ओमानमा नेपाली कथानक चलचित्र परदेशी जीवन प्रदर्शन ।

३० जुन २०१७ , मस्कट,
पि.बि श्रेष्ठ, मस्कट, ओमान ३० जुन २०१७

तमु समाज ओमानले मस्कटमा नेपाली कथानक चलचित्र परदेशी जीवन  प्रदर्शन गरेको छ । ३० जुन २०१७ शुइक्रबारका दिन मस्कटको घुब्रा स्थित अल माहा इन्टर्नेसनल होटेलको हलमा  बिहान ११ बजे बाट संस्थाका उपाध्यक्ष ज्यु को सभापतित्व तथा नेपाली दुतावासका महामहिम राजादुत ज्यु को प्रमुख आतिथ्यमा औपचारिक कार्यक्रम सहीत शुरु भएको थियो । बिशेष अतिथि एन आर एन  ए मध्यपुर्व सम्योजक डि बि छेत्री रहनु भएको थियो भने ओमानमा कृयाशिल सबै संस्थाका प्रतिनिधि हरु अतिथिका रुपमा उपस्थित भएका थिए । उक्त सिनेमा हेर्न को लागि ओमानका बिभिन्न ठाउँ हरु बाट नेपाली हरु आएका थिए  जसले गर्दा हल भरिभराउ रहेको थियो ।

औपचारिक कार्यक्रममा बोल्दै  महामहिम राजादुत शर्मिला पराजुली ढकाल ज्यु ले आयोजक संस्थालाई यस कार्यका लागि धन्यवाद दिनु भएको थियो । बिदेशमा रहने सबै नेपालीहरुले नेपाली चलचित्रलाई प्रबर्धन गरेर यो क्षेत्रलाई अझै माथिल्लो स्तरमा लान सकिने बिचार  उहाले राख्नु भयो । यसै क्रममा बैदेशिक रोजगारिको सकरात्मक् र नकरात्मक  पाटो हरुको पनि उजागर गर्दै नकरात्मक पक्षलाई सकरात्मक् बनाउन नेपाली दुतावासले भूमिका खेल्ने बताउनु भयो । ओमानमा हरेक नेपाली हरुलाई पर्ने समस्यामा नेपाली दुतावास सहयोग गर्न तयार रहेको पनि बताउनु भयो ।

यसै औपचारिक कार्यक्रममा बोल्दै बिशेष अतिथि डि बि छेत्री ज्यु ले फिल्म प्रदर्शन गरी नेपाली सिनेमाको प्रबर्धन गरेकोमा तमु समाज ओ मानलाई बधाई दिदै यस्ता कार्य हरु गर्न सबै सन्थाहरुलाई आव्हान गर्नु भयो ।

यस् कार्यक्रममा फिल्म का कलाकार नायकहरु  मिन गुरुङ  र भिम मल्लका साथै अन्य पाहुना हरु मुक्ती गुरुङ  र श्रीमती मिन गुरुङ पनी यस् कार्यक्रममा आउनु भएको थियो ।

यस् फिल्म प्रदर्शनी भब्यरुपमा सफल भएको जानकारी तमु समाजअका अध्यक्ष श्री बिजय तमु ज्यु ले दिनु भएको छ ।



,