ओमानमा २५६१ औं बुद्धजयन्ति मनाईदै ।

बिश्व शान्तिको दुत गौतम बुद्ध को २५६१ औं जन्मजयन्तिको अवसर सन् २०११ मा स्थापित नेपाली बुद्धभिजन ओमानले एक कार्यक्रमको आयोजना गर्न गईरहेको अपिल प्रकाशित गरि जानकारी गराएको छ । १९ मे २०१७ शुक्रबारका दिन मस्कटको गोव्रा स्थित अलमाहा इन्टरनेशनल होटलको कार्यक्रम हलमा आयोजना गर्न लागिएको उक्त कार्यक्रममा स्थानिय कलकारहरुले नेपाली सांस्कृतिक प्रस्तुतीहरु पनि देखाउने आयोजकले जानकारी गराएको छ ।

यस कार्यक्रम मार्फत जम्मा हुने रकम नेपालको चितवन स्थित साहाराको घर नामक अनाथालयलाई प्रदान गरिने कुरा नेपाली बुद्धभिजन ओमानका सल्लाहकार ओमकार तामाङ्गले बताउनु भएको छ । स्मरणिय रहोस् नेपाली बुद्धभिजन ओमानले साहाराको घरलाई निरन्तर मासिक रुपमा केहि आर्थिक सहयोग गर्दै आईरहेको छ । साहाराको घरमा अहिले १४ जना बालबालिका रहेका छन् । यो सहयोगको पुण्य काममा ओमानवासी सम्पूर्ण नेपालीहरुलाई सहभागि भईदिन नेपाली बुद्धभिजन ओमानले अपिल गरेको छ ।

पि.बि श्रेष्ठ, मस्कट, १५ मे २०१७

,