गैरआवासीय नेपाली सोसल क्लवद्धारा क्रिकेट प्रतियोगिता सम्पन्न ।

गैरआवासीय नेपाली सोसल क्लव ओमानले चौथो अन्तर नेपाली नकआउट क्रिकेट प्रतियोगिता सम्पन्न गरेको छ । बैदेशिक रोजगारीको क्रममा ओमानका बिभिन्न क्षेत्रमा बसोवास गरिरहेका नेपालीहरु प्रतियोगितामा सहभागि भएका थिए । प्रतियोगिताको लागि गत साता प्रकाशित गरिएको टाईसिट अनुसार टिम लुम्विनी, मगर संघ, एन.आर.एन.एस.सी बी, सगरमाथा समुह, एन.आर.एन.एस.सी ए, मसरुम दिवान र गुल्मी सेवा समाजले गरि ७ टिमले खेलमा भाग लिएका थिए । जसमा गुल्मि सेवा समाज बाईमा परेको थियो । प्रथम चरणको खेल ८/८ ओभर सेमिफाईनल तथा फाईनल १०/१० ओभरको खेलाईएको थियो । प्रमुख अतिथिद्धारा व्याटिङ्ग गरि खेलको उद्घाटन गरिएको थियो । बिहान ९ बजेबाट संचालित प्रतियोगिताको पहिलो खेल टिम लुम्बिनी र मगर संघ बिच भएको थियो । जसमा मगर संघ ओमान बिजयी भएको थियो, त्यस्तै प्रतियोगिताको दोश्रो खेल एन.आर.एन.एस.सी “बी” र सगरमाथा समुह बिच भएको थियो जसमा सगरमाथा बिजयी भएको थियो । मसरुम दिवान समुहले वाकओभर लिएपछि एन.आर.एन.एस.सी “ए” समुह सेमिफाइनलमा प्रवेश गरेको थियो, यसपश्चात बाईमा परेको गुल्मी सेवा समाज र एन.आर.एन.एस.सी “ए” बिच पहिलो सेमिफाईनल खेल भएको थियो । जसमा एन.आर.एन.एस.सी “ए” बिजयी भएको थियो । सेमिफाईनलको दाश्रो खेल मगर संघ ओमान र सगरमाथा समुह बिच भएको थियो जसमा मगर संघ ओमान बिजयी भएको थियो ।

सेमिफाईनलमा बिजयी टिमहरु एन.आर.एन.एस.सी “ए” र मगर संघ ओमान बिच फाईनल खेल भएको थियो । टस जितेर व्यटिङ्ग जितेको एन.आर.एन.एस.सी ए ले व्याटिङ्ग रोजेको थियो । निकै प्रतिश्प्रधात्मक खेलमा निर्धारित १० ओभरमा ६ विकेटको क्षतीमा एन.आर.एन.एस.सी “ए” ले ५२ रन बनाएको थियो । जवाफि व्यटिङ्गमा उत्रिएको मगर संग ओमानले ९.२ ओभरमा ५३ रन को तारगेट पुरा गर्दे प्रतियोगिताका् उपाधि जितेको थियो । प्रमुख अतिथि, सोसल क्लवका अध्यक्ष तथा खेल संयोजक ज्युको उपस्थितमा बिजयी तथा उपबिजेता टिमलाई खसी, ट्रफी र मेडल प्रदान गरिएको थियो । प्रतियोगिताको सर्वोत्कृष्ट बलरको उपाधि मगर संघ ओमानका माधव के.शी ूलाई प्रदान गरिएको थियो, त्यस्तै सर्वाेत्कृष्ट व्याट्म्यानको उपाधि एन.आर.एन.एस.सी “ए” का बिरेन्द्र ठाकुरलाई प्रदान गरिएको थियो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडिको उपाधि मगर संघका तेज गुरुङ्गलाई प्रदान गरिएको थियो । मगर संघ ओमानका रुद्र मगरलाई प्रतियोगितको प्रभावकारी खेलाडिको उपाधि सहित बालकृष्ण परियार ज्यूले स्पोन्सर गर्नु भएको गिफ्ट ह्याम्पर प्रदान गरिएका थियो । मलेवा क्रिकेट मैदान भएको खेलको प्रमुख अतिथि एन.आरं.एन.ए. का सचिव डि.बि छेत्री रहनु भएको थियो र प्रतियोगितको संयोजकत्व गैरआवासीय नेपाली सोसल क्लव ओमानका खेलकुद संयोजक गोबिन्द श्रेष्ठ ज्यूले गर्नु भएको थियो ।
मस्कट, ओमान २९, डिसेम्वर २०१७, पि.बि श्रेष्ठ ।