
“गुराँसै फुल्यौ लेकैमा हेर त्यो पाखा ढाकेर” भन्ने गित गाउँदै गायकको परिचय स्थापना गर्न सफल बहुप्रतिभाशाली बिनोद श्रेष्ठ गित संगितको क्षेत्रमा नयाँ नाम हुन् । इलामका बिनोद श्रेष्ठलाई यस अघि खेलाडि तथा संञ्चारकर्मीको रुपमा चिनिन्थ्यो । श्रेष्ठ फुर्सदको समयमा गित लेखनमा व्यस्त हुने गर्छन । गुराँसै फुल्यो लेकैमा गित पनि श्रेष्ठले नै लेखेका हुन् । यस गितमा श्रेष्ठ सगैं श्रेयषी चेम्जोङ्गको स्वर पनि सुन्न सकिन्छ भने संगित तारा लक्सम लिम्वुले गर्नु भएको छ ।
गित संगितमा बिषेश रुचि राख्ने श्रेष्ठले यस क्षेत्र संग आफ्नो नाम जोड्न सकेकोमा दङ्ग छन् । श्रेष्ठ भन्छन् संगित मेरो रुचिको बिषय हो, पहिलो प्रयासबाटै सबैको प्रेरणा र हौसला पाईरहेको छु, मेरो शुभचिन्तक, दर्शक श्रोताहरुलाई निराश बनाउने छैन र अझै अगाडि बढेर नेपाली संगीतलाई योगदान पुर्याउने बताउछन ।
गायक बिनोद श्रेष्ठको गितको लिन्क : https://www.youtube.com/watch?v=SFhQR9Rbpr8&index=38&list=PLB-k7gYeVgCZD1DvLDncfGkU7U9z4QPiJ&app=desktop
काठमाडौं । नेपाली लोक संगीतमा छुट्टै पहिचान बनाएकी गायिका विष्णु माझीको नयाँ गीत ‘नमेटिने तिम्रो नाम’को म्यूजिक भिडियो तयार भएको छ । बगिना डिजिटलले बजार ल्याएको भिडियोको निर्देशन सहदेव कोइरालाले गरेको हुन् । यसै भिडियो मार्फत सहदेवले निदेृशनमा डेब्यु गरेका छन् ।
गीतमा गायिका माझीलाई राजजी खाँडले साथ दिएका छन् । सहदेव कोइरालको शब्द र कस्तुप पन्तको संगीत रहेको गीतको भिडियो विष्णु बरालले खिचेका हुन् ।
एक दर्जनभन्दा बढी म्यूजिक भिडियोमा आफ्नो अभियन क्षमता देखाइसकेकी सिर्जना बस्नेत र सुमन परियाले अभिनय गरेको भिडियोको सम्पादन पवन सिंखडाले गरेको हुन् । सिर्जना र सुमनको अभिनीय प्रसंशनीय रहेको निर्देशक अधिकारीले जनाएका छन् ।
काठमाडौं । आठ वर्षदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायिका छिन्, सिर्जु अधिकारी । भर्खरै मिलन लामासँग मिनेर ‘मायालाई जिन्दावाद’ नामक लोकदोहोरी एल्बम बजारमा ल्याएकी सिर्जुका ‘गाउँले जीवन बेस’, दैव हे दैव’, ‘मायामा हाला उजुरी’, र ‘मेरो मखमली जोवन’ गरी चार लोकदोहोरी एल्बम यसअभि नै बजारमा आइसकेका छन् । दाङ तलुसीपुरकी सिर्जु गायन सँगै मोडलिङ र अभिनयमा पनि उत्तिकै सक्रिय छिन् ।
२ दर्जन मोडलिङ गरिसकेकी सिर्जु भन्छिन्, ‘दर्शकले मोडलका रुपमा बढी चिन्नुहुन्छ’ उनी भन्छिन्, ‘तर म मोडलिङ र अभिनयभन्दा पनि गायिकाकै रुपमा आफूलाई चिनाउँछु ।’ त्यसैले गायनलाई बढी प्राथमिकता दिएको उनी बताउँछिन् ।
राज र देव देवकी नामक फिल्ममा समेत अभिनय गरेकी सिर्जु घरपरिवारको सहयोग भएकाले यो क्षेत्रमा लाग्न सहज भएको बताउँछिन् । व्यवसायिक रुपमा यो क्षेत्र त्यति सहज नभएपनि मेहनत गरे सफल हुने उनको धारणा छ ।
२ दर्जन मोडलिङ गरिसकेकी सिर्जु भन्छिन्, ‘दर्शकले मोडलका रुपमा बढी चिन्नुहुन्छ’ उनी भन्छिन्, ‘तर म मोडलिङ र अभिनयभन्दा पनि गायिकाकै रुपमा आफूलाई चिनाउँछु ।’ त्यसैले गायनलाई बढी प्राथमिकता दिएको उनी बताउँछिन् ।
राज र देव देवकी नामक फिल्ममा समेत अभिनय गरेकी सिर्जु घरपरिवारको सहयोग भएकाले यो क्षेत्रमा लाग्न सहज भएको बताउँछिन् । व्यवसायिक रुपमा यो क्षेत्र त्यति सहज नभएपनि मेहनत गरे सफल हुने उनको धारणा छ ।
काठमाडौं । पत्रकार उमेश चौहान नेपाली कथानक चलचित्र ‘पिक्चर’ लिएर दर्शक माझा आएका छन् । मिर्गौला तस्करीको ‘रियल पिक्चर’लाई ‘रिल’मा उतारेर उनले चलचित्र ‘पिक्चर’ बनाएका हुन् । बिहीबार चलचित्र पिक्चरको अफिसियल ट्रेलरको ‘वल्र्ड पि्रमियर’ गरियो ।
सुखको आशमा आफ्नै मिर्गौला बेचेर बेहाल भएका युवाहरूको कथा हो- पिक्चर । काठमाडौंबाट जम्मा ६० किलोमिटर टाढा काभ्रेका विभिन्न गाउँका सोझासिधा युवालाई आर्थिक प्रलोभनमा पारेर भारतका विभिन्न सहरमा लगिन्छ, मिर्गौला झिकेपछि उल्टै कुटपिट गरेर धपाइन्छ । त्यही कथा चलचित्रले फलो गरेको छ ।
एक वर्षको अनुसन्धान र एक वर्षको छायाङ्कनपछि तयार हुन लागेको चलचित्र पिक्चर ‘नन स्किप्टेड’ फिल्म हो । ‘हामीले चलत्रिको टाइटल मात्रै लेखेका हौँ, अरू सबै पीडितले भनेका कथा हुन् । पीडितका कथामा हाम्रा कलाकारले अभिनय गरेका छन्,’ निर्देशक चौहानले भने, ‘यो हामीले गरेको सुन्दर परिकल्पना होइन, समाजको भयानक वास्तविकता हो ।’
