरबारआसपासबाट घोडचढीसहित रिसल्ला फौज अघिपछि लगाएर संविधानसभामा ल्याइने भन्नेबारे छलफल चलिरहेको छ । गत असारमा सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा पनि राष्ट्रपतिलाई बबरमहलबाट यसरी नै संविधानसभा भवनसम्म लगिएको थियो ।
संविधानसभा भवनमा राष्ट्रपतिलाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गर्नेछ । संविधानसभा हलभित्र प्रवेश गरेपछि सभासद्ले हस्ताक्षर गरी सभामुखले प्रमाणीकरण गरेको नेपालको संविधान, २०७२ लाई सभामुख सुवास नेम्वाङले राष्ट्रपतिलाई हस्तान्तरण गर्नेछन् ।
संविधानसभा नियमावली, ०७० को अनुसूची ७ को नियम ११० को उपनियम ३ अनुसार राष्ट्रपतिले नयाँ संविधानमा हस्ताक्षर गरेर सार्वजनिक गर्नेछन् र जारी भएको घोषणा गर्नेछन् । घोषणाको ढाँचामा भनिएको छ, ‘संविधानसभाबाट पारित एवं संविधानसभाका अध्यक्षद्वारा प्रमाणित भई प्रस्तुत नेपालको संविधान आज मिति २०७२ असोज ३ मा प्रारम्भ भएको नेपाली जनतासमक्ष घोषणा गर्दछु ।’
संविधानसभा सचिवालयले राष्ट्रिय औपचारिक समारोहमा उपराष्ट्रपति, प्रधानन्यायाधीश, सुरक्षा निकायका प्रमुख, संवैधानिक अंगका पदाधिकारी, कूटनीतिक नियोगका प्रतिनिधि तथा पूर्वसभासद्लाई निम्तो पठाएको छ । संविधान जारी गर्ने समारोहमा उपस्थित सबै पाहुनालाई औपचारिक पोसाकमा आउन आग्रह गरिएको छ । समारोहमा उपस्थित हुने करिब दुई हजार पाहुनालाई प्रोजेक्टरबाट पनि संविधान जारी कार्यक्रम देखाइनेछ ।
राष्ट्रपतिले संविधान जारीसँगै संविधानसभाको अन्तिम बैठक बस्नेछ र सभामुखले संविधानसभाका विगतका गतिविधिबारे भनाइ राख्ने कार्यक्रम छ । सचिवालयका सहप्रवक्ता कुइँकलेका अनुसार सोही कार्यक्रममा सभासद्हरूले गरेको योगदानलाई सभामुखले धन्यवाद दिनेछन् । बैठकले राष्ट्रपतिलाई पनि धन्यवाद दिने प्रस्ताव पारित गर्नेछ ।
सचिवालयका कर्मचारीका अनुसार समारोह करिब डेढ घन्टा चल्ने अनुमान छ । संविधान जारी भएसँगै देशभर दीपावली गर्ने कार्यक्रम पनि तय भएको छ । सचिवालयले संविधान जारी गरेपछि संविधानसभा भवन परिसरमा रात्रिभोज आयोजना गर्ने भएको छ । समारोहमा आउने सबै पाहुनालाई भोजमा सरिक गराइनेछ ।