रतन झा को एन.आर.एन.ए ओमान संग भेट
१३ अगस्ट २०१५,
गैर आवासीय नेपाली संघको स्थापनाकाल देखी नै यसको अभियानमा लागेर संघको उदेश्य प्राप्तीको लागि महासचिव तथा सल्लाहाकार को महत्वपूर्ण पदमा रहेका कार्य सम्पादन तथा संघका अन्य बिभिन्न उपसमितिहरुमा रहेर काम गर्नु भएका रतन.झा ले ओमानमा एन.आर.एन.ए परिवार संग १२ अगस्ट २०१५ का दिन भेटघाट तथा छलफल गर्नु भएको छ । २ दिन अघि एन.आर.एन.ए. को आई.सि.सि अध्यक्षतामा उमेद्वारी घोषणा गर्नु भएका झा ले एन.आर.एन.ए कतारको अधिबेशनमा भागलिने क्रममा ओमानमा एन।आर।एन।ए संग भेट गर्नु भएको हो ।
ओमान को अलखुद स्थित अल हेडायत हलमा भएको भेटघाटको क्रममा गैर आवासीय नेपाली संघका चालु बर्षका बिभिन्न कार्य योजना सम्पन्न गर्ने, देश पुन:निर्माणका लागि सहयोग गर्ने, ७१ औ राष्ट्रमा फैलिएको संघको सञ्जाललाई शक्तिको रुपमा प्रयोग गरि बैदेशिक रोजगारीलाई व्यवस्थित तथा देशलाई समुन्नत बनाउन सहयोग गर्ने, बैदेशिक रोजगार सामाजिक सुरक्षा कोषको स्थापनालाई पहलगर्ने, निश्चित, ठोस तथा सिमित एजेन्डाहरुलाई लिएर अघि बढ्ने तथा तोकिएको समय अबिधि भित्र सम्पन्न गर्ने ऊहा को कार्यकालको कार्य योजना रहने बताउनु भयो ।
बर्तमान अध्यक्ष शेल घले ज्यूको कार्यकालको सरहना गर्दै स्थापनाकाल भन्दा बर्तमान समयमा संघको संञ्जाल निकै ठुलो भएको र नेपाल र नेपालीका लागि गौरवान्वित भएको संस्थाको गरिमालाई निरन्तर कायम राख्ने कुरा अव आउने अध्यक्षको च्यालेन्जहरु हुने र संस्था राम्रो संग नबुझि यसको नेतृत्वमा लाग्नु उचित नहुने उहाँको बुझाई रहेको छ । स्थापनाकाल देखिनै संघमा आवद्ध रहेर यसका हरेका क्रियाकलापमा सक्रिय सहभागि भएर लागेकोले अध्यक्ष पदको लागि आफु परिपक्व भएकोले उमेद्वारी दिएको उहाँको भनाई रहेको छ । संघको नेतृत्व स्थिर हुन नहुने पनि उहाँको भनाई रहेको छ । स्थिर नेतृत्वले एक क्षेत्र वा बिषयलाई मात्र महत्व बढि दिन सक्ने हुनाले नेतृत्व हरेका कार्यकालमा परिवर्तन भएमा क्षेत्रगत हिसावले संस्थाले नेतृत्व पाउने तथा संस्थाको चौतफि बिकाश हुने भन्नुहुन्छ झा ।
भेटका क्रममा एन।आर।एन।ए ओमानले उठाउँदै आएको प्रस्तावना "बैदेशिक रोजगार सामाजिक सुरक्षा कोष (हजारे अभियान)" का बिषयमा पनि छलफल भएको थियो । बिषेशत मध्यपूर्वमा काम गर्ने नेपालीहरुको आय निकै कम हुने हुनाले उनिहरुको बैदेशिक रोजगार पश्चातको जीवन सामाजिक अपहेलना, बिना कुनै अभाव गुज्रियोस् तथा बैदेशिक रोजगारमा रहेका नेपालीहरुको अर्थ, सिप र ज्ञान स्वदेशको लागि प्रयोग गरि देश बिकासमा लागउन सकियोस साथै बैदेशिक रोजगारमा घटित दुर्घटनाहरुको जीवन पर्यन्त राहतहुने खालका योजना सहित प्रस्ताबित प्रस्तावना प्रति झा सकारात्मक रहेको एन.आर.एन.ए ओमान श्रोतले जानकारी दिएको छ । अध्यक्षपदको प्रत्याक्षी झा ले अध्यक्ष पदमा आफु बिजय भए वा नभएपनि यो उक्त प्रस्तावनाको मर्म नेपाल र नेपालीका लागि निकै महत्वपूर्ण भएकोले आफु यसलाई आत्म साथ गरि अघि बढ्ने जानकारी दिनुभयो ।
एन.आर.एन.ए ओमानका पूर्वअध्यक्ष तथा प्रमुख संरक्षक डि.बि क्षेत्री तथा बर्तमान अध्यक्ष दिपक श्रेष्ठले "हजारे अभियान" बारे बिभिन्न कार्यक्रम सम्पन्न गरि प्रधानमन्त्री सम्म यसलाई पुर्याएको जानकारी पनि दिनु भयो । यो बैदेशिक रोजगारीमा रहेका नेपालीहरुको मर्ममा केन्द्रित रहेर तयार पारिएको प्रस्तावना भएकोले यसलाई गैर आवासीय नेपाली संघको मुख्य एजेन्डा बनाउन पर्ने पनि क्षेत्री तथा श्रेष्ठको भनाइ थियो ।

