प्रवाशी मञ्च ओमानको बार्षिक सभा समारोह सम्पन्न ।

कार्यक्रममा ओमानमा रहेका संघ संस्थाका प्रतिनिधि तथा अतिथिहरुले शुभकामना मन्तव्य दिएका थिय । यस अधिबेशनद्धारा गठित हुने प्रवाशी मञ्च ओमानको नयाँ कार्यसमितिलाई शुभकामना दिनुका साथै असोज ३ गते जारी गरिन लागेको संबिधान र ओमानका समसामायिक बिषयहरुमा संघ संस्थाको मन्तव्य केन्द्रित रहेको थियो । यस्तै गैर आवासीय नेपाली संघ ओमानका पूर्व अध्यक्ष तथा प्रमुख संरक्षक रहनु भएका डि।बि क्षेत्री ज्युले संघले उठाउँदै आएको बैदेशिक रोजगार सामाजिक सुरक्षा कोषको बारेमा जानकारी गराउनु भएको थियो ।
मन्तव्यमा बोल्दै प्रवाशी मञ्च बहराईनका अध्यक्ष दुर्गा गिरि ज्यूले बैदेशिक रोजगारीमा रहेका महिलाहरुलाई पून श्रम स्विकृती लिन अप्ठेरो परेका कुरालाई उठाउनु भएको थियो । बैदेशिक रोजगारीमा रहेका महिलाहरुलाईको श्रम स्विकृतीलाई सहज बनाउन बिदेश स्थित नेपाली नियोगहरु र नेपाल सरकारले बिचार बिमर्श गरि सहज बनाउन मञ्चबाट नै आग्रह गर्नुभएको थियो । यसका साथै बिदेश स्थित नेपाली नियोगहरुमा पुन श्रम स्विकृतीको व्यवस्था हुनुपर्नेमा पनि उहाँले जोड दिनु भएको थियो । यस्तै मन्तव्यमा बोल्दै प्रवाशी मञ्च यु।ए।इ।का अध्यक्ष प्रकाश कोईराला ज्युले ओमानमा रहेका संघ संस्था बिच राम्रो मेलमिलाप रहेको र यो उदाहरणिय भएको पनि बताउनु भयो । साथै भारि बहुमतबाट जारि हुन लागेको संबिधानमा बहुमतलाई कदर गनुपर्ने र अल्पमतका मागहरुलाई सम्बोधन गरि लोकतन्त्रलाई संस्थागत गरि अघि बढ्नु पर्ने उहाँले बताउनु भयो ।

कार्यक्रममा मञ्चको आर्थिक प्रतिबेदन र बार्षिक कार्य प्रनिबेदन पनि प्रस्तुत गरिएको थियो । अधिवेशनले बर्तमान अध्यक्ष कै अध्यक्षतामा आउँदो कार्यकालको लागि २९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । मुक्तिनाथ बरालको संयोजनमा रहेको चुनाव समितिले सम्पूर्ण सदस्यहरु निर्बिरोध चयन भएको घोषणा गरेको थिया । नवगठित कार्यसमितिको अध्यक्षमा गगन कार्की, उपाध्यक्षहरुमा लिलनाथ कोईराला, तेज ब। तामाङ्ग, रामहरी गिरि, महासचिवमा सोमकृष्ण श्रेष्ठ, सचिवहरुमा बिष्णु चौलागांई, रञ्जित आर्चाय, जनकलाल महतो, कोषाध्यक्षमा मान ब। नेपाली सहकोषाध्यक्षमा अनु पौडेल, तथा सदस्यहरुमा शारदा तिवारी, राजेन्द्र तिमल्सिना, नारायणराज चौलागाई, छत्र मिश्र, जयराज कटुवाल, पशुपति जि।शि, अन्जान गुरुङ्ग, याम पौडेल, निशान्त शर्मा, बुद्धि ब। थापा, राजेश दुलाल, गोमा पाण्डे, कमल गौतम, अरुण बजाङ्गे, रेशम शिलवाल, राजु रायमाझी, रेशम ब। शाही, तथा भुपाल चौहान रहेका छन्
।
मस्कट, ओमान १९ सेप्टेम्वर २०१५