तमु समाज ओमानले ल्होसार कार्यक्रम आयोजना गर्ने ।

सन् २०१५मा स्थापित तमु समाज ओमानले आफ्नो दोश्रो प्रस्तुती स्वरुप च्य ल्हो ३२२६९ ल्होसार कार्यक्रम ३० डिसेम्वर २०१६ का दिन आयोजना गर्न गईरहेको जानकारीमा आएको छ । तमु समाज ओमानले केहि समय अघि अपिल प्रकाशित गरि कार्यक्रम बारे जानकारी दिएको छ । बिषेशत तमु भेषभुषा भाषा संस्कृतिको जर्गेना गर्ने उदेश्यले यो कार्यक्रम आयोजना गर्न लागिएको जानकारी पनि अपिलमा रहेको छ ।

ल्होसार कार्यक्रमलाई बिषेश बनाउन नोपलका ख्याती प्राप्त कलाकारहरु : हास्य कलाकार तक्मे बुडा (विल्सन बिक्रम राई), लोक दोहोरी गायक/गायीका राजु गुरुङ्ग तथा भिमु गुरुङ्ग र मोडल तथा नृत्यकार लक्ष्मी गुरुङ्ग आमन्त्रित गरिएको समाजले बिभिन्न सामाजिक संञ्जाल मार्फत जानकारी दिएको छ ।  ।

मस्कट, ०९ डिसेम्वर २०१६, सम्वाददाता 

,