चलचित्र पिक्चर प्रवीण बुढाथोकी र कपिल बुढाथोकीले निर्माण गरेका हुन् । चलचित्र नेपालका पहाडी गाउँदेखि काठमाडौं तथा भारतको गोरखपुरदेखि चेन्नई र सिलगुढीलगायतका सहरसम्म छायाङ्कन गरिएको छ ।
पिक्चरमा विक्रमादित्य शाह, चन्द्र नेपाली, आइशा ठकुरी, उमेश मायालु, रश्मी भट्ट, जीत राघव, आरजेश रेग्मी, दिनेश काफ्ले, अभिनयलगायतले अभिनय गरेका छन् । विनोद विष्टले छायाङकन गरेका छन् भने जेशन कुँवर र सुजिल कर्माचार्यको संगती छ । चौहानले यसअघि इराकमा मारिएका १२ नेपाली दाजुभाइको कथामा ‘गि्रन ब्लड’ डकुमेन्ट्री बनाएका थिए ।
सुखको आशमा आफ्नै मिर्गौला बेचेर बेहाल भएका युवाहरूको कथा हो- पिक्चर । काठमाडौंबाट जम्मा ६० किलोमिटर टाढा काभ्रेका विभिन्न गाउँका सोझासिधा युवालाई आर्थिक प्रलोभनमा पारेर भारतका विभिन्न सहरमा लगिन्छ, मिर्गौला झिकेपछि उल्टै कुटपिट गरेर धपाइन्छ । त्यही कथा चलचित्रले फलो गरेको छ ।
एक वर्षको अनुसन्धान र एक वर्षको छायाङ्कनपछि तयार हुन लागेको चलचित्र पिक्चर ‘नन स्किप्टेड’ फिल्म हो । ‘हामीले चलत्रिको टाइटल मात्रै लेखेका हौँ, अरू सबै पीडितले भनेका कथा हुन् । पीडितका कथामा हाम्रा कलाकारले अभिनय गरेका छन्,’ निर्देशक चौहानले भने, ‘यो हामीले गरेको सुन्दर परिकल्पना होइन, समाजको भयानक वास्तविकता हो ।’
चलचित्र पिक्चर प्रवीण बुढाथोकी र कपिल बुढाथोकीले निर्माण गरेका हुन् । चलचित्र नेपालका पहाडी गाउँदेखि काठमाडौं तथा भारतको गोरखपुरदेखि चेन्नई र सिलगुढीलगायतका सहरसम्म छायाङ्कन गरिएको छ ।
पिक्चरमा विक्रमादित्य शाह, चन्द्र नेपाली, आइशा ठकुरी, उमेश मायालु, रश्मी भट्ट, जीत राघव, आरजेश रेग्मी, दिनेश काफ्ले, अभिनयलगायतले अभिनय गरेका छन् । विनोद विष्टले छायाङकन गरेका छन् भने जेशन कुँवर र सुजिल कर्माचार्यको संगती छ । चौहानले यसअघि इराकमा मारिएका १२ नेपाली दाजुभाइको कथामा ‘गि्रन ब्लड’ डकुमेन्ट्री बनाएका थिए ।
यसपाली तिजमा त चिट्टिकै पर्नु छ
दस हजार देउ सानु म सपिङ गर्नु छ
कहिले दिन आउला र रुख रोपेर पैसा फलाउने
आफु त अलि खर्चलु मान्छे मेरो त मायाले काठमाडौंमा ट्याक्सी चलाउने
'मेरो त मायाले काठमाडौंमा ट्याक्सी चलाउने' शीर्षकको यो गीतमा स्वर भरेकी छिन् लोकदोहोरी गायिका रमिला न्यौपानेले । खुमन अधिकारीसँगको यो दोहोरी गीतले उनी यसपटकको तिजमा पनि श्रोतादर्शकको मनमा बस्न सफल भइन् । आज त भेट्न आउदिन है कालु, अर्शीवाद माग्छु, बर्बादै भयो, झमझम दर्कियो पानी, घाम लाग्यो शीतलु भयो जस्ता गीतबाट चर्चामा आएकी उनी सिन्धुपाल्चोक बाँडेगाउँकी हुन् ।
आठ वर्षयता लोकदोहोरी क्षेत्रमा चम्किन थालेकी उनले ५० भन्दा बढी दोहोरी गीतमा स्वर भरिसकेकी छिन् । पूर्वेली समाजमा जन्मेहुर्केकी रमिला पश्चिमेली दोहोरी गीतमा चम्किन पाउँदा खुसी पनि छिन् । अथक प्रयास र संघर्षले आफु अहिलेको स्थानमा उक्लिन सकेको उनले सुनाइन् । उनै गायिका रमिला न्यौपानेसँगको कुराकानी :
काठमाडौंमा ट्याक्सी चलाउने कस्तो खालको गीत हो ?
यो अहिलेको समय, चलन र थिम प्रयोग गरेर बाबुराम बोहराले लेख्नुभएको गीत हो । खुमन अधिकारी र मैले स्वर मात्र भरेको ।
यसरी गीतमै दस हजार डिमान्ड गरेपछि श्रीमानहरुलाई त गाह्रो हुन्छ होला नि ?
अहिलेको समयमा दसहजारको के आउँछ र ? खास डिमान्ड त धेरै गर्नुपर्ने हो । तर, दुःख गर्ने श्रीमानहरुको अवस्था हेरेर पैसा मागौ भन्ने हिसाबले दस हजार डिमान्ड गरिएको छ ।
तिज गीतहरुमा एकदमै छाउनुभएको छ, कस्तो लाग्छ तपाईंलाई ?
लोकदोहोरीमा अरु गीत पनि गाएकी छु । तर, मलाई तिज गीतले नै चिनायो । 'आज त भेट्न आउदिन है कालु' बोलको गीत चर्चामा आयो । खुसी लाग्छ यसरी चर्चामा बसिरहन मन लाग्छ ।
तिजमा भड्किलो गीतहरु आउन थाले भन्छन् नि तपाई के भन्नुहुन्छ ?
राम्रा चीजसँगै नराम्रा चीजहरु पनि आउँछन् । गायकगायिकाले म को हुँ, मैले समाजलाई के दिनुपर्छ भन्ने सोच्नुपर्छ । आफुले दिने संगीत दिगो हुनुपर्छ ।
तिज कसरी मनाउँदै हुनुहुन्छ ?
तिजको पूर्वसन्ध्यामा भारत गएकी थिएँ । त्यसपछि नेपालमै विभिन्न जिल्लाहरुको कार्यक्रममा पुगिसकें । पुग्ने क्रम जारी छ । तिजकै दिनमा चाँहि पोखरा हुन्छु । परम्परादेखि चलिआएको नियम मान्ने हो भने व्रत बसेर, दर खाएर शिवजीको मन्दिरमा गएर पूजा गर्नुपर्ने हो । तर, कार्यक्रममा गइरहनु पर्ने भएकोले व्रत बस्ने फूसद् नै मिल्दैन । त्यसैले दर मात्र खाएर भएपनि तिज मनाइन्छ ।
तिजमा व्यस्त हुनुहुन्छ, अरु बेला पनि यस्तै दौडधुप हुन्छ ?
