नयाँ शान्ति सम्झौतामा हस्ताक्षर
कोलम्बियामा करिब अढाई लाख मानिसहरुको ज्यान जाने गरी र लाखौं मानिसहरु आन्तरिक रुपमा विस्थापित हुने गरी भएको पाँच दशक लामो सशस्त्र द्वन्द्वलाई अन्त्य गर्ने उद्देश्यले यो नयाँ शान्ति सम्झौतामा हस्ताक्षर भएको हो।
राजधानी बोगोटामा एउटा संक्षिप्त समारोहबीच राष्ट्रपति ख्वान म्यानुअल सान्टोस र फार्कका टिमोचेन्को भनेर चिनिने नेताले हस्ताक्षर गरेको उक्त नयाँ सम्झौता संसदका सभामुखलाई हस्तान्तरण गरिएको छ।
हस्ताक्षर-

यो नयाँ शान्ति सम्झौता पहिलाको भन्दा राम्रो छ ख्वान म्यानुअल सान्टोस, राष्ट्रपति, कोलम्बिया राष्ट्रपति सान्टोसले गत अक्टोबरको जनमत संग्रहमा सम्झौतालाई अस्वीकार गर्ने पक्षमा मत हाल्नेको सरोकारलाई पनि सम्बोधन गरेकोले यो संशोधित सम्झौता पहिलाको भन्दा राम्रो भएको बताए । उनले भने, "कोलम्बियाका जनताहरु, हामीले हस्ताक्षर गरेको यो नयाँ शान्ति सम्झौता पहिलाको भन्दा राम्रो छ किनभने यसले यसअघिको जनमत संग्रहमा शान्ति सम्झौताको पक्ष र विपक्षमा मत हाल्ने दुबैको भावना समेटेको छ।"
उनले उक्त सम्झौता माथि अर्को साताको शुरुमा नै छलफल हुने अपेक्षा आफूले गरेको पनि बताए । विपक्षी पार्टीको नेतृत्व गरेका पूर्व राष्ट्रपति अल्भारो उरिबेले आफ्नो पार्टीले संसदको छलफल बहिस्कार गर्ने बताएका छन् ।
विरोध-
कोलम्बिया, फार्कउनले नयाँ शान्ति सम्झौता पनि विद्रोहीहरुको पक्षमा बढी उदार भएको आरोप लगाउँदै त्यसको विरोध शान्तिपूर्ण रुपमा सडकमा उत्रिएर गर्ने बताएका छन् ।
अघिल्लोपटक क्षेत्रिय प्रमुख र संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनको उपस्थितिमा शान्ति सम्झौतामा हस्ताक्षर गरिए पनि यसपटक भने जानाजान संक्षिप्त समारोहबीच सम्झौतामा हस्ताक्षर गरिएको थियो । बिहीबार हस्ताक्षरका लागि आयोजित समारोहमा करिब ८ सय मानिसहरु उपस्थित थिए । यसअघिको समारोहमा भने करिब २५ सय मानिसको सहभागिता थियो । टिमोचेन्को भनेर चिनिने फार्कका नेता लोन्डोन्यो र राष्ट्रपतिले नयाँ शान्ति सम्झौतामा हस्ताक्षर गर्ने वितिक्कै हात मिलाएका थिए र सहभागीहरुले उभिएर 'हामी गर्नसक्छौं' भन्दै नारा लगाएका थिए ।
स्रोत: पत्रपत्रीका