चुनाव असारमा नभए मंसिरमा पनि हुँदैन : प्रचण्ड

धादिङ, चैत २४ - एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले असारमा संविधानसभाको चुनाव नभए मंसिरमा पनि हुन नसक्ने बताउनुभएको छ । असारमा चुनाव हुँदा आफ्नो पार्टीले २ तिहाइ बहुमत ल्याउने बुझेर अरु दलले असारमा चुनाव हुन नदिन लागि परेको प्रचण्डले आरोप लगाउनुभयो ।

असारमै चुनाव गराउने सहमति सहित अहिलेको सरकारलाई सत्ता छोडेको उहोका भनाई छ । एकीकृत नेकपा माओवादी वाहेकका दललाई निर्वाचन आतंक भएको र सरकारले पनि आफ्नो जिम्मेवारी विर्सिन थालेको प्रचण्डको आरोप छ ।

आफ्नो जितसंग डराएर अरु दल र शक्तिले असारमा चुनाव नगर्ने षडयन्त्र गरिरहेपनि आफुले मन्त्रीपरीषदका अध्यक्षलाई भेटेर तोकिएको जिम्मेवारी अन्र्तगत असारमा निर्वाचन गराउन सुझाव दिएको प्रचण्डले बताउनुभयो ।

एकीकृत नेकपा माओवादीले जनआन्दोलन दिवसको अवसरमा धादिङको धार्केमा गरेको आमसभामा अध्यक्ष प्रचण्डले मंशिरमा चुनाव गरिए अनेकौ बाधाहरु आउने र आफ्नो पार्टीले ति बाधा अड्काउ फुकाउन सहयोग नगर्ने बताउनुभयो ।