दुर्घटनामा बाँच्न सफल टुदुलाई एन आर एन ए ओमान आर सि सि सललहको सहयोग ।
विगत ६ बर्ष देखी बैदेशिक जोगारीको क्रममा ओमानको सललहमा घरेलु कामदारको रुपमा कार्यरत झापा कनकाई नगरपालिका कालीमुडाकी २५ बर्षिया मनिता टुडु आफैले काम गर्ने घरमा कामगर्दै गर्दा अचानक चारै तिरवाट भिषण आगलागी हुनथालेपछी बाच्नको लागी भाग्ने क्रममा तिन तल्लाबाट जमिनमा हाम्फालेर घाईते भएर बाच्न सफल भएकी थिइन । उ्रक्त दुर्घटनाले गर्दा शारिरिक चोट पटकका कारण सिकिस्त बन्न पुगेकी टुडुलाई नेपालीहरुको शाझा संस्था एन आर एन क्षेत्रिय समन्वय परिषद सललहले आवश्यक रकम जुटाई उसको स्पोन्सर संग समन्वय गरि उपचार गराएको थियो । शारिरिक अवस्थामा सुधार आएपछि हाल १ महिना देखि उनि नेपाल स्थित आफ्नै घर कालीमुडामा स्वाथ्य लाभ लिई रहेकी छिन् ।
उहाँलाई अझै आर्थिक सहयोगको आवश्यक रहेको महशुष गरि टुडुलाई आईतबार एन आर एन ओमनका केन्द्रिय सदस्य टिका धिताल, एनआर एन आर सिसि सललाका संयोजक टिका दाहाल र कन्काई नगर क्षेत्रका सामाजिक व्यक्तित्व प्रेम कटुवालले उनको घरमा पुगी हालको अवस्था बुझदै सहयोग स्वरुप नगद ३० हजार हस्तान्तरण गरेका छन् ।
सम्वाददाता
मिति २३ नोभेम्वर २०१६