मेरा तिज गीतबाहेक अरु गीत पनि छन् । ती गीतहरु प्रस्तुतिकै लागि देशविदेशमा पुगिरहनुपर्छ । त्यसैले अहिलेसम्म अरु बेला पनि व्यस्त नै छु । जापान, दुबइ, रसिया, कतार, बहराइन, मलेसिया, सिंगापुर, थाइल्यान्ड पुगिसकें । नेपालका अधिकांश सहरहरुमा पनि पुगिसकें । आफ्नो पेसा नै यही भएकोले व्यस्त नै छु ।
लोकदोहोरी यात्रा कहिलेबाट थाल्नुभयो ?
८–९ वर्ष भइसक्यो । बाहुनको परिवारमा जन्मेकी हुनाले यो क्षेत्रमा आउन निकै गाह्रो पनि भयो । पाँच वर्षअघि एल्बम निकालें । दुःख गरी यो क्षेत्रमा लागेकोले होला पहिलो एल्बम नै राम्रो भयो । र, अहिलेसम्म यही क्षेत्रमा टिक्न सकेकी छु ।
के अप्ठेरो थियो तपाईंलाई ?
सानैदेखि लोकदोहोरीमा रुचि थियो । तर, हाम्रो तिर यस्तो लोकदोहोरी कठिन विधामा पथ्र्यो । काँठे गीतहरुमात्र गाइन्थ्यो । लोक दोहोरीमा रुचि भएकोले यस क्षेत्रमा लाग्न संघर्ष गर्नुप¥यो । सिक्नुप¥यो । दोहोरीमा काम गर्नुप¥यो । यो हाम्रो परिवारका सदस्यका लागि छुट थिएन । थाह नदिइनदिइ काम गरियो । गीत रेकर्ड गरियो । गीत रेकर्ड गरेर गाउँ जाँदा अरुले थाह पाउलन् भनेर आमाले लुकाउनुभएको थियो ।
अहिले कस्तो छ परिवारसँगको सम्बन्ध ?
छोरी गीतकै माध्यमबाट देशविदेश घुम्न थालेपछि बाआमा खुसी हुनुभयो । कुरा काट्नेहरुका मुख पनि थुनिए । अहिले राम्रो भएको छ । राम्रो काम रहेछ भन्नुहुन्छ । etimesnews.com
काठमाडौं/ नेपाल चलचित्र कलाकार संघको २३ भदौमा हुने भनिएको निर्वाचन स्थगित भएको छ । गैरकलाकारलाई सदस्य बनाइएको भन्दै संघका सदस्य तथा महासचिव पदका उम्मेदवार सञ्जय खतिवडाले जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा उजुरी दिएपछि प्रशासनले अधिवेशन अनिश्चित कालका लागि स्थगित गर्न आदेश दिएको हो ।
संघका अध्यक्ष नवल खड्काले सिडिओ कार्यालयले कलाकर्मीलाई बोलाएर छलफल गरेर सो आदेश दिएको बताए । संघले गैरसदस्यताबारे छानबिन गर्न अभिनेत्री वसुन्धरा भुसालको संयोजकत्वमा मोहन निरौला र कृष्ण मल्ल सदस्य रहेको विशेष समिति गठन गरेको छ ।
काठमाडौं । दुई वर्षदेखि मोडलिङ क्षेत्रमा सक्रिय निरुता क्षेत्रीले तीज गीत बजारमा ल्याएकी छिन् । हिन्दी तथा भोजपुरी फिल्ममा आइटम डान्सका रुपमा चर्चित निरुताले हिन्दू नारीहरुको महान पर्व तिजको अवसरमा ‘मलाई पनि सिकाइदेऊन् पार्वती’ नामक गीत ल्याएकी हुन् ।
दुई साताअघि रिलिज भएको निरुताको तीज गीत अहिले चर्चामा छ । शिव विकले निर्देशन गरेको ‘मलाई पनि सिकाईदेउन् पार्वती’ बोलको गीतमा निरुताले नै नृत्य गरेकी छिन् । गीतमा रमेश बिजीको शब्द र बि बि अनुरागीको संगीत रहेको छ ।
दुई साताअघि रिलिज भएको निरुताको तीज गीत अहिले चर्चामा छ । शिव विकले निर्देशन गरेको ‘मलाई पनि सिकाईदेउन् पार्वती’ बोलको गीतमा निरुताले नै नृत्य गरेकी छिन् । गीतमा रमेश बिजीको शब्द र बि बि अनुरागीको संगीत रहेको छ ।
पहिलो गीतले नै राम्रो चर्चा पाएपछि निरुता उत्साहित छिन् । अभिनयसँगै गायनमा लागेकी निरुता गायन र अभिनय दुवैलाई सँगै लैजाने योजनामा छिन् । ‘तीज गीतबाट राम्रो प्रतिक्रिया पाइरहेको छु’ उनी भन्छिन्, ‘पहिलो गीतले नै चर्चा पाएपछि, गायनमा लाग्ने थप हौसला मिलेको छ ।’
नाँच्न मनपराउने निरुता हट आइटम डान्सरका रुपमा परिचित छिन् । सफल हुन् संघर्ष आवश्यक रहेको उनको तर्क छ । त्यसैले आफू कडा संघर्ष गरिरहेको उनी बताउँछिन् ।
नाँच्न मनपराउने निरुता हट आइटम डान्सरका रुपमा परिचित छिन् । सफल हुन् संघर्ष आवश्यक रहेको उनको तर्क छ । त्यसैले आफू कडा संघर्ष गरिरहेको उनी बताउँछिन् ।
काठमाडौं/ मिस मंगोल नेपाल २०१५ को धरान अडिसनबाट १० सुन्दरी छानिएका छन् । एक्सन इन्टरटेनमेन्टले पूर्वाञ्चलमा गरेको अडिसनमा विभिन्न जिल्लाका २७ युवतीले सहभागिता जनाएका थिए ।
केहीअघि राजधानीमा गरिएको अडिसनबाट भने २२ युवती छानिएको आयोजक संस्थाले जनाएको छ । धरानमा छानिएका प्रतियोगितामा सरुपा थापामगर, जेनिसा लिम्बू, आस्था राई, साङ्मु शेर्पा, सेवी श्रेष्ठ, अर्चना चौधरी, रुषा श्रेष्ठ, एलिना राई, सीमा राई, रानु लिम्बू, रक्षा राई, इक्सा मादेन र सोनु लिम्बू छन् ।
प्रतियोगितामा कम्तीमा एसएलसी पास १६ देखि २४ वर्ष उमेरका पाँच फिटभन्दा बढी उचाइका आदिवासी समुदायका अविवाहित युवतीले भाग लिन पाउने प्रावधान छ । सातौँ संस्करणको मिस मंगोलको फाइनल भने साउन ३० गते राजधानीमा गरिँदै छ ।
