काठमाडौँ, २० जेठ । एसएलसी परीक्षाको नतिजा असार दोस्रो साताभित्र प्रकाशित हुने भएको छ ।
धनकुटा, ललितपुर, धनुषा, महोत्तरीलगायत सात जिल्लाबाहेक सबै जिल्लाका उत्तरपुस्तिका परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीमा आइसकेकाले नतिजा असार दोस्रो सातामा प्रकाशनको तयारी भइरहेको परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारे जानकारी दिए । बाँकी जिल्लाको उत्तरपुस्तिक पनि चाँडै केन्द्रमा आइपुग्ने उनले जानकारी दिए ।
अहिले सम्परीक्षण गरिएका उत्तरपुस्तिकालाई कम्युटरमा चढाउने कार्य भइरहेको परीक्षा नियन्त्रक द्वारेले जानकारी दिए । भूकम्पका कारण परीक्षा प्रकाशनमा असर नपर्ने उनले बताए । चैत ५ गतेदेखि भएको सो परीक्षामा पाँच लाख ७४ हजार ६८५ विद्यार्थी सहभागी थिए ।

यसैबीच, भूकम्पप्रभावित जिल्लाका विद्यार्थीले आउँदो प्रवेशिका परीक्षा दिनका लागि तोकिएको भन्दा अन्यत्र जिल्लाका केन्द्रमा जान चाहेमा पीडितको पहिचानसहित स्थानीय निकाय र जिल्ला शिक्षा कार्यालयको सिफारिस आएमा त्यस्तो व्यवस्था गर्न सकिने नियन्त्रक द्वारेले जानकारी दिए ।
काठमाडौं, २५ वैशाख । यो वर्ष बुङमतीमा १२ वर्षको मेला परेको थियो। स्थानीयहरूको घरघरमा विभिन्न ठाउँबाट जात्रा हेर्नका लागि पाहुनाहरू आउन थालिसकेका थिए। मेला सुरु भएसँगै रातो मत्स्येन्द्रनाथको मन्दिर परिसर र बुङमतीमा निकै चहलपहल बढ्न थालिसकेको थियो। सधैंजसो सुनसान रहने बुङमतीका गल्लीहरू जन्तीको लर्कनझैं भक्तालु तथा रमितेहरूको उर्लंदो चापले तरंगित हुन थालेका थिए। अब ‘अफसोस' भन्नुबाहेक केही बाँकी छैन।
दुलहाको घरजस्तै सिंगारिएको बुङमती अहिले उजाड खण्डहर बनेको छ। १२ दिनअघि शनिबार दिउँसो आएको विनाशकारी महाभूकम्पले बुङमतीको अस्तित्वलाई तेल निचोरेर बाँकी पिनाजस्तै सुख्खा बनाइदिएको छ।
१५ सय वर्ष पुरानो रातो मत्स्येन्द्रनाथको मन्दिर भत्किएसँगै बुङमतीले आफ्नो रौनक पनि गुमाएको छ। दुलहा अन्माएपछि शोक परेको घरको कल्पना गर्दा हाम्रो मन जसरी विरक्तिन्छ, अहिले त्यस्तै छ, यहाँको ध्वस्त बस्ती। छ्यासीकोटको बीचबाटोमा अलपत्र छन्, मत्स्येन्द्रनाथ। उनको सवारी कसरी, कहिले चल्छ कसैले भन्न सकेका छैनन्। सायद, त्यो ढल्किएको ३२ हात लामो रथमा विराजमान मत्स्येन्द्रनाथ पनि केही त पक्कै गम्दै होलान्! सहकालका देवता मानिने उनको आँखाअगाडि अनिकालले मुख बाउन खोजेको देख्दा उनलाई पनि पक्कै भाउन्न भएकै हुनुपर्छ।

