नेपाली महिला समुह ओमानको तिज कार्यक्रम ।

सन् २०१२ मा स्थापित नेपाली महिला समुह ओमानले यस बर्षको हरितालिका तिजको अवसरमा तिज बिषेश सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ । “हामी सबैको चिनारी ! हामी नारी एक हौं ” भन्ने मुख्य नाराका साथ एक पोस्टर सार्वजनिक गरि ओमानवासी आम नेपालीलाई समुहको आयोजना हुन गईरहेको तिज कार्यक्रममा सहभागी हुन अपिल गरिएको छ ।

महिला समुह ओमानको छौटौं प्रस्तुती स्वरुप हुन गईरहको यस कार्यक्रममा नेपालका चर्चित लोक दोहोरी गयिकाहरु उमा गिरी र मिना अधिकारीलाई आमन्त्रण गरिएको छ । कार्यक्रम मस्कटको रुवि स्थित अलमासा हलमा २५ अगस्ट २०१७ का दिन आयोजना हुदैछ । कार्यक्रमको प्रबेश शुल्क रि.ओ ५ रहेको छ ।

पि.बि श्रेष्ठ, मस्कट, ओमान ३० जुन २०१७

,