काठमाडौँ, १० साउन । काठमाडौँको बसपार्कमा छ तलले घरले थिचिएिका ऋषि खनालले आफ्नै पिसाब पिएर ६ दिनसम्म ज्यान बचाए । सशस्त्र प्रहरीले उनलाई उद्धार त गर्यो तर, एउटा खुट्टा गुमाए । नुवाकोटका उत्सना शर्माले आफ्नो सास थाम्न सकिनन् ।
पेम्बा तामाङलाई ६ दिनपछि सुरुङबाट जस्तै गरी निकालियो । हेटौँडाबाट यसैबर्ष ९ कक्षामा पढ्न आएकी प्रिया बिकले पनि एउटा खुट्टा गुमाइन् । खुट्टा गुमाएको दर्दले उनी आफ्नो आँशु रोक्न सकिनन् । प्रियाको आँसुले आमाको आँशु थाम्न सकेन । काठमाडौँ नयाँबसपार्कमै परेका दैलेखका रमेश खत्रीको दुइवटै खुट्टा छैनन् । उनका खुट्टा भूकम्पले नै खायो । उनी पनि त्यसरी नै रोए, आफ्नो भविश्व सोच्दै ।
बैशाख १२ गतेको त्यो त्रासदीपूर्ण दिन । चाहेर कस्ले बिर्सन सक्ला ? त्यही कहालीलाग्दो दिनमा बाँच्ने र बचाउनेहरुको कथामा समर्पित डकुमेन्ट्री ‘भाग्यले बाँचेकाहरु : मिराकल सर्भाभल इन नेपाल अर्थक्वेक’ ले शनिबार धेरैलाई गहभरि आँशु लिन बाध्य बनायो ।
गणेश पाण्डे निर्देशित यो डकुमेन्ट्री शनिबार १ बजे नेपाल पर्यटन बोर्डको हलमा सुरु भइरहँदा धेरैको आँखा ओभानो रहन दिएन । यतिसम्मकी राष्ट्र«कवि माधवप्रसाद घिमिरेसमेत पटक–पटक भक्कानिए ।
डकुमेन्ट्री हेरेपछि काँपेको स्वरमा राष्ट्रकवि घिमिरेले भने, ‘मेरो त मनदेखिनै भक्कानो फुटेर आयो, यो पीडाले जो कोहीको पनि आँशु खस्छ ।’ राष्ट्रकवि घिमिरेले यस डकुमेन्ट्रीलाई दुर्लभ सम्पत्तिको संज्ञा दिँदै थपे, ‘ती दृष्यले मन निकै बराल्लियो । अहिलेसम्म हामीले छायाँमात्र देखेका थिर्याँ, तर अहिले जीवन्त छायाँ हे¥यौँ, छोयौँ ।’
राष्ट्रकविको जस्तै हलमा उपस्थित कसैको पनि आँखा ओभानो थिएन । कोही डकुमेन्ट्रीका पात्रसँगै सुक्कसुक्क गर्दै थिए । कोहीको मुखबाट आश्चर्यको भावात्मक शव्द सुनिन्थ्यो । नसुनियोस पनि कसरी, त्यो पीडा थियो नै त्यस्तै ।
कांग्रेस नेता प्रकाशसरण महतले डकुमेन्ट्रीले अफुलाई भावुक बनाएको र, ति भूकम्पको कहालीलाग्दो दिनलाई फेरी एक पटक स्मरणमा ल्याइदिएको सुनाए ।
डकुमेन्ट्री हेर्न पुगेकी सभासद् मिरा ध्वजुले भूकम्पले मानिसहरुको चक्नाचुर पारेको सपनालाइ हेर्दै रोएको प्रतिक्रिया दिइन् । उनले भनिन्, ‘१९९० सालको भूकम्पवारे सुन्छौँ मात्र, तर देख्न सक्दैनौ । तर यो भिडियो इतिहास बनेर पुस्तौसम्म बाँच्नेछ । कति ठाउँमा डकुमेन्ट्री हेर्दै रोएँ । उनीहरुले खुट्टा गुमाएका छन् । अब कहिल्यै दौडन सक्दैनन् । तर, सास बचाएका छन् ।’
डकुमेन्ट्रीका पात्र रमेश खत्रीले डकुमेन्ट्री हेर्दै आफ्नो भविश्यलाई सम्झिए र धरधरती आँशु खसाले । भने, ‘म किन यस्तो भएँ । यस्तो हुन्छु भनेर कहिल्यै सोचेको थिइन ।’ उनका दुबै सग्ला खुट्टा अब इतिहास बनेका छन् ।
भूकम्प जाँदा ४ महिनाका सोनिस अवाल, जसलाई २२ घण्टापछि उद्धार गरियो । उनी पनि हातखुट्टा हल्लाउँदै आफूमाथि बनेको डकुमेन्ट्री« हेर्दै थिए । उनको आमा रश्मीला अवालले भनिन्, ‘डकुमेन्ट्री हेरेपछि कतिपय असम्भव कुरा पनि सम्भव हुँदो रहेछ भन्ने लाग्यो । म त खुशी थिएँ । तर, अरुको पीडाले आँखा रसायो ।’
नेपाल प्रहरीका पूर्व प्रमुख कुवेरसिंह रानाले पनि डकुमेन्ट्री हृदयविदारक भएको प्रतिक्रिया दिए । भाग्यले बाँच्ने शौभाग्य पाएकाहरुको कथा अत्यन्त मार्मिक भएको पनि उनले बताए । डकुमेन्ट्री हेर्न पुगेकी रमिला श्रेष्ठले डकुमेन्ट्रीको प्रशंसा गर्दै भनिन्– डकुमेन्ट्रीको व्याख गर्ने मसँग कुनै शब्द नै छैन् ।
डकुमेन्ट्रीका पात्र पेम्वा तामाङ, प्रिया बिक, रमेश खत्री, बविता सेढाईँले आफ्नो पीडा आफ्नै अगाडि हेर्दै थिए । अनि उसै गरी आँशु बगाउँदै थिए, जसरी त्यो पीडामा बगाएका थिए । उनीहरु आफ्नो पीडा देख्दा पनि भक्कानिन्थे, अनि अरुको पीडा हेर्दा पनि ।
डकुमेन्ट्रीका निर्देशक गणेश पाण्डेका अनुसार ५५ मिनेटको यो डकुमेन्ट्री छिट्टै देशका विभिन्न ठाउँ र विदेशमा पनि यो डकुमेन्ट्री प्रदर्शन गर्ने तयारी भइरहेको छ ।
५५ मिनेट लामो डकुमेन्ट्रीमा धराहरा ढल्दै गरेको प्रत्यक्ष भिडियोदेखि बैशाख १२ गतेको महाभूकम्पमा परेर बाँच्न सफल केही प्रतिनिधिमुलक पात्रका कथालाई समेटिएको छ । संचारकर्मी पाण्डेले निर्देशन गरेको डकुमेन्ट्रीको निर्माण शारदा गैरे, छायाँकन विनोद विष्ट, सम्पादन कुमार शाह, लेखन दीपक कोइराला र अंग्रेजी अनुवाद विकास बस्नेतले गरेका छन् । साइन मिडिया प्रालिद्वारा निर्मित डकुमेन्ट्रीमा जुगल डंगोलले संगीत भरेका छन् भने सम्राट मुभिजले पोष्ट प्रडक्सन गरेको छ ।
