साङ्गितिक क्षेत्रमा नयाँ अनुहार ।


“गुराँसै फुल्यौ लेकैमा हेर त्यो पाखा ढाकेर” भन्ने गित गाउँदै गायकको परिचय स्थापना गर्न सफल बहुप्रतिभाशाली बिनोद श्रेष्ठ गित संगितको क्षेत्रमा नयाँ नाम हुन् । इलामका बिनोद श्रेष्ठलाई यस अघि खेलाडि तथा संञ्चारकर्मीको रुपमा चिनिन्थ्यो । श्रेष्ठ फुर्सदको समयमा गित लेखनमा व्यस्त हुने गर्छन । गुराँसै फुल्यो लेकैमा गित पनि श्रेष्ठले नै लेखेका हुन् । यस गितमा श्रेष्ठ सगैं श्रेयषी चेम्जोङ्गको स्वर पनि सुन्न सकिन्छ भने संगित तारा लक्सम लिम्वुले गर्नु भएको छ ।

गित संगितमा बिषेश रुचि राख्ने श्रेष्ठले यस क्षेत्र संग आफ्नो नाम जोड्न सकेकोमा दङ्ग छन् । श्रेष्ठ भन्छन् संगित मेरो रुचिको बिषय हो, पहिलो प्रयासबाटै सबैको प्रेरणा र हौसला पाईरहेको छु, मेरो शुभचिन्तक, दर्शक श्रोताहरुलाई निराश बनाउने छैन र अझै अगाडि बढेर नेपाली संगीतलाई योगदान पुर्याउने बताउछन ।

गायक बिनोद श्रेष्ठको गितको लिन्क : https://www.youtube.com/watch?v=SFhQR9Rbpr8&index=38&list=PLB-k7gYeVgCZD1DvLDncfGkU7U9z4QPiJ&app=desktop

,