निगमले पम्पहरूलार्इ दियो इन्धन, कहाँ कहाँ पाइन्छ पेट्राेल?

काठमाडौं— नेपाल आयल निगमले निजी पम्पबाट पेट्रोलको बिक्री रोकेको छ। भारतले नाकाबन्दी लगाएसँगै पेट्रोलियम पदार्थको आपूर्ति असहज भएपछि निगमले सोमबार निर्णय गरी सेना, प्रहरी, साझा र नेसनल ट्रेडिङको पम्पबाट पेट्रोल वितरण गर्ने बताएको हो।

सरकारी स्वामित्तवका त्यस्ता पम्पहरु उपत्यकामा ११ वटा रहेका छन्। सोमबार दिउसो ती पम्पहरूलाइ निगमको थानकोट डिपोबाट पेट्राेल दिइएको छ।

कुन कुन पम्पबाट पाइन्छ पेट्राेल ?

१. हल्चोक फ्युल सेन्टर हल्चोक –८ हजार लिटर
२. साझा भण्डारण लिमिटेड स्वयम्भू –४ हजार लिटर
३. नेशनल ट्रेडिङ टेकुलाई –८ हजार लिटर
४. रिपुमर्दिनी पेट्रोल पम्प भद्रकाली –२० हजार लिटर
५. प्रहरी कल्याण कोष पेन्ट्रोलपम्प नक्साल –२० हजार लिटर
६. साझा सेवा बल्खु –४ हजार लिटर
७. साझा सेवा पुल्चोक –२० हजार लिटर
८. इन्द्रायणी आयल स्टोर सानेपा –४ हजार लिटर
९. शक्तिदेवी पेटटेल स्टेशन लगनखेल –८ हजार लिटर
१०. मध्यपुर आयल सप्लायर्स –४ हजार लिटर
११. गुह्यश्वरी फ्युल स्टेशन ठीमी –८ हजार लिटर

डिजेल र मट्टितेलको बिक्री वितरण भने निजी पम्पहरुबाट पनि हुनेछ। निगमले सोमबार थानकोट स्थित डिपोबाट ६० वटा निजी पम्पलाई डिजेल वितरण गरिएको छ। यी मध्ये काठमाडाैं उपत्यकाका ४७ वटा छन्।

,