निर्वाचनलाई सहयोग गर्ने अमेरिकी राजदूतको आश्वासन
२७ मंसिर, काठमाडौं । नेकपा एमाले अध्यक्ष झलनाथ खनाल र अमेरिकी राजदूत पिटर डव्लू बोडीवीच आज बिहान खनाल निवास डल्लुमा भेटवार्ता भएको छ । भेटमा राजदूत बोडेले निर्वाचनलाई आवश्यक पर्ने प्राविधिकलगायतको सहयोग गर्ने आश्वासन दिनुभएको छ ।
भेटका क्रममा नेपालको पछिल्लो राजनीतिक परिस्थितिका बारेमा राजदुतले खनालसँग जिज्ञासा राखेको खनालका स्वकीय सचिव रामबाबु अधिकारीले जनाउनुभयो ।अधिकारीका अनुसार अध्यक्ष खनालले राष्ट्रिय सहमतिको सरकार जति सक्दो चाँडो गठन गरी आगामी वैशाखमा चुनाव हुनुपर्ने एमालेको जोड रहेको राजदूतलाई जानकारी दिनुभएको छ । यसका लागि एमाओवादी लगायत सबै पक्ष सहमतिमा आउनुबाहेक अर्को विकल्प नरहेको कुरामा खनालको जोड थियो ।
राजदुत बोडेले चुनावका लागि अमेरिकालगायत विभिन्न दातृ निकायहरु प्राविधिकलगायत अन्य आवश्यक सहयोग गर्न तयार रहेको खनाललाई आश्वासन दिनुभएको छ ।


