दक्षिण कोरियामा एक नेपालीले आत्महत्या गरे
७ जेठ,सोल । कोरियामा रोजगारी गर्न गएका एक नेपालीले आत्महत्या गरेका छन्। इपिएस अन्तर्गत दक्षिण कोरिया पुगेका गुल्मी हर्दीनेटाका अर्जुन पन्तले झु्ण्डिएर ज्यान फालेका हुन् । १ वर्ष १० महिना अघि कोरिया पुगेका पन्तले कोरियामा कपडा उद्योगमा काम गर्ने गरेका थिए। २३ वर्षिय पन्तले थेगु स्थित मिहोङ सानप नामक कम्पनीमा काम गरिरहेका थिए ।केही समय यता अस्वस्थ रहेका उनले मंगलवार विहानै गाडी पार्किङमा झुण्डिएको अवस्थामा फेला परेका थिए। उनी केही समय यता मानसिकरुपम तनावमा रहेन गरेको भएपनि आत्महत्या गर्नुको खास कारण भने पत्ता लागेको छैन् ।
उनलाई बिदामा घर जान कम्पनीले शुक्रबारको टिकट व्यवस्था समेत गरिदिएको थियो।

