दुर्घटनामा ३ को मृत्यु, १९ घाइते
जुलाई १६, २०१३
पूर्व पश्चिम लोकमार्गअन्तर्गत सिरहाको कर्जनाहा–६ मा सोमबार बिहान २ बजे ना.४त ४७४३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।
सिरहाको इटाटार–३ का ३५ वर्षीय मुकेशकुमार यादव, इटाटार–४ की ४० वर्षीया रामपतिदेवी यादव र झिझौल–३ की ४१ वर्षीया गुलाबी यादवको घटनास्थलमै मृत्यु भएको र ९ जना घाइते भएको लहानस्थित जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । घाइतेहरुको उपचार स्थानीय फूलकुमारी मेमोरियल अस्पतालमा भइरहेको छ । अनियन्त्रित भएर ट्याक्टर दुर्घटना भएको ट्राफिक कार्यालयले जनाएको छ ।
यता, मोरङको दुलारी–२ बलिया चोकमा सोमबार बिहान ११ बजे यात्रुबस दुर्घटना हुँदा १० जना घाइते भएका छन् । घाइतेमध्ये दुईजना गम्भीर छन् । उनीहरुको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ । अन्य ८ जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।
इटहरीबाट पूर्वतर्फ जाँदै गरेको ना.३ख ९०५१ नम्बरको यात्रुबस विपरीत दिशाबाट आएको को.२त २०३० नम्बरको ट्याक्टरसाग जुध्दा दुर्घटना भएको थियो । बस चालक फरार छन् भने बसलाई नियन्त्रणमा लिइएको प्रहरिले जनाएको छ ।
स्रोत: अन्य पत्रीका