डकुमेन्ट्रीमा बैशाख १२ को विनाशकारी भूकम्पमा परेर पनि आश्चर्यजनक रुपमा नयाँ जीवन पाएका ७ जना नेपालीहरुको कथा छ ।
भूकम्प पीडितलाई पढाउने जिम्मा
कार्यक्रममा न्यायका लागि संघर्षशील सावित्री श्रेष्ठले भूकम्पबाट एउटा खुट्टा गुमाएकी प्रिया विकलाई एसएलसीसम्म पढ्नका लागि २० हजार रुपैंया सहयोग गरिन् ।
यसैगरी, लमजुङ चितीका राजेन्द्र सेढाइले भूकम्पमा दुवै खुट्टा गुमाएका दैलेखका रमेश खत्री, २२ घण्टापछि सकुशल उद्दार गरिएका भक्तपुरका चार महिने बालक सोनिस अवाल र काठमाडौँ मल अगाडि ट्राफिक प्रहरीलाई बचाउने हिरामाया नेपालीका अशक्त छोरालाई पढाउन १०–१० हजार रुपैयाँ सहयोग गरे ।
यसैगरी, दैलेखका सभासद् अमरबहादुर थापा र नेपाली सेनाका कर्नेल डा. आशबहादुर तामाङले डकुमेन्ट्रीका केही पात्रहरुलाई प्रत्यक्ष रुपमा १०–१० हजार रुपैंया सहयोग गरेका थिए ।
एक दशकदेखि कलाकारितामा सक्रिय भानु शर्मा कुशल अभिनेता बन्ने बताउँछन् । भानुले दुई दर्जनभन्दा बढी म्युजिक भिडियोमा मोडलिङ गरेका छन् । उनले अभिनय गरेका ५ म्यूजिक भिडियो रिलिजको तयारीमा छन् । इलाम, भेरेटार, इटहरीलगायतका ठाउँमा सुटिङ गरिएको म्यूजिक भिडियो दुई सातापछि रिलिज हुनेछन् ।
सुनिल पोखरेल, अनुप बराल र वीरेन्द्र हमालसँग अभिनयको औपचारिक कक्षा लिएका भानुले दर्जनभन्दा बढी सडक नाटक, आधा दर्जनभन्दा बढी स्टेज नाटकमा अभिनय गर्नुका साथै टेलिफिल्म हिजोआजका कुरा, समयको भेल र चलेको चलनमा पनि अभिनय गरेका छन् ।
राष्ट्रिय स्तरको रियालिटी शो ‘आँगन’ मा प्रथम भएपछि कला क्षेत्रमा लागेका भानुले विभिन्न स्टेज कार्यक्रमहरुमा आफ्नो कला प्रस्तुत गरिसकेका छन् । ‘निरन्तरको मेहनत र लगावले नै म अहिलेको अवस्थामा आइपुगेको हुँ’, भानु भन्छन्, ‘हरेक क्षेत्रमा मेहनत र साधना आवश्यक छ, त्यसैले कलाकारितामा भविष्य बनाउन मेहनत गरिहेको छु ।’
पारिवारिक अवस्थाका कारण करिब ७ वर्ष कतारमा बिताएका भानुले कतारमा रहँदा पनि कलाकारिता भने छाडेनन् । कतारमा पनि उनले केही म्युजिक भिडियो, सर्ट फिल्ममा अभिनय गरे । त्यहाँ हुने थुप्रै सांगीतिक कार्यक्रममा पनि भानुले सहभागिता जनाएका छन् । अब कतार बसाइ अन्त्य गरेर नेपाल फर्किएका भानु अब अभिनयमै लाग्ने बताउँछन् ।
छोटो समयमै मोडलिङ क्षेत्रमा आफूलाई परिचित गराएका भानुले राजेशपायल राई, दीपक लिम्बू, डम्बर नेपाली, प्रमोद खरेल, अन्जु पन्तलगायतका चर्चित गायक÷गायिकाको म्युजिक भिडियोमा मोडलिङ गरिसकेका छन् ।
अब मोडलिङलाई भन्दा अभिनयलाई बढी प्राथमिकता दिने सोचमा छन्, भानु । फिल्मको अफर आइरेको उनी बताउँछन् । ‘फिल्मको अफर आइरहेको छ, अब चाँडै फिल्ममा देख्नु पाउनु हुन्छ’ उनी भन्छन् । केकी अधिकारी, नन्दिता केसी, अनु शाह, रिमा विश्वकर्मा, गरिमा पन्तलगायतका चर्चिच नायिकासँग मोडलिङ गरेका भानु गीत रचनामा पनि सक्रिय छन् । केही समय अघि आफ्नै रचनाहरुको कलेक्सन एल्बम ‘मी एण्ड माइ लभ’ बजारमा ल्याए भानु आफ्नो शब्द र रोहन कार्कीको संगीतमा अर्को एल्बम निकाल्ने तयारीमा छन् ।
राष्ट्रिय स्तरको रियालिटी शो ‘आँगन’ मा प्रथम भएपछि कला क्षेत्रमा लागेका भानुले विभिन्न स्टेज कार्यक्रमहरुमा आफ्नो कला प्रस्तुत गरिसकेका छन् । ‘निरन्तरको मेहनत र लगावले नै म अहिलेको अवस्थामा आइपुगेको हुँ’, भानु भन्छन्, ‘हरेक क्षेत्रमा मेहनत र साधना आवश्यक छ, त्यसैले कलाकारितामा भविष्य बनाउन मेहनत गरिहेको छु ।’
पारिवारिक अवस्थाका कारण करिब ७ वर्ष कतारमा बिताएका भानुले कतारमा रहँदा पनि कलाकारिता भने छाडेनन् । कतारमा पनि उनले केही म्युजिक भिडियो, सर्ट फिल्ममा अभिनय गरे । त्यहाँ हुने थुप्रै सांगीतिक कार्यक्रममा पनि भानुले सहभागिता जनाएका छन् । अब कतार बसाइ अन्त्य गरेर नेपाल फर्किएका भानु अब अभिनयमै लाग्ने बताउँछन् ।
छोटो समयमै मोडलिङ क्षेत्रमा आफूलाई परिचित गराएका भानुले राजेशपायल राई, दीपक लिम्बू, डम्बर नेपाली, प्रमोद खरेल, अन्जु पन्तलगायतका चर्चित गायक÷गायिकाको म्युजिक भिडियोमा मोडलिङ गरिसकेका छन् ।
अब मोडलिङलाई भन्दा अभिनयलाई बढी प्राथमिकता दिने सोचमा छन्, भानु । फिल्मको अफर आइरेको उनी बताउँछन् । ‘फिल्मको अफर आइरहेको छ, अब चाँडै फिल्ममा देख्नु पाउनु हुन्छ’ उनी भन्छन् । केकी अधिकारी, नन्दिता केसी, अनु शाह, रिमा विश्वकर्मा, गरिमा पन्तलगायतका चर्चिच नायिकासँग मोडलिङ गरेका भानु गीत रचनामा पनि सक्रिय छन् । केही समय अघि आफ्नै रचनाहरुको कलेक्सन एल्बम ‘मी एण्ड माइ लभ’ बजारमा ल्याए भानु आफ्नो शब्द र रोहन कार्कीको संगीतमा अर्को एल्बम निकाल्ने तयारीमा छन् ।
