टिम लुम्बिनी ओमानद्धारा क्रिकेट प्रतियोगिता सम्पन्न ।

       ओमानवासी खेल प्रेमी नेपालीहरुको मागलाई मध्य नजर गर्दै टिम लुम्बिनी ओमानले आज २८ अप्रिल २०१७ का दिन मस्कटमा एक दिने अन्तर नेपाली पुरुष क्रिकेट प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगितामा ओमानका बिभिन्न क्षेत्रबाट ७ टिमले सहभागिता जनाएका थिए । अघिल्लो साता प्रकाशित गरिएको टाईसिट अनुसार सहभागि ७ टिम मध्ये गैरआवासीय नेपाली संघ बाईमा परेको थियो ।


प्रतियोगिताको प्रथम खेल लुलु (लालिगुराँस) र तमु समाज बिच भएको थियो जसमा लुलु (लालिगुराँस) बिजयी भएको थियो भने दोश्रो खेल ओमान नेपाली एकता समाज  र मगर संघ ओमान बिच भएको थियो जसमा मगर संघ ओमान बिजयी भएको थियो त्यस्तै प्रथम चरणको अन्तिम खेलमा टिम लुम्बिनी र मसरुम ओमान बिच प्रतिश्प्रधा भएको थियो जसमा टिम लुम्बिनी ओमान बिजयी भएको थियो । यस पश्चात भएको पहिलो सेमी फाइनल खेल लुलु (लालिगुराँस) र मगर संघ ओमानबिच भएको थियो जसमा मगर संघ ओमान बिजयी भएर फाइनलमा प्रवेश गर्न सफल भएको थियो भने सेमि फाइनलको दोश्रो खेल बाईमा परेको टिम एन.आर.एन.ए. ओमान र टिम लुम्बिनी बिच निकै प्रतिश्प्रधात्मक खेल भएको थियो र यसमा टिम लुम्बिनी बिजयी भई फाईनलमा प्रवेश गर्न सफल भएको थियो ।


फाइनल खेल मगर संघ ओमान र टिम लुम्बिनी बिच दिनको २:३० बजे बाट सुरु भएको थियो जसमा पहिले व्याटिङ्गमा उत्रेको टिम लुम्बिनी ले निर्धारित ८ ओभरको खेलमा जम्मा ३७ रन बनाउन सफल भएको थियो भने लक्षित रनलाई मगर संघ ओमानले ५ ओभर मै पुर्‍याई खेलको उपाधि जित्न सफल भएको छ । यस प्रतियोगिताका सवै खेलहरु ८ ओभर खेलाईएका थिए । लगभग ३५ डिग्रीको तापक्रममा पनि प्रतियोगितामा खेल प्रेमी नेपाली खेलाडि तथा उल्लेख्य सर्वसाधरणको उपस्थिती रहेको थियो । बिजेता प्रथम तथा द्धितिय टिमहरुलाई पुरष्कारहरु क्रमश खशी, शिल्ड, र प्रमाणपत्र प्रदान गरिएको छ । त्यस्तै प्रत्येक प्रतियोगिताका म्यान अफ द म्याच, प्रतियोगितको म्यान अफ द सिरिज तथा सर्वाधिक रन बनाउन सफल खेलाडि र सर्बाधिक विकेट लिने खेलाडिहरुलाई प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगिता सफल बनाउन बिभिन्न व्यक्ति तथा संस्थाहरुले प्रायोजन गरेको थिए, आयोजक टिम लुम्बिनी ओमानले सवै प्रायोजकहरुलाई प्रशंसा पत्र प्रदान गरेर सम्मान गरेको छ ।


पि.बि श्रेष्ठ, मस्कट, ओमान २८ अप्रिल २०१७

,