बेहुली झैं सिंगारियो संविधासभा

काठमाडौं, ३ असोज । गणतन्त्र नेपालको नयाँ संविधान जारी गर्नका लागि नयाँ वानेश्वरस्थित संविधानसभा भवन झकिझकाउ बनाइएको छ । राष्ट्रपति डा. रामवरण यादवले अपरान्ह ५ बजे संविधान जारी गर्नका लागि संविधानसभा भवन परिसरलाई दुलही झैं सजाइएको हो ।


संविधानसभा भवन परिसरमा सरसफाइदेखि सजावटको काम अहिले पनि जारी छ। भवन परिसरमा राष्ट्रिय झन्डादेखि रंगीचंगी ध्वजापताका टाँगिएको छ ।

संविधान जारी गर्ने संविधानसभा हलमा प्रवेश गर्ने मूलगेटमा रातो कार्पेट बिच्छाइएको छ । संविधानसभा भवन परिसरमा ५ हजारवटा रंगीचंगी बेलुन झुन्डाएको छ । संविधानसभा परिसर पस्ने गेटदेखि बैठकस्थल पस्ने गेटसम्म घडा सजाएर राखिएको छ ।
 
एक जुगमा एक पटक आउने यो दिनलार्इ भब्यरुपमा मनाउन सरकारले कन्जुस्याइँ नगरी खर्च गरेको हो । सजावटसँगै सरकारले स‌ंविधानसभा भवन परिसरमा सुरक्षाव्यवस्था पनि कडा बनाइएको छ ।


,