काठमाडौं, ३ साउन । चलचित्र विकास बोर्डले आउँदो कात्तिक १ गतेदेखि फिल्म बक्सअफिस लागू गर्ने भएको छ। बोर्डको हालै सम्पन्न बैठकले पहिलो चरणमा कात्तिक १ देखि काठमाडौं, भक्तपुर र ललितपुरका फिल्म हलबाट बक्सअफिस लागू गर्ने निर्णय गरेको हो।
बक्स अफिस लागू भएपछि कुन फिल्मले कति कमाइ गर्यो भन्ने सजिलै थाहा हुनेछ। अहिले फिल्मको व्यापार बुझ्न वितरकको मौखिक तथ्यांकमा भर पर्नुपर्ने हुन्छ।
बोर्ड सदस्य सुरेशदर्पण पोखरेलले कात्तिक १ गतेदेखि नै काठमाडौं उपत्यकामा र दोस्रो चरणअन्तर्गत माघ १ गतेदेखि अन्य जिल्लाका हलमा बक्सअफिस लागू हुने जानकारी दिए।
यद्यपी, बोर्डले ‘बक्सअफिस’ शब्द भने प्रयोग गरेको छैन। उसले यसलाई ‘इ–टिकेटिङ’ भनेको छ। ‘हामीले बक्सअफिसभन्दा पनि इटिकेटिङ भनेका छौं’, पोखरेलले भने, ‘अहिले ठूला मल्टिप्लेक्समा मात्र इ टिकेटिङ प्रणाली छ। अब सबैमा बनाउनुपर्छ।‘
बक्स अफिस लागू भएपछि कुन फिल्मले कति कमाइ गर्यो भन्ने सजिलै थाहा हुनेछ। अहिले फिल्मको व्यापार बुझ्न वितरकको मौखिक तथ्यांकमा भर पर्नुपर्ने हुन्छ।
बोर्ड सदस्य सुरेशदर्पण पोखरेलले कात्तिक १ गतेदेखि नै काठमाडौं उपत्यकामा र दोस्रो चरणअन्तर्गत माघ १ गतेदेखि अन्य जिल्लाका हलमा बक्सअफिस लागू हुने जानकारी दिए।
यद्यपी, बोर्डले ‘बक्सअफिस’ शब्द भने प्रयोग गरेको छैन। उसले यसलाई ‘इ–टिकेटिङ’ भनेको छ। ‘हामीले बक्सअफिसभन्दा पनि इटिकेटिङ भनेका छौं’, पोखरेलले भने, ‘अहिले ठूला मल्टिप्लेक्समा मात्र इ टिकेटिङ प्रणाली छ। अब सबैमा बनाउनुपर्छ।‘
के हुन्छ त इटिकेटिङ राखेपछि?
‘सुरुमा कति टिकट बिक्छ र टिकट बिक्रीबाट कति पैसा उठ्छ भन्ने कुरा सर्भरमा राख्ने काम हुन्छ’, पोखरेलले भने, ‘त्यसका लागि सबै हलमा टिकटलाई कम्प्युटराइज्ड गर्नुपर्छ। जब सबै ठाउँको तथ्यांक आउने सजिलो बाटो बन्छ, बक्स अफिस बनाउन सकिन्छ।‘
टिकट बिक्रीको सबै तथ्यांकलाई नेटवर्किङ गरि बक्स अफिस बनाउने बोर्डको तयारी छ।
निर्णयबारे जानकारी दिन बोर्डले काठमाडौं उपत्यकाका फिल्म हल सञ्चालकको उपत्यका भेला डाक्दैछ। ‘हामीले निर्णयबारे जानकारी दिलाउने र सुझाव संकलन गर्ने उद्देश्यले भेला गर्दैछौँ’, पोखरेलले भने।
बोर्डका सदस्य र पदाधिकारी सम्मिलित एक कार्यदलले यसको अनुमगन, मूल्यांकन र कार्यान्वयन गर्ने पोखरेलले बताए।
कलाकारितामा गहिरो रुचि राख्ने नव अभिनेत्री सन्ध्या पौडेलले अहिलेसम्म आधा दर्जन नेपाली तथा भोजपुरी फिल्ममा अभिनय गरिसकेकी छिन् ।
योद्धा, तिरंगा पाकिस्तान मे, नैना लडल वीरगन्ज सहरिया मे, मे हुँ नेपालका भोजपुरी हिरोलगायतका भोजपुरी फिल्ममा प्रमुख भूमिका निर्वाह गरिसकेकी उनी आमरूपमै हिरोइनका रूपमा स्थापित हुन चाहन्छिन् ।
धनगढीकी २० वर्षीया सन्ध्याले थुप्रै पश्चिमी देउडा गीतका भिडियोमा अभिनय गरेकी छिन् । केही नेपाली फिल्मबाट अफर आएको भए पनि भोजपुरी फिल्मको सुटिङ नसकिएकाले समय दिन नसकेको उनी बताउँछिन् ।
दुई वर्षअघिदेखि फिल्ममा सक्रिय रूपले लागेकी उनले स्कुल जीवनमा थुप्रै नाटकमा अभिनय गरेको बताउँछिन् । बिए तेस्रो वर्ष अध्ययनरत सन्ध्या कलाकारितालाई नै प्रमुख पेसा बनाउने ध्याउन्नमा छिन् ।
कलाकारितामा स्थापित भएपछि मात्र विवाह गर्ने सोचमा छिन्, सन्ध्या । ‘म अहिले प्रेमको झमेलामा पर्न चाहन्न’ उनी भन्छिन्, ‘पहिला करियर, परिवारको दायित्व अनिमात्र विवाहको बारेमा सोच्छु ।’
काठमाडौ, असार १८ । सर्वसाधारणको ९ करोड निक्षेप जम्मा गरेर फरार भएको अभियोगमा रिनाउन सहकारीका सञ्चालक समिति सदस्य तथा फिल्म निर्देशक जनकदिप पराजुली पक्राउ परेका छन् ।
करिब अढाई वर्षअघि कालिमाटीस्थित रिनाउन सहकारीबाट पैसा उठाएर भागेको उजुरीको आधारमा उनलाई उपत्यका अपराध अनुसन्धान महाशाखाले पक्राउ गरेको हो । ‘यो मुद्दाका मुख्य आरोपी मनोज भक्त श्रेष्ठ अहिले कारागारमा छन्, जनक पराजुली फरार थिए, हाम्रो टिमले आज विहान मिनभवनबाट पक्राउ गरेको हो,’ अपराध महाशाखाका प्रहरी निरिक्षक गोविन्द पन्थीले कान्तिपुरलाई बताए ।
उनलाई शुक्रबार नै अदालतमा उपस्थित गराइएको बताइएको छ । पराजुलीले केहीअघि आएकाे 'प्रोड्युसर' नामक फिल्मको निर्देशन गरेका थिए ।
१. हरिबिजोग भनेको के हो ?
