गैरआवासीय नेपाली संघ ओमानको नयाँ बर्ष उत्सव ।

क्रिस्टल सुईटस् होटल वादिकविरमा आयोजित कार्यक्रममा संघका अध्यक्ष दिपक श्रेष्ठले कार्यक्रमको सभापतिन्व गर्नु भएको थियो, नेपाली राजदुतावास मस्कट ओमानकी नियोग प्रमुख रोजिना ताम्राकार प्रमुख अतिथि तथा एन.आर.एन.ए. उपाध्यक्ष कुमार पन्त बिशिष्ठ अतिथि र मध्य पूर्व संयोजक डि.बि क्षेत्री बिशेष अतिथि रहनु भएको थियो । कार्यक्रममा मिनिष्ट्री अफ सोसल अन्र्तगतको डिपार्टमेन्ट अफ कम्युनिटी का प्रतिनिधि रसिद अव्दुल स्पेशल गेष्टको रुपमा उपस्थित भएका थिए । त्यस्तै ओमानका बिभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु अतिथिको रुपमा उपस्थित भएका थिए ।

कार्यक्रममा संघको तर्फबाट उपस्थितहरुलाई स्वागत गर्दै प्रबक्ता बिकल झाले स्वागत मन्तव्य तथा नयाँ बर्ष २०७४ को शुभकामना दिनुभएको थियो । त्यस्तै एन.आर.एन.ए. का अन्तर्राष्ट्रिय स्तरका काम र गतिविधीहरुको जानकारी गराँउदै उपाध्यक्ष कुमार पन्त ज्यूले एन.आर.एन.ए का चालु रहेका लाप्राक नमुना वस्ती लगायत, एन.आर.एन भवन निमार्ण योजनाहरुमा सहयोग गर्न आफ्नो मन्तव्यमा ओमानवासी एन.आर.एन. हरुलाई आव्हान गर्नु भएको थियो । एन.आर.एन. ओमानले लामो समय देखि प्रयास गरिरहको सामाजिक क्लव दर्ता भएकोमा मध्य पुर्व संयोजक डि.बि क्षेत्री ज्युले खुशी व्यक्त गर्नुभयो तथा बैदेशिक रोजगारमा लागु हुने कानुनहरुको पूर्ण अध्ययन नगरि सतहि कुरालाई मात्र आधार मानेर निर्णय गरिनु नेपालीहरुको लागि मान्य नहुने र यस्ता बिषयमा संघले बिरोध गरि बैदेशिक रोजगरीलाई सहज बनाउन कोशिष गर्ने जानकारी पनि क्षेत्री ज्यूले दिनुभयो ।


दिनको १ बजे बाट सुरु गरिएको कार्यक्रम साँझ ६ बजे समापन गरिएको थियो । उपस्थित नेपालीहरुले संघले कार्यक्रम आयोजना गरि आपसमा नयाँ बर्षको शुभकामना आदानप्रदान गर्ने मौका मिलाई दिएकोमा आयोजकलाई धन्यवाद दिएका थिए । कार्यक्रमको व्यवस्थापन पक्ष निकै राम्रो रहेको र सहयोगि सवै व्यक्ति तथा संघ संस्थालाई धन्यवाद दिदै अध्यक्ष तथा सभापति दिपक श्रेष्ठले कार्यक्रम समापन गर्नु भएको थियो ।
पि.बि श्रेष्ठ १५ अप्रिल २०१७