कलाकार आरपी भट्टराइको निधन
२४ मंसिर २०७३,
नेपाली कलाकारिता क्षेत्रमा लामो समयदेखि सक्रिय कलाकार आरपी भट्टराइको निधन भएको छ । ४ दिन अगाडि उनी काठमाडौंबाट आफ्नो घर विराटनगर गएका थिए ।
पछिल्लो समय उनले अभिनय गरेको चलचित्र ‘छक्का पन्जा’ अहिले हलमा चलिरहेको छ । उनले चलचित्र ‘वडा नम्बर ६’ लगायतका केहि सफल चलचित्रमा काम गरेका छन् । हाँस्य सिरियल ‘तितो सत्य’मा काम गरेपछि उनको चर्चा चुलिएको थियो । यहि, सिरियलबाट उनलाई ‘राजालाम’ उपनामले दर्शकले चिन्ने गर्थे ।
उनको श्रीमति र २ छोरा छन् । उनले केहि समय अगाडि आफ्नै आवाजमा एल्बम पनि सार्वजनिक गरेका थिए । उनको आवाजमा समावेश ‘कालो रैछु म पनि’ बोलको गीतको भिडियो केहि हप्ता अगाडि मात्र युटुबमा सार्वजनिक भएको थियो ।