२. ‘हरिओम् स्वाहा’ भन्नाले के बुझिन्छ ?
३. नेपाली स्ल्यांगमा ‘हरिप पारा’ केलाई भन्छन् ?
४. कर्मको फलको उदाहरण के हुन्छ ?
५. जोसमा होस नपुर्याउँदा कस्तो गति हुँदो रहेछ ?
६. हरिलठ्ठक कस्तालाई भन्छन् ?
७. ‘ए हरि, डल्लो परी’को सप्रसंग व्याख्या गर्नुस् ।
८. ‘फिर्ता लगे हरिलाई, कठैबरी’लाई कुन मन्त्रीको कथामा आधारित सिनेमा हुनेछ ?
९. ‘मूलैको पानीले, आँखा सन्काई नानीले, स्वात्तै चिप्लेँ झिल्के बानीले’ यो कसको भनाइ हो ? ‘
१०. आकाशको राहु पातालको केतु, एकपटक नपरी कसरी चेतु’ भनेको के हो ?
११. ‘पूर्वीय समाजमा पश्चिमा चाला, नपच्ने व्यवहारले मन्त्री पद खाला’ कसरी ?
१२. ‘धानै खायो गाई तारे मालीले, मलाई खायो खेतैको आलीले’ भन्नाले के बुझिन्छ ?
(निवर्तमान कृषिमन्त्री हरिप्रसाद पराजुलीलाई हार–दिक्क बिदाइ जसले आफ्नो पद सहिद बनाए, तर अरू धेरैजनालाई सबक सिकाएर गए ।)
२. ‘हरिओम् स्वाहा’ भन्नाले के बुझिन्छ ?
३. नेपाली स्ल्यांगमा ‘हरिप पारा’ केलाई भन्छन् ?
४. कर्मको फलको उदाहरण के हुन्छ ?
५. जोसमा होस नपुर्याउँदा कस्तो गति हुँदो रहेछ ?
६. हरिलठ्ठक कस्तालाई भन्छन् ?
७. ‘ए हरि, डल्लो परी’को सप्रसंग व्याख्या गर्नुस् ।
८. ‘फिर्ता लगे हरिलाई, कठैबरी’लाई कुन मन्त्रीको कथामा आधारित सिनेमा हुनेछ ?
९. ‘मूलैको पानीले, आँखा सन्काई नानीले, स्वात्तै चिप्लेँ झिल्के बानीले’ यो कसको भनाइ हो ? ‘
१०. आकाशको राहु पातालको केतु, एकपटक नपरी कसरी चेतु’ भनेको के हो ?
११. ‘पूर्वीय समाजमा पश्चिमा चाला, नपच्ने व्यवहारले मन्त्री पद खाला’ कसरी ?
१२. ‘धानै खायो गाई तारे मालीले, मलाई खायो खेतैको आलीले’ भन्नाले के बुझिन्छ ?
(निवर्तमान कृषिमन्त्री हरिप्रसाद पराजुलीलाई हार–दिक्क बिदाइ जसले आफ्नो पद सहिद बनाए, तर अरू धेरैजनालाई सबक सिकाएर गए ।)
(गजुरेलको फेसबुकबाट)
काभ्रे । हास्यकलाकार कुञ्जना घिमिरे (सुन्तली)ले आफ्नो जन्मदिन पाँचखाल–१६ पहरीगाउँका भूकम्पपीडितसँग मनाएकी छिन् ।
यसअघि काठमाडौंमा मनाउँदै आएकी सुन्तलीले यस वर्ष भने भूकम्पको पीडा भुलाउन टहरा निर्माणकार्यसँगै आफ्नो जन्मदिन मनाएकी हुन् । उनले पाँचखालस्थित डाँडागाउँमा रहेको पहरीगाउँका दुई सय पहरीलाई खाना खुवाएर जन्मदिन मनाएको बताइन् ।
भूकम्पको महाविपत्तिपश्चात् तारे होटल र ठूला रेस्टुरेन्ट छाडेर काभ्रे डाँडागाउँको पहरी बस्तीमा कुन्जना घिमिरेले आफ्नो जन्मदिन मनाएको विकासराज पाण्डेले जानकारी दिए । सुन्तलीको जन्मदिनमा पहरी बालबालिकासमेत रमाएका थिए । उक्त ठाउँमा नेपालकै पहिलो एकीकृत नमुना बस्ती बसाउन धुर्मुस–सुन्तली सरसफाइ महाअभियानमा मेरी बास्सै, भद्रगोल र सगुन डटकमले संयुक्त रूपमा कार्य गरिरहेका छन् ।
मकवानपुर । गरिब धनीको घरमा कमैयाको रूपमा बस्ने ग्रामीण प्रचलनको कथामा निर्माण गरिएको चलचित्र धौलीको हेटौँडामा च्यारिटी सो हुने भएको छ ।
धौलीको च्यारिटी सो १९ असारमा ओम चलचित्र मन्दिरमा गर्न लागिएको हेटौँडामा बिहीबार पत्रकार सम्मेलन गरेर जानकारी दिइएको छ । नेपाली समाजका चलनचल्तीलाई चलचित्रले समेटेको छ । चलचित्रमा धनीको घरमा श्रम गर्न जाँदा हुने समस्यालाई मुख्य कथा बनाइएको छ ।
चलचित्रको निर्देशन पोखराका घनश्याम लामिछानेले गरेका छन् । स्पाइनी ब्याब्लर क्रिएसनको ब्यानरमा प्रस्तुत भएको धौलीको यसअघि पनि पोखरा, लेखनाथ, दाङ, मलेसिया, सिंगापुरलगायतका स्थानमा च्यारिटी सो गरिएको थियो । धौलीको नियमित प्रदर्शन भदौको अन्तिम साता हुने निर्देशक लामिछानेले बताए ।
चलचित्रमा तेज गिरी, गीता अधिकारी, गजित विष्ट, अनु शाह, प्रकाश घिमिरे, विद्या कार्की, विष्णु गौतम, अर्जुन गोदार, शम्भु थापा, ऋचा नेपाललगायतले अभिनय गरेका छन् । धौलीको पोखरा, भुर्जुङखोला र काठमाडौंमा छायांकन गरिएको लामिछानेले जानकारी दिए ।
युएईको मरुभूमिमा रोजगारी गरिरहेकी सारिका सुनार मोडलिङ आफ्नो भविष्य खोजिरहेकी छिन् । उनी आफ्नो सपना पूरा गर्नका लागि फुर्सदको समय मोडलिङमै बिताउँछिन् । एक वर्षदेखि युएईको जुमेरामा एक स्कुलमा काम गरिरहेकी सारिका फुर्सदमा गीतसमेत गाउँछिन्, र ऐना अगाडि नृत्य सिक्छिन् । उनीले युएईमा हुने विभिन्न कार्यकममा आफ्नो प्रतिभा देखाइसकेकी छिन् ।