७.६ म्याग्निच्युडको तरंगले रातो मत्स्येन्द्रनाथलाई पनि ‘भूकम्पपीडित’ बनाएको छ। मत्स्येन्द्रनाथ मन्दिरको हालका मुख्य पुजारी अशोक पानेजुका अनुसार भूकम्पले मन्दिर भत्किएपछि जात्रालगायत मन्दिरको दैनिक पूजा अवरुद्ध छ। ‘मत्स्येन्द्रनाथ यहाँ नभए पनि दिनदिनै पूजा गर्ने चलन थियो,’ उनले भने, ‘तर अहिले पूजा गर्न सकिएको छैन।’
मंगलबार साँझ निन्याउरो अनुहार पारेर मन्दिरअगाडि पाटीमा बसिरहेका पुजारी पानेजु अब के हुन्छ भन्ने अन्योलमा छन्। उनी कहिले मन्दिरलाई हेर्दै टोलाउँछन् त कहिले उठेर कतै हिँड्न खोज्छन्।
‘भूकम्प आउँदा म मन्दिरभित्रै थिएँ,’ केहीबेर टोलाएपछि उनले भने, ‘भगवानले नै बचाएको भन्नुपर्छ। नत्र यसरी मन्दिर भत्किँदा पनि मलाई केही भएन। म बाहिर निस्कन सकेँ।’
‘भूकम्प आउँदा म मन्दिरभित्रै थिएँ,’ केहीबेर टोलाएपछि उनले भने, ‘भगवानले नै बचाएको भन्नुपर्छ। नत्र यसरी मन्दिर भत्किँदा पनि मलाई केही भएन। म बाहिर निस्कन सकेँ।’
मन्दिरअगाडि नै घर भएका पानेजु मन्दिरका ३१ औं पुजारी हुन्। उनी पुजारी भएको पनि ३१ वर्ष नै पुग्यो। ‘यहाँ ३१ जना पुजारी छौं,’ उनले भने, ‘अहिले मेरो पालो हो। यहाँको सम्पूर्ण रेखदेखको जिम्मा मैले लिनुपर्छ।’ उनी २०४३ फागुन महिनामा मत्स्येन्द्रनाथको पुजारी नियुक्त भएका थिए।
उनका अनुसार रातो मत्स्येन्द्रनाथको उक्त मन्दिर १५ सय वर्ष पुरानो हो। त्यहाँ बाँकी रहेको शिलालेखले उनको भनाइलाई पुष्टि गर्छ। राजा अंशुवर्माका छोरा योगनन्द मल्लले घन्ट र गजुर मन्दिरमा राखेको शिलालेखमा उल्लेख छ। त्यसैको आधारमा पनि मन्दिर धेरै पुरानो हो भन्ने थाहा हुन्छ।
मन्दिर प्रांगणमा भेटिएका ८० वर्षीय मोहनकाजी महर्जन ढलेको मन्दिर देखेर भावुक छन्। विपत्तिले मत्स्येन्द्रनाथलाई पनि छुन्छ भनेर उनले कल्पनासम्म गरेका थिएनन्। अहिले देव आफंै अलपत्र परेको देख्दा उनको मन कुँडिएको छ। ‘खै के हुन लागेको हो,’ उनले भने, ‘मत्स्येन्द्रनाथलाई के चित्त बुझेन, कसरी थाहा पाउने?’ ९० सालको भूकम्पले पनि क्षति नपुर्या,एको मन्दिर यसपालिको भूकम्पमा ध्वस्त बनेको उनी सुनाउँछन्।
मत्स्येन्द्रनाथपछाडि रहेको भैरवको मन्दिर पनि भत्किएको छ । सम्पूर्ण क्षतिको अनुमान कसैले लगाउन सकेका छैनन्। ‘मन्दिरभित्र हामीले देखेको चिज त के भयो भनेर लेखाजोखा राख्न सक्छौं, तर देख्दै नदेखेको धेरै महत्वपूर्ण वस्तु मन्दिरभित्र थिए,’ पानेजुले भने, ‘यो सबै पन्छाएर पूजामात्र गर्न मिल्ने भए पनि बनाउनुपर्छ। ढिला गर्नु हुँदैन।’
