ओमानमा राजदुत ।

सन् २०१३ अक्टोवर २२ दिन स्थापित नेपाली राजदुतावास ओमानले गत २४ मे २०१७ का दिन राजदुत पाएर पूर्ण भएको छ । के.पी ओली सरकारको समयमा ओमानको राजदुत पदमा मधेशी फोरमको कोटा मार्फत सिफारिसमा परेकी शर्मिला पराजुलीलाई बर्तमान प्रचण्ड सरकारले सदर गरि राजदुत पदमा नियुक्त भएकी छिन् । राजदुत पराजुली गत बुधवार ओमान आईपुगेकी खवर प्राप्त भएको छ र बिहिवार, २५ मे २०१७ बाट कार्यभार सम्हाल्न सुरु गरि सक्नुभएको जानकारी आएको छ । राजदुतको पूर्णता संगै ओमानवासी नेपालीहरुको समस्याहरुलाई तदारुकता साथ सम्वोधन हुने र पिडितहरुले चाडो न्याय पाउनेमा ओमानवासी नेपालीहरु आशावादि छन् । यसका साथै बर्तमान समयका महत्वपूर्ण बिषयहरु अहिले सम्म पूरा हुन नसकेको ओमान र नेपाल बिचको श्रम सम्झौताले पूर्णता पाउने तथा नेपालको पर्यटन र श्रम प्रवद्र्धन हुनेमा आशावादी हुन सकिन्छ ।

पि.बि श्रेष्ठ, मस्कट, २६ मे २०१७

,