ओमान नेपाली ख्रिष्ट्रिय संगती द्वारा क्रिष्मस कार्यक्रम सम्पन्न


सम्बाददाता,

९ डिसेम्बर २०१६, ओमान नेपाली  ख्रिष्ट्रिय संगती द्वारा आज ओमानको मस्कटमा क्रिस्मस कार्यक्रम सम्पन्न गरेको छ । मस्कट अल खुवेरको जाकिर मलको हलमा भएको उक्त कार्यक्रममा नेपाली नियोग प्रमुख रोजिना ताम्राकारको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । बिभिन्न संगीतिक कार्यक्रम हरु द्रारा सम्पन्न उक्त कार्यक्रम बिहानको खानाको साथमा ११ बजे देखी ३ बजे सम्म भएको थियो । एन आर एन ए ओमान, बुद्ध भिजन ओमान, नेपाली  प्रवासि  मन्च ओमान, नेपाली जन संपर्क समितीका अध्यक्षहरु लगायत ओमान स्थित सकृय सबै जसो संस्थाका प्रतिनिधि हरु उपस्थित भएको उक्त कार्यक्रममा प्रमुख अथिती द्वारा  शुभकामना मन्तब्य दिनु भएको थियो । कार्यक्रमको सभापतित्व संस्थाका प्रमुख सँगम सिंह रहनु भएको थियो भने उध्घोषक राम तमाङ ले गर्नु भएको थियो । ओमान नेपाली ख्रिष्टिय संगतीका कलाकारहरु द्वारा प्रस्तुत गरिएको सबै प्रस्तुतीहरुमा प्रभु यशु सम्बन्धी नाच गान स हीत  संगीतिक प्रस्तुतीगरिएको थियो । उक्त कार्यक्रम निशुल्क गरिएको थियो भने बिभिन्न दर्षकहरुलाई भाग्यषाली चिठ्ठा उपहार पनि दिइएको थियो ।


,