सगरमाथा समुह ओमानद्धारा फुटवल प्रतियोगिता सम्पन्न ।

एकदिने फुटवल प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुखअतिथि तथा गैरआवासीय नेपाली संघ ओमानकाअध्यक्ष दिपक श्रेष्ठ ज्यूले गर्नु भएको थियो । बिहान १० बजेबाट सुरु भएको प्रतियोगितामा सगरमाथा समुह बी र मगर संघ ओमान बिच खेल भएको थियो जसमा मगर संघ ओमान बिजयी भएको थियो । त्यस्तै दोश्रो खेल एन.आर.एन.ए ओमान र तमू समाज ओमान बिच भएको थियो जसमा तमु समाज ओमान बिजयी भएको थियो । पहिलो चरणको तेश्रो खेल समगरमा समुह ए र नेपाली जनप्रगतिशिल ओमान बिच भएको थियो जसमा जन नेपाली प्रगतिशिलमञ्च ओमानबिजयी भएको थियो । बिजयी ३ टिमहरु मध्येमा नेपाली जनप्रगतिशिलमञ्च गोला प्रथा द्धारा सिधै फाईनलमा प्रवेश गरेको थियो भने सेमिफाइनलमा तमु समाजओमान र मगर संघ ओमान प्रतिश्प्रधा गरेका थिय । निर्धारित तथा थप समयमा पनि कुनै पनि
पक्षबाट गोल हुन नसके पछि खेलको निर्णय ट्राईब्रेकर (पेनाल्टी) मार्फत गरिएको थियो जसमा तमु समाज ओमान बिजयी भएको थियो । त्यस्तै फाईनल खेल पनि तमु समाजओमान र नेपाली जन प्रगतिशिलमञ्च ओमान बिच निकै प्रतिश्प्रधात्मक रुपमा भएको थियो । निर्धारित तथा थप समयमा पनि कुनै पनि पक्षबाट गोल हुन नसके पछि खेलको निर्णय ट्राईब्रेकर (पेनाल्टी) मार्फत गरिएको थियो । चौथो चरणको पेनाल्टी सुटमा तमु समाजओमान प्रतियोगितको बिजयी वन्न सफल भएको थियो ।
प्रतियोगितामा प्रथम तथा द्धितिय टिमलाई नगद, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो । त्यस्तै प्रतियोगिता अवधीभर खेल अनुशाशन पुर्वक खेलेको टिम मगर समाज ओमानलाई अनुशाशित टिमको उपाधी प्रदान गरिएको थियो । प्रतियोगिताअवधिभर सर्बाधिक गोल गर्ने खेलाडी तमु समाजओमानका गणेश मल्ललाई सर्बाधिक गोलकर्ताको उपाधी स्वरुप शिल, मेडल तथा प्रमाण पत्र प्रदान गरिएको थियो । त्यस्तै प्रतियोगिता भर उत्कृट खेल प्रर्दशन गरेकोमा नेपाली जनप्रगतिशिल मञ्चओमानका खेलाडि पदम गिरि लाई उत्कृष्ट खेलडिको उपाधी सहित शिल, मेडल तथा प्रमाणपत्र प्रदानगरि सम्मान गरिएको थियो ।
पि.बि श्रेष्ठ, मस्कट, ओमान १९ नोभेम्वर २०१६