जनआन्दोलनका घाइतेको गुनासो

काठमाण्डौ , २४ चैत । जनआन्दोलनका घाइतेले सरकारले आफुहरुलाई नसम्झिएको भन्दै आपत्ती जनाएका छन् । सरकारले आाफुहरुको योगदानको कदर नगरेका उनिहरुको गुनासो छ । जनआन्दोलनका घाईते नन्दप्रसाद रुपाखेतीले गणतन्त्र स्थापनाका लागि आफुहरुले गरेको योगदानको कदर गर्न नसकेको भन्दै तत्काल आाफुहरुका माग संबोधन गर्न सरकारसाग आग्रह गरे । 

आाफुहरुको आन्दोलन र योगदानले गणतन्त्र स्थापना भएपनि त्यो संस्थागत नभएकोमा रुपाखेतीले चिन्ता ब्यक्त गरेका छन् । उनिहरुले सरकारले आन्दोलनका घाइतेहरुलाई उचित क्षती पूर्ती समेत नदिएको बताएका छन् । नेताहरुको सत्ता केन्द्रित राजनीतिका कारण जन आन्दोलन २०६२/०६३ का प्राप्त उपलब्धि गुम्ने खतरा बढ्दै गएको उनको चिन्ता छ ।

यसैविच शनिवार जनआन्दोलन सुरु भएको दिनको संझनामा चार मुख्य राजनीतिक शक्ति नेपाली कांग्रेस, एकिकृत माओवादी, नेकपा एमाले, संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले भने कुनै पनि औपचारिक कार्यक्रमको आयोजना गरेका छैनन् । तर मोहन बैद्य नेतृत्वको नेकपा माओवादीले भने २०६२ सालमा जनआन्दोलन सुरु भएको दिनको संझनामा देशैभर जनआन्दोलन दिवस मनाइरहेको छ । जनआन्दोलन दिवसका अवसरमा शनिवार सभा, प्रदर्शन लगाएतका कार्यक्रमहरु तय गरिएको नेकपा माओवादीले जनाएको छ ।

राजधानीको खुल्ला मंचमा उसले कार्यक्रम गरिरहेको छ । २०६२ सालमा भएको आन्दोलन २०६३ साल बैशाख ११ गते सम्म चलेको थियो । १९ दिने जनआन्दोलनकै जगमा नेपालमा राजतन्त्रको अन्त्य भई गणतन्त्र आएको थियो ।