गोरखाकी सारिका आफ्नो मोडलिङमा आफ्नो भविष्य बनाउनकै लागि विदेशमा काम गरिरहेको बताउँछिन् । उनी भन्छिन्– ‘मोडलिङ क्षेत्रमा केही गरेर देखाउने मेरो धोको छ । सानैदेखिको चाहना पुरा गर्न विदेशमा पनि मेहनत गरिरहेको छु ।’ सारिका युएईमा आफुले गरेको संघर्षले आत्मविश्वास बढाएको बताउँछिन् ।
गाउँमा विभिन्न साँस्कृतिक कार्यक्रमहरुमा भाग लिएकी सरिकाले आधा दर्जन नाटकमा अभिनय गरेकी छिन् । उनले युएईमै छायाँकन भएको एउटा म्यूजिक भिडियोमा समेत अभिनय गरेकी छिन् । डकुमेन्ट्रीमा समेत अभिनय गर्ने तयारी गरिरहेकी उनी म्युजिक भिडियोका लागि पनि आइरहेको बताउँछिन् । मोडलिङमा नै भविष्य बनाउने सोच बनाएकी सारिका आफूमा कामप्रतिको लगाव भएकाले सफल हुनेमा विश्वस्त छिन् ।
सेक्सका बारेमा खुलेर कुरा गर्न रुचाउने सारिका सेक्सलाई प्रकृति भन्न रुचाउँछिन् । विवाह अघिको सेक्स आवेग मात्र भएको उनको तर्क छ । सेक्स मानिको जीवनमा दाल–भातजस्तै आवश्यक भएपनि परिपक्व भएपछि मात्र सेक्स गर्नुपर्ने सारिकाको तर्क छ ।
मोडलिङमा स्थापित भएपछि मात्र विवाह गर्ने सोचमा छिन्, सारिका । ‘म अहिले प्रेमको झमेलामा पर्न चाहन्न’ उनी भन्छिन्, ‘पहिला करियर, परिवारको दायित्व अनिमात्र विवाहको बारेमा सोच्छु ।’
नायिका ऋचासिंह ठकुरी पनि फिल्म निर्माणमा लागेकी छिन् । गत वर्षको असारमा बिहे बन्धनमा बाँधिएपछि केही समय फिल्म अभिनयमा नदेखिएकी उनले पति गजेन्द्र थापाको निर्देशनमा सुपर गोर्खे नामक फिल्म निर्माण गरिरहेकी छिन् ।
नाइँ नभन्नु ल, म तिम्रो भइसकेँ, मनमनै मन पराएँ, मन पराएँ माया लाएँ, खुड्कीलोलगायतका फिल्मकी नायिका ऋचाले निर्माण गरेको फिल्मको नाम छ– सुपर गोर्खे । पछिल्लो पुस्ताका हिरोइनमध्ये चर्चित सफल मानिने ऋचाले आफ्ना पति गजेन्द्र थापाको निर्देशनमा फिल्म निर्माण गरेकी हुन् ।
अभिनयसँगै फिल्म निर्माणमा लाग्ने हिरोइनको संंख्या थुप्रै छ । यसअघि करिश्मा मानन्धर, झरना थापा, रेखा थापा, ऋचा घिमिरे, ऋचा शर्मा, नम्रता श्रेष्ठ, पूजना प्रधान, शुभेच्छा थापालगायतले आफूलाई निर्मात्रीका रूपमा प्रस्तुत गरिसकेका छन् । ऋचाले अहिले आएर आफूलाई निर्मात्री बनाएकी छिन् । यो फिल्मले आफूलाई निर्मात्रीका रूपमा समेत स्थापित गराउने विश्वास ऋचाको छ ।
एक्सनलभ सुपर गोर्खेको सुटिङ धरान र विराटनगरका विभिन्न स्थानमा गरिएको र एउटा गीत खिच्न बाँकी रहेको सो फिल्मका निर्माण व्यवस्थापक शंकर पाण्डेले जानकारी दिएका छन् । फिल्ममा ऋचा स्वयं प्रमुख भूमिकामा छिन् । उनीसँगै नीराजन लुइँटेल, कामना भुजेल, सुरजसिंह ठकुरीलगायतका कलाकार प्रमुख भूमिकामा छन् । चन्द्र पन्तले द्वन्द्व निर्देशन गरेको फिल्म सौरभ लामाले खिचेका हुन् ।
पहिलो एल्बम ‘चाहना मनको’ बाट खासै सफलता हात नपारेकी गायिका नित्याशिवा दोस्रो एल्बमले आफूलाई सांगीतिक क्षेत्रमा स्थापित बनाउनेमा विश्वस्त छिन् । पछिल्लो समय पाश्र्वगायनमा समेत व्यस्त रहेकी उनले विधवा, विस्फोट, आरोप, गोरे, के म तिम्रो होइन र, देशभक्त सिपाहीलगायत फिल्म तथा थुप्रै एल्बममा स्वर दिएकी छिन् ।
काठमाडौं/ १३ वर्षअघि गायनमा लागेकी सुनसरी, प्रकाशपुरकी अनिता कटुवाल अहिले नित्याशिवाको नामले गायिकाका रूपमा व्यस्त भएकी छिन् ।
०५८ सालमा डोरेमी संगीत विद्यालयमा गुरुदेव कामतसँग गायन प्रशिक्षण लिएकी उनले त्यसपछि चाहना मनको नामक एल्बम श्रोतामाझ पस्किन् । उच्च शिक्षा हासिल गर्ने र गायिका बन्ने सपना बोकेर राजधानी छिरेकी अनिताको पहिलो एल्बम चलेन । गीत सुनेर सबैले तारिफ गर्ने गरे पनि आर्थिक रूपमा नोक्सान भयो । पर्याप्त प्रचारप्रसार गर्न नसकेकाले आफ्नो सो एल्बम असफल भएको उनी बताउँछिन् ।
‘पब्लिसिटी गर्न सकिएन, आइडिया पनि भएन,’ पर्याप्त पैसाको अभावले त्यसो भएको बताउँदै उनले भनिन्, ‘पढ्न आएकी विद्यार्थी, कता के हो भन्ने भेउ पाइनँ ।’ पहिलो एल्बम नचलेपछि उनलाई आफ्नो नाम नफापेको हो कि भन्ने पनि लागेछ । ‘नाम कमन पनि भयो अनि मलाई नफापेको हो कि भन्ने पनि लाग्यो । त्यसैले अनिताबाट नित्याशिवा बनेँ,’ उनले भनिन् ।
नाम फेरेपछि भने आफूलाई फलिफाप भइरहेको दाबी उनको छ । पछिल्लो समय पाश्र्वगायनमा समेत व्यस्त रहेकी उनले विधवा, विस्फोट, आरोप, गोरे, के म तिम्रो होइन र, देशभक्त सिपाहीलगायत फिल्म तथा थुप्रै एल्बममा स्वर दिएकी छिन् । हाल दोस्रो एल्बमको तयारीमा रहेकी नित्याको नयाँ एल्बमका गीत शंकर अधिकारी घायलले लेखेका छन् ।





































