नेपाली जनप्रगतिशिल मञ्च ओमानको प्रथम ऐतिहासिक महाधिवेशन सम्पन्न ।
मस्कट, ०७ जुलाई २०१७, पि.बि श्रेष्ठ ।
सन् २०१३ मा स्थापित नेपाली जनप्रगतिशिल मञ्च ओमानले “अन्यायको बिरुद्धमा एक हुने संकल्प देश बिकाश अनि समृद्धिका लागि आर्थिक क्रान्ति नै आजको बिकल्प” भन्ने नाराका साथ ०७ जुलाई २०१७ का दिन प्रथम ऐतहासिक एकताको महाधिवेशन सम्पन्न गरेको छ । महाधिवेशनले निर्विरोध उमेश बि.क को अध्यक्षतामा नयाँ कार्यसमिति चयन गर्दै १३ बुदे घोषणा पत्र जारि गरेको छ । अल रिफ होटल गोव्रामा आयोजित कार्यक्रमको प्रमुख अतिथिमा पुर्व उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री, माओवादी केन्द्र हेडक्वाटर सदस्य तथा बिदेश बिभाग प्रमुख नारायण काजी श्रेष्ठ (प्रकाश) रहनु भएको थियो । त्यस्तै बिषेश अतिथिहरुमा नेपाली राजदुतावास मस्कटकी राजदुत महामहिम शर्मिला पराजुली ढकाल तथा एन.आर.एन.ए. मध्यपूर्व संयोजक डि.बि छेत्री रहनु भएको थियो । त्यस्तै बिषेश कलाकार अतिथिमा नेपालबाट आउनु भएका जनवादी युवा गाएक नविन खड्का रहनु भएको थियो । त्यस्तै ओमान भ्रमणमा रहनु भएका उधोग बाडिज्य संघका पूर्व अध्यक्ष चण्डिराज ढकाल पनि कार्यक्रमको अतिथि रहनु भएको थियो । साथै ओमानमा रहेका संस्थ संस्थाका प्रतिनिधिहरु र ओमानवासी नेपालीहरु अतिथिको रुपमा उपथित भएका थिए ।
दिनको १२ बजेबाट सुरु भएको कार्यक्रममा प्रमुख अतिथिद्धारा रिवन काटेर कार्यक्रमको उद्घाटन गरिएको थियो । कार्यक्रममा तत्कालिन महासचिव उमेश बि.क ज्यूले मञ्चको कोष बिवरण प्रस्तुत गर्नुभएको थियो । यसपश्चात कार्यक्रममा स्थानित संघसंस्थाहरुको शुभकामना मन्तव्यको कार्यक्रम रहेको थियो । वक्ताहरुले मन्तव्यमा बोल्दै आज चयन हुने मञ्चको नयाँ कार्यसमितिलाई शुभकामना तथा बधाई दिनु भएको थियो । साथै समसामायिक बिषयहरु महिलाहरुको पून श्रम स्वीकृति, बिदेशमा पनि मतदानको सुविधा गनुपर्ने, बैदेशिक रोजगारलाई सम्मानित बनाउन पर्ने, शुन्य लागत भनिए पनि अलिहे सो हुन नसकेर भईरहेको भष्टचार रोकिन पर्ने जस्ता बिषयहरुलाई उठाएका थिए । मन्तव्यमा बोल्दै बिषेश अतिथि एन.आर.एन.ए मध्यपूर्व संयोजक डि.बि छेत्री ज्यूले बैदेशिक रोजगार सामजिक सुरक्षा कोषको महत्वको चर्चा गर्दै बैदेशिक रोजगारलाई सुरक्षित सम्मानित र मर्यादित बनाउन बिमानस्थलबाट हुने भ्रष्टचार नियन्त्रणका लागि सम्वन्धित समयमा ड्युटीमा रहेका कर्मचारीलाई कार्वाही गर्नपर्ने सुझाउनु भयो । त्यस्तै महिलाको पून श्रम स्वीकृतिको लागि खुल्ला गर्नुपर्ने र नयाँ आउने महिलाहरुको लागि भने उपयुक्त कानुन तर्जुमा गरि लागु गनुपर्ने तथा हचुवाको भरमा कानुन बनाई लागु गर्न नहुने बताउनु भयो ।
कार्यक्रमको मन्तव्यमा वोल्दै महामहिम राजदुत शमिला पराजुली ढकाल ज्यूले आफु ओमानवासी नेपालीहरुको सेवामा समर्पित भएको र नेपालीहरुको सेवाका लागि दुतावास चौबिसै घण्टा खुल्ला रहेको पनि बताउनु भयो । दुतावासले ओमानवासी नेपालीहरुको हक हित संकक्षणको लागि नेपाल ओमानबिच श्रम सम्झौता गर्न पहल गरिरहेको बताउनु भयो । राजदुत ढकालका अनुसार गत बर्ष ५१ जना नेपाली महिलाहरुको दुतावासले उद्धार गरेको जानकारी पनि दिनुभयो ।
कार्यक्रममा बोल्दै उधोग बाडिज्य संघका पूर्व अध्यक्ष चण्डिराज ढकाल ज्यूले बैदेशिक रोजगारमा रहेका नेपालीहरुको रेमिट्यान्सको महत्वको चर्चा गर्दै बैदेशिक रोजगारमा रहेका नेपालीहरुको सुरक्षित अवतरणको लागि उधोग बाडिज्य संघ सहयोगको लागि सधै तत्पर रहेको पनि जानकारी दिनुभयो ।
