जेब्राक्रसबाट बाटो नकाटे दुई सय जरिवाना

जथाभावी बाटो काट्ने पैदल यात्रीलाई दुई सय रुपियाँ जरिवाना हुने र जरिवाना तिर्न नसके केही समय प्रहरीको नियन्त्रणमा राखी सचेतना शिक्षा दिएपछि मुक्त गरिने जानकारी उहाँले दिनुभयो ।
प्रमुख लामाले विभिन्न दुर्घटनामा परी मृत्यु हुनेमा ४० प्रतिशतको सडक दुर्घटनामा मृत्यु हुने जानकारी दिनुभयो । जेब्राक्रसबाट बाटो नकाट्नेलाई जरिवाना गर्नुअघि तयारी स्वरूप प्रहरीले पैदल यात्रीलाई फुटपाथबाट हिँड्न लगाउने, जेब्राक्रसिङको महत्वबारे चालकलाई सचेत गराउने, आकासे पुलको प्रयोग अनिवार्य गर्ने लगायत सचेतनामूलक कार्यक्रम अगाडि बढाएको छ ।
यसका लागि महानगरीय प्रहरीले शुक्रबारबाट जनचेतनामूलक कार्यक्रम सुरु गरेको हो । हर्न पनि नबज्ने र जेब्राक्रसिङमा यात्रुले सडक पार नगर्दा दुर्घटनाको जोखिम बढेपछि सचेतनामूलक कार्यक्रम सुरु गरिएको हो ।
‘जेब्राक्रसिङ’का विषयमा यात्रु तथा चालकलाई सचेत र जागरुक बनाउन ट्राफिक नियमसम्बन्धी जानकारी दिन थालिएको हो । नियमको पालना नगर्ने र सडक सुरक्षामा खटेका ट्राफिक प्रहरी लगायत अन्य सुरक्षाकर्मीको आग्रह बेवास्ता गर्नेलाई दुई सय रुपियाँ जरिवाना हुनेछ । महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक बमबहादुर भण्डारीले उपत्यकाको बढ्दो सवारी चापलाई ध्यानमा दिई सवारी दुर्घटना न्यूनीकरण गर्न हर्न निषेध क्षेत्र घोषणा अभियान सञ्चालन गरिएको बताउनुभयो ।
काठमाडौंँ महानगरपालिकाको दाबीअनुसार काठमाडौँ उपत्यका हर्न निषेध क्षेत्र घोषणा गरिएको दक्षिण एसियाको पहिलो सहर हो । यस अभियानको सफलतासंँगै सवारी आवागमन सहज बनाउन जथाभावी सडक पार गर्ने, सडक फुटपाथमा हिँड्ने, आकासे पुलको प्रयोग नगर्ने पैदल यात्रुलाई कानुनी कारबाहीको दायरामा ल्याउन लागिएको भण्डारीले जानकारी दिनुभयो ।
ट्राफिक नियमको पालना गर्नाले शान्त र सुरक्षित यातायात सेवाका साथै जनजीवनलाई पनि सुरक्षित बनाउने भएकाले यस नियमको पालना गर्न जरुरी रहेको महानगरीय प्रहरी प्रमुख भण्डारीले बताउनुभयो । ‘जथाभावी बाटो नकाटौंँ, बाटो काट्दा जेब्राक्रसिङ र अकासे पुलको प्रयोग गरौँ, सडकपेटीको प्रयोग गरौंँ र सडक दुर्घटनाबाट बचाँैं’ भन्दै सडक र सवारीसम्बन्धी उपत्यकाको विभिन्न स्थानमा शुक्रबार जनचेतनामूलक ¥यालीको पनि आयोजना गरिएको छ । विभिन्न विद्यालयका विद्यार्थीलाई सडक सचेतना जगाउन बिहानै सडकमा खटाइएको थियो ।
महानगरीय ट्राफिक प्रहरी वृत्त दरबारमार्ग, सोह्रखुट्टे प्रभाग, ठमेल, लायन्स क्लब अफ काठमाडौँ, काठमाडौँ महानगरपालिकाको विभिन्न वडा कार्यालयको सक्रियताका साथै ठमेल र दरबारमार्ग क्षेत्रमा व्यवसायीले समेत सचेतनामूलक र्यालीमा सहभागी भएका थिए ।
साभार: गोरखापत्र अनलाईन