सडक दुर्घटनामा परि ओमानमा नेपालीको मृत्यु ।

ओमान स्थित रुसेलमा सडक दुर्घटनामा परि झापा स्थाई घर भएका आनन्द भण्डारीको मृत्यु भएको छ । गत ७ अप्रिलका दिन सडक नजिकै गाडि कुरिरहेको अवस्थामा स्थानिय नागरिकको गाडिले ठक्कर दिएको थियो । दुर्घटनामा भण्डारीको टाउकोमा गम्भिर चोट लागेको थियो । प्रतक्ष्यदर्शीका अनुसार स्थानिय नागरिक मोवाईल प्रयोग गरेर ड्राईभिङ्ग गरेकोले दुर्घटना भएको थियो । भण्डारी स्थानिय प्राईभेट कम्पनी खिम्जी रामदाशको क्विक सप डिभिजनमा बिगत ५ बर्ष देखि कार्यरत थिय । सोहि कम्पनीमा काम गर्ने नेपाली कर्मचारीका अनुसार दुर्घटना पश्चात उहाँलाई नजिकैको सरकारी अस्पतालमा लगिएको थियो त्यहाँ उपचार हुन नसके पछि खोला हस्पिटलमा रिफर गरि २ पटक सम्म टाउकोको सल्यक्रिया गरिएको थियो र गत बिहिवार, १३ अप्रिल २०१७ का दिन उहाँको मृत्यु भएको छ । मृतक भण्डारीको शव दुतावासको सक्रियतामा १८ अप्रिल २०१७ मा नै नेपाल पठाइएको जानकारी पनि उक्त नेपाली कर्मचारीले दिएका छन् । सडक दुर्घटना परि मृत्यु भएकोले छानविन पश्चात बिमाको लागि दुतावासले प्रक्रिया अघि बढाउने छ ।

पि.बि श्रेष्ठ, १८ अप्रिल २०१७ मस्कट, ओमाान 

, ,