हाल जात्रालाई के गर्ने भन्ने निर्णय भइनसकेको अवस्थामा बुङमतीले आफ्नो रौनक पूरै गुमाएको पानेजु बताउँछन्। ‘गुठी संस्थानले अब जात्रा के गर्ने भन्ने निर्णय गर्छ,’ उनले भने, ‘गुठी संस्थानले यहाँको गुठी, पुजारी स्थानीयसँग सल्लाह गरेर केही गर्ला।’ पुजारी पानेजुको यो अन्योलपूर्ण उत्तरमा बुङमतीको १२ वर्षे मेला कतै हराएको नमिठो आभास हुन्छ।
ललितपुरको पुरानो बस्ती खोकना, सानो खोकना र बुङमतीलाई नयाँ पुस्तामाझ चिनाउन मद्दत पुर्यारउने १२ वर्षे जात्रामा अनिश्चितताको कालो बादल मडारिएको छ। यो अन्योलले भूकम्पको पीडा खेपिरहेका बुङमतीवासीको आहतमा नुनचुक परेको छ।
‘१२ वर्षको जात्राका लागि सिंगारिएको सहर अहिले भत्किएको छ,’ स्थानीय घनश्याम डंगोल भन्छन् ‘भूकम्प नआएको भए रथ तान्ने र रौनक हेर्नेको भिड लाग्थ्यो, तर अहिले मन्दिरको भग्नावशेष हेर्नका लागि कोहीकोही मात्र आउने गरेका छन्।'
बुङमतीका लगभग ८० प्रतिशत घर भत्किएका छन् भने ९ जनाको मृत्यु भएको छ। तर, राहतको नाममा पानीसिवाय उनीहरूले केही पनि पाएका छैनन्। ‘मत्स्येन्द्रनाथकै बेहाल छ,' डंगोलले भने, ‘हामीले दुःख पायौं भनेर के भन्नु?’
नेपाल एकदिन फर्कन्छु ,
विदेशमा धेरै रमाउन सकिन्न।
संकल्प धेरै मनमा आए।
तर पढाइ त पुरा होस्
कलेज डेरा, डेरा कलेज
पढाई पनि सकियो ।
यतिका बर्ष बिताईयो,
खालि हात के जानु
नेपाल एकदिन फर्कन्छु ,
विदेशमा धेरै रमाउन सकिन्न।
तर केहि बर्ष जागिर त खाउँ
जागिर पनि खाइयो ।
डेरा जागिर जागिर डेरा
एक्लो भइएछ दुबैमा,
तर म एक्लो भएको कुरा
मलाई भन्दा पहिला
नेपालमा आमालाई थाहा भयो
नेपाल एकदिन साच्चै फर्कन्छु ,
विदेशमा धेरै रमाउन सकिन्न
अहिले बिस दिने बिदामा आएको ।
तपाईको कपाल कति धेरै फुलेछन् आमा
बुबा पनि कमजोर हुनुभएछ
आमा बुबालाई मनभरि हेंर्न नभ्याउदै
बिस दिनमा जीवन बिताउने
सम्झौता गरियो कुनै अपरिचित संग
नेपाल एकदिन फर्कन्छु ,
विदेशमा धेरै रमाउन सकिन्न।
तर अहिले अलिक मिल्दैन ।
उसको भ्याई नभ्याई छ
मेरो बिदा उसको काम,
उसको बिदा मेरो काम
फेरि छोरो पनि सानै छ
छारो अलिक ठुलो होस ।
नेपाल एकदिन फर्कन्थें ,
विदेशमा कहिले रमाइन
तर कसलाई भेट्न जाउं,
साथि भाईको खबर छैन
काका पनि ओछ्यान परे रे
कान्छो मामा पोहोर बिते रे
आमा बुबा त अब
हरदम म संगै छन्
मेरो यादमा, केबल यादमा।
उही बिदेशी
...........................
