क्षितिज
१९ साउन २०१३
फोन बाटै चल्छ उनको र मेरो घमशानको जुहारी
मेरी आमैले सोध्छिन कस्ती छिन् ह बुहारी
थाहा छैन आमा काली छिन् या गोरी
उनी त भन्छिन बा आमाको म एक्ली छोरी
बुहारी हेर्ने आमाको सारै ठुलो चाहना
हर्शको साइत जुराइ गर्छिन अरे मनकामना
भन्छिन स्वागतको पर्खाइमा छु बोकेर ठुलो सपना
राम्रो जोडी बनोस भनी दिन्छिन बात बातमा शुभकामना
अन्जान मायाको क्षितिज पारी उनको बस्ती
खुल्दुली यो मनको वास्तवमा होलिन कस्ती
साच्चै नै कल्पना गर्छु मिर्मिरेको उशा जस्ती
शायद बन्छिन होलीन जिन्दगीको अंमुल्य हस्ती
रचनाकार : सिताराम खड्का