एन आर एन ए ओमानमा बिधिवत रुपमा दर्ता ।


नेपाल ओमान  संवाददाताबैशाख
अप्रिल १४ , २०१७ मस्कट  ।

 गैरआवासीय नेपाली संघ ओमान अन्तत  ओमान सरकारमा एन आर एन ए सोसियल क्लबका नाममा आधिकारीक रुपमा दर्ता भएको छ । नेपाली दूतावास ओमानको सहयोग र एनआरएनए ओमानको संयुक्त प्रयासमा लामो समयपछि ओमान सरकारमा आधिकारीक रुपमा दर्ता हुन सफल भएको हो । खाडीका सबै देशमा एनआरएनए गठन भए पनि सम्बन्धीत देशको सरकारले स्विकृति दिएको संस्था एनआरएनए ओमान पहिलो रहेको बताइएको छ ।

‘नेपालीका लागि नेपाली भन्ने मुल नाराका साथ’ सन् २००९ मा ओमानमा स्थापना भएको एनआरएनए ओमानले ओमानमा रहेका नेपालीका समस्याहरुमा साथ दिदैँ आएको छ । साथै यसले विभिन्न समयमा सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने, खेलकुद आयोजना गर्नुका साथै  पर्यटन प्रवद्र्धन तथा प्रचार–प्रसासमा लाग्ने काम गर्दै ओमानी नागरिकहरुबीच नेपाल देशलाई   चिनाउने काम पनि गर्दै आएको छ । ओमानमा पनि बिभिन्न समय समयमा रक्तदान जस्तै   सामाजिक कार्यहरु गरी एन आर एन ए  लाई चिनाउदै  अै रहेको संस्था अब दर्ता भएको छ जुन ओमानवसी नेपाली हरुको लागि खुशीको कुरा हो ।

ओमानमा एनआरएनए गठन हुनुभन्दा पहिले नेपालीहरुको समस्या समाधान हुँदै नभएको होइन्, त्यतिबेला पनि नेपाली समाज लगायत अन्य संघ संस्थाहरुले आ–आफ्नो बलबुताले भ्याएसम्म सहयोग गरेका थिए । तर, एनआरएनए गठनपछि अझ सहज भएको एनआरएनए ओमानका पूर्व अध्यक्ष तथा हालका गल्फ संयोजक डिबी क्षेत्रीको भनाइ छ । ‘अब ओमान सरकारको आधिकारीक निकायमा संस्था दर्ता भइसकेको छ, ओमानमा रहेका नेपालीका समस्यालाई कानुनी रुपमा अगाडि बढाउन सजिलो हुने भएको छ ।’ क्षेत्रीले अगाडि भने ।




क्लब दर्ताका क्रममा सकारात्मक भुमिका खेल्नुहुने ओमानबासी सबै नेपालीलाई धन्यवाद दिदैँ आगामी दिनहरुमा एनआरएनए  अझ सक्रिय भएर नेपाल र नेपालीको सेवामा लाग्ने संघका अध्यक्ष दिपक श्रेष्ठले बताए । श्रेष्ठ संस्था दर्ता गरन २०१२ देखी अग्रसर भएर लागेका थिए । अन्तत आफ्नै कार्यकालमा आएर दर्ता हुन सफल भएकोमा अझै आनन्द महसुश भएको बताउनु भयो ।

यस कारयका लागि सम्योजक रहनु भएका भरत अधिकारी ज्यु भन्नु हुन्छ कि   खाडी राष्ट्रमा रहेका प्रवासी कामदारहरुले खोलेको सामाजिक  संघसंस्था बैद्यानिक रुपमा दर्ता नभएको र कानुनीरुपमा विभिन्न काममा खुलेर लाग्न नसकिरहेका बेला ओमानमा एनआरएनए दर्ता हुनु सबै नेपालीका लागि खुसीको कुरा हो  तर त्यहाँको कानुनलाई आत्मसात गर्दै अगाडि बढ्नु एनआरएनए ओमानको दायित्व पनि हो ।
‘एनआरएनए सोसियल क्लब’ का रुपमा दर्ता भएको एनआरएनए ओमानलाई आधिकारीक रुपमा दर्ता गर्न २०१२ देखि संघका पदाधिकारीहरु लागेका थिए र त्यसको ५ बर्षा पछी बल्ल आएर दर्ता सफल भएको हो ।  

,