गैरआवासीय नेपाली क्षेत्रीय समन्वय परिषद सललहको अधिवेशन सम्पन्न ।



सन् २००९ मा ओमानमा गैरआवासीय नेपाली संघ स्थापना भए पश्चात ओमानको मस्कटबाट १२०० कि.मी टाढा पर्ने सललह क्षेत्रमा नेपालीहरुको ठुलो जनसंख्यालाई आधार मानि लगतै क्षेत्रीय समिति सललह गठन भएको थियो । संघको राष्ट्रिय समन्वय परिषदको राट्रिय महाधिवेशन अगस्ट ४ मा हुने भएपछि यस अगावै क्षेत्रीय समन्वय परिषदहरुको अधिवेशन गर्न निर्देशन गरेपछि गत शुक्रबार १४ जुलाई २०१७ का दिन सललह क्षेत्रीय समितिले अधिवेशन आयोजना गरेको छ । अधिवेशनले टिका प्रसाद दाहालको संयोजकत्वमा १६ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

अधिवेशनका प्रमुख अतिथिमा गैरआवासीय नेपाली सामाजिक क्लव (एन.आर.एन.ए.) ओमानका अध्यक्ष दिपक श्रेष्ठ रहनु भएको थियो, भने सभापतिमा क्षेत्रीय समन्वय परिषद सललहका संयोजक टिका प्रसाद दहाल र अतिथिहरुमा बुद्धभिजन ओमानका सल्लाहकार ओमाकार तामाङ्ग तथा एन.आर.एन.ए ओमानमा क्षेत्रीय समिति समन्वय संयोजक रबी लामिछाने र सललह क्षेत्रमा बसोवास गर्ने नेपालीहरु रहनु भएको थियो । सिल्भर डायमण्ड होटलमा आयोजित कार्यक्रममा बिभिन्न वक्ताहरुले आफ्नो मन्तव्य राखेका थिए । नयाँ चुनिने कार्य समितिलाई बधाई दिदै बैदेशिक रोजगारमा समसामायिक बिषयहरुमा वक्ताहरु केन्द्रित थिए । बिषेश रुपमा नेपाली महिलाहरुको बाहुल्यता रहेको सललह क्षेत्रमा महिलाका समस्याहरुलाई निराकरण गर्न र रोकिई रहेको महिलाहरुको श्रम खुलाउन आवश्यक रहेको बिषयमा छलफल भएको थियो ।

मन्तव्यमा बोल्दै कार्यक्रममा प्रमुख अतिथि दिपक श्रेष्ठ ज्यूले एन.आर.एन.ए. ले बैदेशिक रोजगारमा देखिएका सम्पूर्ण समस्याहरुको समाधानको पहल गरिरहेको बताउँदै एन.आर.एन.ए. ले देश बिकाशमा पुर्‍याउन सक्ने सहयोगको बारेमा चर्चा गर्नु भयो । आफ्नो सुरक्षित अवतरणको लागि बचत तथा संयुक्त लगानीको लागि प्रोत्साहन गर्दै आगामी दिनमा ओमानबाट पनि सामुहिक लगानी नेपाली भित्र्याउन पहल गर्ने बताउदै हजारे अभियानको बारेमा पनि चर्चा गनुभयो भयो । सललह क्षेत्रीय समन्वय परिषदले यस क्षेत्रका नेपालीहरुका लागि दिदै आएको सेवा सरहानिय रहेको बताउँदै श्रेष्ठले भुकम्पको समयमा पनि यस क्षेत्रले ठुलो सहयोग संकलन पठाएको सम्झनु भयो । नवनियुक्त कार्यसमितिलाई बधाई दिदै यस कार्यसमितिले पनि संघको अभियानलाई अघि बढाउन सहयोग गर्नेमा आफु बिश्वस्त रहेको बताउनु भयो ।

अधिवेशनले चयन गरेको नयाँ कार्यसमितिको संयोजकमा टिका प्रसाद दाहाल, उपसंयोजकमा कृष्ण बि.क, प्रवक्ता महेन्द्र सडौला, सचिव कृष्ण बि.के, उपसचिव मनोज घिमिरे, कोषाध्यक्ष शुक्र थामी, सह–कोषाध्यक्ष गिता थापा, र सदस्यहरु शंकर थापा, पदम पाण्डे, बिरेन्द्र मण्डल, सागर अधिकारी, कमल देवकोटा, कमला तामाङ्ग, लक्ष्मी रसाईली, कुमारी राई, र सरिता बि.क रहेका छन् र सल्लाहकारमा चन्द्र कुमार सुनुवार रहनु भएको छ ।


कार्यक्रममको समापनमा सहारोहमा बोल्दै संयोजक टिका प्रसाद दहाल ज्यूले सललह क्षेत्रमा रहेका नेपालीहरुको सेवामा आफु सदा लाग्ने प्रण गर्दै आवश्यक सहकार्य केन्द्रिय कार्यकारिणी समिति संग पनि गर्ने बताउनु भयो । कार्यक्रममा सललह क्षेत्र बसोवास गरिरहेका नेपालीहरुको भव्य उपस्थिती रहेको थियो । साथमा सललह क्षेत्रका पत्रकार, बुद्धिजीवी र साहित्यकार हरुको पनि उपस्थिती रहेको थियो । कार्यक्रमलाई ग्लोवल मनी एक्सचेन्ज –बुम रेमिट) ले प्रायोजन गरेको थियो ।
पि.बि श्रेष्ठ, मस्कट ओमान १५ जुलाई २०१७

,