अनिश्चितकालीन तराई बन्दले जनजीवन प्रभावित

रुपन्देही, २९ साउन ।  तराईको भूभागलाई थरुहट प्रदेशको माग गर्दै थरुहट सङ्घर्ष समितिले आह्वान गरेको अनिश्चितकालीन तराईका २२ जिल्ला बन्दका कारण रुपन्देहीको जनजीवन प्रभावित भएका छन् ।

संविधानको प्रारम्भिक मस्यौदामा सङ्घीय प्रदेशको नामाङ्कन नगरी सङ्घीयतालाई ओझेलमा पारिएको, नेपाललाई ६ प्रदेशमा सीमाङ्कन गर्दा तराईलाई हिमाल पहाडसँग जोडिएको विरोधमा आह्वान गरिएको बन्दका कारण रुपन्देहीका सम्पूर्ण बजार पसल, यातायात, शैक्षिक संस्था, उद्योग कलकारखाना पूर्ण रुपमा ठप्प रहेका छन् । आन्दोलनका कारण दैनिक मजदुरी गरेर खानु पर्ने सबैभन्दा बढी प्रभावित भएका छन् ।

प्रहरी, एम्बुलेन्स, प्रेस, दूधलगायत अत्यावश्यक बाहेकका गाडीहरु बिहानदेखि सडकमा गुड्न सकेका छैनन् । बन्दका कारण छिमेकी मुलुक भारतमा रोजगारी गरी फर्किएका नेपालीलाई गन्तव्यसम्म पुग्न निकै समस्या परेको छ । 

बन्दकर्ता बिहानदेखि भैरहवाको बुद्धचोक, देवकोटा चोक, मिलनचोक, अञ्चलपुरलगायतका स्थानमा जम्मा भएर अवरोध गरिरहेका छन् ।

यसैगरी नयाँ संविधानमा सुनसरी, मोरङ, झापा र उदयपुरको दक्षिण क्षेत्रका केही भागलाई मधेशमा राख्नुपर्ने माग गर्दै मधेस प्रदेश बचाउ सङ्घर्ष समितिले आह्वान गरेकाे बन्दले सुनसरीको जनजीवन प्रभावित भएको छ । बन्दका कारणा बजार, यातायात, कलकारखाना सञ्चालन हुन सकेका कारण जनजिवन प्रभावित भएकाे छ ।

यसैबीच थारु सङ्घर्ष समिति र थारु कल्याणकारिणीसभा सुनसरीले गरेका बन्दका कारण तेस्रो दिन पनि सुनसरीको इटहरी, दुहबी, झुम्कालगायतका क्षेत्रको जनजीवन प्रभावित भएको छ । तराईका २२ वटा जिल्लालाई थरुहट प्रदेशमा राख्नुपर्नेलगायतका माग राख्दै छ दिने बन्दको आह्वान गरेकोे सङ्घर्ष समितिका सदस्य मिलीराम चौधरीले जानकारी दिए

,