चालक झरेको ४ मिनेटपछि बस भीरबाट खस्यो, ११ को मृत्यु

धनगढी, १३ मंसिर । चालकको चरम लापरवाहीका कारण बस भीरबाट खरेको बुझिएको यात्रुले बताएका छन्। टायर पन्चर भयो भनेर चालक बसवाट ओर्लेको ४ मिनेट पछि बस भीरबाट सकेको उनीहरुको भनाई छ।
डोटीको दिपायलवाट महेन्द्रनगरका तर्फ आइरहेको ना ५ ख ५४२० नम्बरको बस भीम दत्त पन्त राजमार्ग अन्तर्गत कैलालीको सहजपुर २ मा शनिवार बिहान करिव १ बजेतिर दुर्घटना हुदाँ ११ जनाको मृत्यु भएको छ। भने २९ जना घाइते भएका छन्।
कैलाली जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक बिक्रम चन्दकाअनुसार मृत्यु भएका मध्य ६ जनाको सनाखत भइसकेको छ। मृत्यु हुनेमा डोटी गडुवा गाविस ३ का ३० बर्षीय प्रेम बहादुर कामी, दौड १ का ४० बर्षीय वेलुवा नगरी, दौड १ का ३५ बर्षीय चुली नगरी, दौड १ का तिउरी नगरी,दौड १ का ४० बर्षीय बिरे लुहार,दौड ४ का ४० बर्षीय तेज बहादुर वोगटी रहेका छन । घाइतेहरु अत्तरिया स्थित पदमा अस्पताल, सेवा नर्सिङ होममा उपचार भइरहेको छ।

चालकले भिरालो स्थानमा गाडी रोकेर टायर मुनी ढुंगा नलगाएका कारण बस दर्घटना भएको घाइते यात्रुले बताएका छन्। 'टायर पन्चर भयो, बनाउन्छु भनेर चालक गाडीबा ओर्ल्यो। चालक ओर्लेको ४ मिनेटपछि गाडी गुडेर भीरबाट खस्यो,' घाइते बमबहादुर नागरिले भने,'चालकले आफु झरेर गाडी भीरमा खस्न दियो।'

चालकले गाडी पन्चर भयो तपाईहरु झर्नुहोस भनेको भए सबै यात्रु झरिसक्ने अवस्था रहेको घाइते यात्रुले बताएका छन्। 'चालकले यात्रुलाई झर्नु भनेको भए सवै जना झर्ने समय थियो। चालक झरेको ४ मिनेट पछि मात्र गाडी भीरमा खसेको थियो।' अर्का घाइते कमल नगरीले बताए।

भारतको मुम्मई र मद्रासमा मजदुरी गर्न र उपचार गर्न गइरहेका डोटीका यात्रु दुर्घटनामा परेका छन । दुर्घटनामा पर्ने मध्य एउटै गाउँका मात्र १५ जना भन्दा बढी रहेका छन्। 'हामी १६ जनाको समुहमा बाल बच्चा,महिला,पुरुष भारतको मद्रास जाँन आएका थियौं, कमल नगरीले भने । उनीहरुको समुहमा रहेका ३ जनाको बारेमा थाहा नभएको घाइतेले बताएका छन्।

दौड– २ का कल्पना नेपाली आफ्नो १ बर्षीय काखे छोरी, रितु नेपाली, सासु र देवर सहित यात्रा गरिरहेकी थिइन् । उनले छोरीलाई काखमा बाँधेकी थिइन् । बसको झ्यालवाट खसेर उनी र छोरी वाच्न सफल भएकी छिन् ।
डेढ महिना अघि डोटीको जोरायलमा २९ जनाको ज्यान जाने गरी भएको बस दुर्घटनाको पीडा कम हुन नपाउदै अर्को वस दुर्घटनाले डोटीलाई शोकमा डुवाएको छ ।

,