स्वाइन फ्लुका कारण व्यवसायी बटाजुको निधन
काठमाडौं ७ बैशाख । स्वाइन फ्लुका कारण नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका पूर्वअध्यक्ष सोमलाल बटाजुको आइतबार राती १ बजे निधन भएको छ । एसओएस म्यानपावर सर्भिसेस प्रालिका सञ्चालक बटाजुको स्वाइन फ्लुका कारण निधन भएको वैदेशिक रोजगार सङ्घका अध्यक्ष हंसराज वाग्लेले जानकारी दिए ।
दश दिनअघि सामान्य रुघाखोकीका कारण ग्रान्डी अस्पताल भर्ना भएका ५८ वर्षीय बटाजुको मृत्युको कारण स्वाइन फ्लु नै भएको अस्पताल स्रोतले आफूलाई जानकारी दिएको उनले बताए ।
बटाजुले २०६४ देखि ०६६ सम्म प्रथम उपाध्यक्ष र २०६६ देखि २०६८ अध्यक्षको जिम्मेवारी सम्हाल्नुभएका थिए । स्व बटाजुका एक छोरा र दुई छोरी छन् ।
वाग्लेका अनुसार आजै स्व। बटाजुको पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ भने उनको पार्थीव शरीरमा सङ्घको झन्डा ओडाएर सम्मान व्यक्त गरिनेछ ।
सङ्घका केन्द्रीय सदस्य रामराजा अधिकारीका अनुसार यही वैशाख २५ गते तय गरिएको सङ्घको निर्वाचनको प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी सम्हालीरहेका थिए । ।
अध्यक्ष वाग्लेले लिबियामा युद्ध चलिरहँदा त्यहाँ रहेका दुई हजार ५०० नेपालीलाई सकुशल नेपाल उद्धार गर्न सफल भएका थिए । उनको निधनबाट सङ्घले आफ्नो अभिभावक गुमाएको र वैदेशिक रोजगार व्यवसायमा ठूलो क्षति भएको अधिकारीले बताए ।


