नेपाली महिला समुह ओमानद्धारा अन्तर्राष्ट्रिय महिला दिवश कार्यक्रम सप्पन्न ।



१०७औ अन्तराष्ट्रिय महिला दिवशको उपलक्ष्यमा नेपाली महिला समुह ओमानद्धारा अन्तरक्रिया तथा जनजागरण कार्यक्रम सम्पन्न गरेको छ । गैर आवासीय नेपाली संघको सहयोगमा आयोजित कार्यक्रममा नेपाली राजदुतावास ओमानकी नियोग प्रमुख रोजिना ताम्राकार प्रमुख अतिथि तथा बिषेश अतिथिमा सपना गुरुङ्ग हुनुहुन्थ्यो साथै ओमानमा रहेका अन्य संघ संस्था तथा समाजसेवी व्यक्तित्वहरु अतिथिको रुपमा रहनु भएको थियो । अलमाहा इन्टरनेशनल होटलमा आयोजित कार्यक्रममा बिभिन्न वक्ताहरुले बोल्नुभएको थियो । बिषेश रुपमा बैदेशिक रोजगारमा रहेका महिलाहरुको समस्या र समाधान उपायका बारेमा कार्यक्रममा छलफल भएको थियो ।


महिलाका समस्या समाधान गर्न पहिले त महिला आँफै जागरुक हुनुपर्ने र खाडी मुलुकमा पनि व्यवसायी मार्फत नभई सरकारद्धारा नै बैदेशिक रोजगारमा पठाउन सके बैदेशिक रोजगारमा समस्या धेरै हद सम्म समाधान हुने वक्ताहरुले बताएका थिए । एन.आर.एन. मध्यपूर्व संयोजक डि.बि क्षेत्री ज्युले सिप भएका वा नभएकले सिकेर पनि बिदेशमा होस् वा स्वदेशमा महिलाहरुले खाली समयको आयमुलक काम गरि सदुपयोग गर्नु पर्ने बताउनु भयो । दुतावास प्रमुख ज्यूको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम पनि गरिएको थियो जसमा उपस्थित जनमानस समक्ष आएका पिडितहरुको समस्याहरु, त्यस्तै घरेलु कामदारको स्पोन्सरले राख्नुपर्ने धरौटी रकम रि.ओ ४००.०० को व्यवस्था हटाईनु पर्ने जस्ता प्रश्न आएका थिय । समस्या समाधानका लागि पिडित स्वंयलाई दुतावासमा सम्पर्क गर्न सुझाउँदै नियोग प्रमुख ज्यूले रि..ओ ४००.०० धरौटी घरेलु कामदारको स्पोन्सरले राख्नपर्ने भएपनी सवै स्पोन्सरहरु धरौटी राख्न इच्छुक नभएको खण्डमा जागिर बचाउन पनि कामदार आफैले धरौटी राख्ने गरेको पाईएको बताउँदै नियोग प्रमुख ज्यूले यो बारेमा घरेलु कामदार निर्देशिका २०७२ मा हटाउने व्यवस्था भइसकेको र निर्देशिका संशोधन सहित बैशाख २०७४ देखि सम्भवत लागु हुने बताउनु भयो ।

 कार्यक्रममा छोरीको जन्म र छोरीले पनि छोरा जस्तै कार्यहरु गर्न सक्छे भन्ने उदाहरण दिदै नाटक प्रस्तुत गरिएको थियो । यसका साथै महिला सशक्तिकरण र समानताका बिषयमा केहि गजलकार हरुले गजल सुनाउनु भएको थियो । बिभिन्न संघ संस्थाको प्रतिनिधित्व गर्दै कलाकारहरुले कार्यक्रममा आफ्नो प्रस्तुती देखाएका थिए । कार्यक्रममा बिभिन्न व्यक्ति तथा संघ संस्थाहरुले स्पोन्सर गरि सहयोग गरेका थिए ।



पि.बि श्रेष्ठ/मस्कट, ओमान/११ मार्च २०१७

,