जनप्रगतिशिल मञ्च ओमानले प्रथम अधिबेशन आयोजना गर्ने ।

ओमानमा सन् २०१३ मा स्थापित जनप्रगतिशिल मञ्च ओमानले यहि ०७ जुलाईका दिन आफ्नो प्रथम अधिवेशन सम्पन्न गर्दैछ । आम ओमनवासी नेपालीको जानकारीको लागि महाधिवेशन आयोजक समितिले २० मे २०१७ मा एक अपिल प्रकाशित गरेको थियो । “संसारका मजदुर एक हौं” भन्ने मुल नारा अनि अन्यायको बिरुद्धमा एकबद्ध हुने हाम्रो संकल्प, “देश बिकाश अनि समद्धिका लागि आर्थिक क्रान्ती नै आजको बिकल्प” भन्ने कार्य नितिक नारा साथ कार्यक्रम आयोजना हुने अपिलमा जानकारी गरिएको छ ।

आयोजक समितिका अनुसार महाधिवेशन कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्न भुतपूर्व परराष्ट्र तथा उपप्रधान मन्त्री नारायण काजी श्रेष्ठ आउँदै हुनुहुन्छ । साथै कार्यक्रममा जनवादी गितहरुद्धारा मनोरोञ्जन दिलाउन जनवादी युवा गाएक नविन खड्का पनि आउँदै छन् । कार्यक्रम माथि उल्लेखित दिनको ११ बजे बाट अल रिफ होटल गोब्रा हुदैछ ।

पि.बि, २७ जुन २०१७, मस्कट, ओमान

,