नेपाल ओमान डट कम
प्रकाशित मिती : २३ साउन २०७०
विदेशमा धेरै रमाउन सकिन्न।
संकल्प धेरै मनमा आए।
तर पढाइ त पुरा होस्
कलेज डेरा, डेरा कलेज
पढाई पनि सकियो ।
यतिका बर्ष बिताईयो,
खालि हात के जानु
नेपाल एकदिन फर्कन्छु ,
विदेशमा धेरै रमाउन सकिन्न।
तर केहि बर्ष जागिर त खाउँ
जागिर पनि खाइयो ।
डेरा जागिर जागिर डेरा
एक्लो भइएछ दुबैमा,
तर म एक्लो भएको कुरा
मलाई भन्दा पहिला
नेपालमा आमालाई थाहा भयो
नेपाल एकदिन साच्चै फर्कन्छु ,
विदेशमा धेरै रमाउन सकिन्न
अहिले बिस दिने बिदामा आएको ।
तपाईको कपाल कति धेरै फुलेछन् आमा
बुबा पनि कमजोर हुनुभएछ
आमा बुबालाई मनभरि हेंर्न नभ्याउदै
बिस दिनमा जीवन बिताउने
सम्झौता गरियो कुनै अपरिचित संग
नेपाल एकदिन फर्कन्छु ,
विदेशमा धेरै रमाउन सकिन्न।
तर अहिले अलिक मिल्दैन ।
उसको भ्याई नभ्याई छ
मेरो बिदा उसको काम,
उसको बिदा मेरो काम
फेरि छोरो पनि सानै छ
छारो अलिक ठुलो होस ।
नेपाल एकदिन फर्कन्थें ,
विदेशमा कहिले रमाइन
तर कसलाई भेट्न जाउं,
साथि भाईको खबर छैन
काका पनि ओछ्यान परे रे
कान्छो मामा पोहोर बिते रे
आमा बुबा त अब
हरदम म संगै छन्
मेरो यादमा, केबल यादमा।
उही बिदेशी
...........................
नेपाल ओमान डट कम
प्रकाशित मिती : २३ साउन २०७०
१९ साउन २०१३
फोन बाटै चल्छ उनको र मेरो घमशानको जुहारी
मेरी आमैले सोध्छिन कस्ती छिन् ह बुहारी
थाहा छैन आमा काली छिन् या गोरी
उनी त भन्छिन बा आमाको म एक्ली छोरी
बुहारी हेर्ने आमाको सारै ठुलो चाहना
हर्शको साइत जुराइ गर्छिन अरे मनकामना
भन्छिन स्वागतको पर्खाइमा छु बोकेर ठुलो सपना
राम्रो जोडी बनोस भनी दिन्छिन बात बातमा शुभकामना
अन्जान मायाको क्षितिज पारी उनको बस्ती
खुल्दुली यो मनको वास्तवमा होलिन कस्ती
साच्चै नै कल्पना गर्छु मिर्मिरेको उशा जस्ती
शायद बन्छिन होलीन जिन्दगीको अंमुल्य हस्ती
रचनाकार : सिताराम खड्का

टुटी गए सपनाहरू शुन्यतामा जिउनू पर्यो
दुखेको यो मन बहलाउन अलिकति त पिउनू पर्यो।
सम्झना मात्रै बाकी रह्यो बितेका ति पलहरूको
गल्ति सायद मेरै भएछ पस्चतापमा जल्नू पर्यो।
बुझ्न सकिन तिम्रो ब्यथा सुनिन छु तिम्रो कथा
टुट्यो सपना, छुट्यो माया यथार्तमा जिउनू पर्यो।
बेकार तिम्रो मन दुखाए आखिर एक्लै जिउनू पर्यो
फाटेको यो मन सिउन कहिले काहि त पिउनू पर्यो ।।
shyam khadka
barahakshetra-2, sunsari