ओमानमा नयाँ बर्ष २०७४ स्वागत कार्यक्रम हुने ।
मिती : ३१ मार्च २०१७
मस्कट, ओमान
नयाँ बर्ष २०७४ लाई स्वागत गर्दै ओमाअनको मस्कटमा एन आर एन द्वारा एक सास्कृतिक कार्यक्रम हुने भएको छ । १४ अप्रिल २०१७ शुक्रबारका दिन मस्कट स्थित क्रिस्तल होटलको हलमा हुने उक्त कार्यक्रममा नेपाल बाट चर्चित गायक तथा पहिलो नेपाली तारा दिपक लिम्बु र चलचित्र लोफर बाट अभिनय यात्राा शुरु गरी परदेधी जस्तो सुपरहिट चलचित्र लगायत आधा दर्जन भन्दा बढी नेपाली सिनेमामा अभिनय गरी सक्नु भएका चर्चित नायिका रजनि के सि को समेत संगीतिक र सास्कृतिक प्रस्तुती रहने छ ।
संस्थाका अध्यक्ष दीपक श्रेष्ठका अनुसार यो कार्यक्रमको मुख्य उद्देश्य भनेको नेपाली नयाँ बर्षलाई स्वागत गर्दै नेपालको धार्मिक तथा मौलिक चाडपर्वहरुलाई बिदेशमा बस्ने नेपालीहरुमाझ अझै प्रबर्धन गर्दै लैजाने हो । त्यस्तै यस् कार्यक्रमबाट नाफा भएको रकम एन आर एन ए ओमानको राहत तथा उद्वार कोषमा रहने जानकारी उक्त कारयक्रमका सम्योजक क्याप्टेन सेवन्त पुर्जा पुनले दिनु भएको छ साथै यस प्रकारका कार्यक्रमहरु आगामी दिन हरुमा पनि गर्दै जाने जानकारी दिनु भयो ।
सम्बाददाता ।