एन आर एन ए ओमानको परोपकारी काम : ढोर बाराही दिदी बहिनी समिती लाई सहयोग
मस्कट , ओमान ।
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद ओमानले कास्की जिल्लाको पोखरा बैदामस्थित ढोरबाराही दिदीबहिनी समितिलाई रु ७५ हजार मुल्य बराबरको सिलाई बुनाईका ५ मेसिन हस्तान्तरण गरेको छ ।
एनआरएनएको बिधानअनुसार एक एनसिसि एक परोपकारी कार्य अन्तर्गत उक्त सहयोग प्रदान गरिएको एनआरएनए ओमानले जनाएको छ । वैदेशिक रोजगारीका क्रममा न्युन आय भएका व्यक्तिहरुको परिवारलाई लक्षित गरि उक्त परिवारका बेरोजगार महिला बर्गहरुलाई सिलाई बुनाईको तालिम दिएर आत्मनिर्भर बनाउने तथा उनिहरुद्वारा उत्पादित सामाग्रीहरुलाई बजारिकरण समेत गरिदिने ढोरबाराही दिदीबहिनी समितिको प्रस्तावलाई ठोसरुप दिन संघले सहयोग गरेको जानकारी दिएको छ ।
संघका आईसिसि सदस्य मुक्तिनाथ बरालले एक समारोहकाबीच उक्त रकम बराबरको मेसिन हस्तान्तरण गरेका हुन । सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै आईसिसि सदस्य बरालले एनआरएनएले विदेशीएका नेपालीहरुबीच स्वदेशको माया जगाउने कार्य गर्दै मातृभूमिलाई दुःख परेको बेला मल्हमपट्टि लगाउने, नया पिढीमा लोप हुँदै गएको भाषा संस्कृतीको जगेर्ना गर्ने, वैदेशिक रोजगारमा रहेका नेपालीहरुको समस्या समाधानमा पहल गर्ने लगायतका कार्य गर्दै आइरहेको बताए ।
यसका साथै एनआरएनएले अहिलेसम्म गरेका सामाजिक कार्यहरुको उल्लेख गर्दै आइसिसि सदस्य बरालले एनआरएनए जस्तै बिशिष्ट समाजसेवाको उद्देश्यका साथ स्थापित ढोरबाराही दिदीबहिनी समितिलाई सहयोग गर्न पाउदा एनआरएन ए ओमान आभारि रहेको बताउदै समितिलाई उद्देश्य प्राप्तिको लागि शुभकामना समेत प्रदान गरेका थिए । कार्यक्रममा स्थानिय वडाका पदाधीकारीहरु तथा स्थानीयवासीको उल्लेख्य उपस्थिती रहेको थियो ।
सम्बाददाता ।
प्रकाशित मिती : १९ फेब्रुअरी २०१७