वीरगञ्जमा तनाव, गोली लागी एककाे मृत्यु

वीरगञ्ज, ३ असोज ।  वीरगञ्जको माइस्थानमा स्थानीय प्रशासनले घोषणा गरेको कर्फ्यू र निशेधित क्षेत्र तोडेर प्रदर्शनमा उत्रिएका आन्दोलनकारी र सुरक्षाकर्मीबीच भएकाे झडप प्रहरीकाे गाेली लागी एक जनाकाे मृत्यु भएकाे छ । दुर्इजना घाइते भएका छन्। मृत्यु हुनेमा पर्साका शत्रुघन पटेल छन्। उनकाे टाउकाेमा गाेली लागेकाे थियाे ।

झडपमा प्रहरीले चलाएको गाेली लागी घाइते भएका तीन मध्ये एककाे मृत्यु भएकाे हाे ।  गम्भीर घाइते दुर्इ जनाकाे नारायणी क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ। घाइते हुनेमा मन्सी पटेल र विनौद चौधरी छन्। पटेलको टाउकोमा र चौधरीको खुट्टामा गोली लागेको छ।

बिहानैदेखि तनाबग्रस्त वीरगञ्जको घण्टाघरमा समेत झडप भएको छ। झडपमा प्रहरी निरीक्षक सेख आदलत र आन्दोलनकारी शिवन्दन मुखिया घाइते भएका छन्।

,