मन्तव्यमा बोल्दै कार्यक्रममा प्रमुख अतिथि ज्यूले महाधिवेशनका वक्ताहरुले उठाउनु भएका बिभिन्न जिज्ञाशाहरुको उत्तर दिदै मञ्चमा उठेका बिषयहरुमा आफु सकारात्मक रहेको जानकारी दिनुभयो साथै उल्लेखित बिषयहरुमा आफुले पनि आवाज उठाईरहेको बताउनु भयो । आफु परराष्ट्र मन्त्री हुदा ओमानमा राजदुतावास स्थापना गर्ने निर्णय गरेको श्रेष्ठले भन्नुभयो । बिभिन्न समयमा बिदेश भ्रमण गर्दाको अनुभव सुनाउँदै बिदेशमा पनि नेपालीहरुको जमात देख्दा खुशी भएको तर बास्तबिकतामा देश बनाउने नेपाली युवाहरुको बैदेशिक रोजगार जान पर्ने बाध्यता प्रति खेद रहको पनि बताउनु भयो । यहि प्रकारले नेपालीहरु बैदेशिक रोजगारमा गईरहने हो भने नेपाल कुनैदिन बृद्धाश्रम बन्न सक्ने तितो सत्यता प्रति इंकित गदै अव देशको आर्थिक बिकाश गर्नुपर्नेमा जोड दिनुभयो । प्राकृतिक श्रोत र साधनले बिश्वका थोरै राष्ट्रहरु मात्रै सबल छन् त्यस मध्यमा पनि नेपाल लगभग नं १ मा नै रहेको छ । कृषिको क्षेत्रमा भनौ, जडिबुट्टी, जलश्रोत वा भनै पर्यटकिय सम्भाबनाको दृष्टिकोष सवैमा अव्वल छ । तर पनि देशमा बिभिन्न समयमा भएका राजनितिक घटनाक्रमले तथा अस्थिरताले देश बिकाशको गतिलाई पछाडि धकेलि रहेको छ । देशका अग्रगामी बिकाशको लागि ठुलो राजनितिक संघर्ष भयो र देश र जनताको ठुलो बलिदान पश्चान गणतन्त्र, संधियता, सामाजिक न्याय, समानुपातिक समावेशीकरणक, धर्म निरपेक्ष राष्ट्रलाई संस्थागत गरियो । अव यिनै बिषयहरुको आधारमा देश बिकाश हुनेछ । भर्खरै स्थानित सरकारको निर्वाचन भईरहेको छ र यसै प्रकारले निर्धारित समयमा अन्य तहका चुनाव भएपछि देश राजनितिक स्थिरतामा जान्छ र देश बिकाश हुनेछ । अव बिकाशको क्रमले गति नलिनु बाहेक अकौ बिकल्प नरहेको तथा नेपाल बनाउन सवै एकजुट हुनै पर्ने बाध्यता रहेको पनि श्रेष्ठले बताउनु भयो । साथै नेपालको राजनितिक दल तथा नेताहरु बाह्य शक्ति मुखि हनु नहुने र देश बनाउने क्षमता आफै राख्नुपर्ने उहाँले बताउनु भयो ।
दाश्रो प्रहरको बन्दसत्र कार्यक्रमले २७ सदस्यीय कार्य समिति चयन गरेको छ । मञ्चको नवनिर्वाचित कार्यसमिति:
अध्यक्ष : उमेश बि.क
उपाध्यक्ष : हेम आर्चाय
चक्रमान तामाङ्ग
कमला तामाङ्ग
महासचिव:समित अधिकारी
सचिव : राम सिह तामाङ्ग
दिपक परियार
इश्वर राना
सह–सचिव:शोभा आर्चाय
कोषाध्यक्ष :पञ्चराम स्याङताङ तामाङ्ग
सह कोषाध्यक्ष : राम लासिवा
सदस्यहरु :टेक बहादुर कार्की
अर्जुन कार्की
सुरेष बराईली
श्याम महतो
रिनामाया
चित्र बहादुर के.शी
बि.भि तामाङ्ग
बिशाल सुव्वा
कमल कटुवाल
शंकर अधिकारी
दिपक परियार
ईश्वर राना
सिता घिमिरे
बिक्रम तामाङ्ग
सल्लाकार तथा संरक्षक :
पदम प्रसाद अर्याल (मुख्य संरक्षक)
तुला गिरि (मंच संरक्षक)
तोलाकान्त भट्टराई
ज्ञानेन्द्र खनाल
इच्छा राई
मुन्ना बावु परियार
नवनिर्वाचित समितिले १३ बुदे घोषणापत्र जारि गरेको छ । घोषणापत्रमा भैपरि आउने नेपालीहरुका समस्यमा सहयोग गर्ने, बैदेशिक रोजगारीलाई सुरक्षित बनाउन पहल गर्ने, पार्टिको पक्षमा शशक्त उपस्थिति तथा सदस्यता बढाउने, आवश्यक समयमा नेपालमा सहयोग गर्ने जस्ता बुदाँहरुलाई समेटेको छ । प्रमुख अतिथिबाट शपथ ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष उमेश बि.क ज्युले अतिथि, आम ओमानवासी नेपाली, पत्रकार र कार्यक्रमका प्रायोजकहरुलाई धन्यवाद दिदै मञ्चको घोषणापत्रको प्रतिवद्धता पुरा गर्ने जानकारी दिनुभयो ।
कार्यक्रमलाई बिभिन्न समयमा मनोरोञ्जन प्रदान गर्दै गाएक नबिन खड्काले मनोरोञ्जनात्मक बनाएका थिए । कार्यक्रमलाई असिल मेनपावर, अल जदिद एक्सचेन्ज तथा अल मुधिस कम्पनीले प्रायोजन गरेका थिए । ओमानवासीय नेपालीहरुको भव्य सहभागितामा आयोजित कार्यक्रम साँझ ७ बजे समापन गरिएको थियो ।