एन.आर.एन. सोसल क्लव ओमानद्धारा रक्तदान कार्यक्रम सम्पन्न ।


पि.बि श्रेष्ठ, मस्कट, २६ मे २०१७

गैरआवासीय नेपाली संघ ओमान सामाजिक क्लवको रुपमा बिधिबत दर्ता भएपछि संघले गर्दै आएको निरन्तर कार्यक्रम रक्तदान आज २६ मे २०१७ का दिन व्लड बैंक वौसरमा आयोजना गरि सम्पन्न गरेको छ । जीवनको उपहार दिउँ रक्तदान गरौं (Give the Gift of Life, Donate Blood) भन्ने बाक्यांशलाई व्यानरमा उतार्दै एन.आर.एन. सामाजिक क्लवले आयोजना गरेको यस कार्यक्रममा ७१ जना नेपाली तथा बिदेशीहरुलाई रक्तदानको लागि उपस्थित गराएको थियो । यसमध्ये ५९ जनाले रक्तदान गर्न सफल भएको जानकारी कार्यक्रमका संयोजक भरत अधिकारी ज्यूले जानकारी दिनुभयो ।

कार्यक्रममा सहभागि हुने सम्पूर्ण रक्तदाताहरुलाई धन्यवाद दिदै क्लवका अध्यक्ष दिपक श्रेष्ठ ज्यूले क्लवका आगामी दिनमा आयोजना हुने यस्ता समाजसेवी कामहरुमा सहभागी भईदिन पनि ओमानमा रहेका नेपालीहरुलाई आग्रह गर्नुभयो । बिषेशत मुस्लिम पर्व रमदानको ठिक अघि आयोजित यस रक्तदान कार्यक्रमलाई बिषेश महत्वकासाथ लिएको पाईएको छ । संघद्धारा आयोजित यो ५ औं रक्तदान कार्यक्रम हो ।


,