नेपाल पत्रकार महासंघ दक्षिण कोरियाको चौथो अधिवेशन सम्पन्न
सउल, जेठ ६ – नेपाल पत्रकार महासंघ दक्षिण कोरियाको चौथो अधिवेशन तथा अन्तरक्रिया कोरियाको सउलमा सम्पन्न भएको छ। सउल स्थित जोगांकको सउल ग्लोबल सेन्टरमा आइतबार भएको चौथो अधिवेशनले अध्यक्ष पदमा मिन प्रकाश उप्रेतिलाई पराजित गरी विजयी बनेका मैनालीको नेतृत्वमा ११ सदस्यीय समितिमा चयन गरेको हो। समितिका अन्य पदहरु भने सहमतिमा चयन भएका हुन।
समितिका उपाध्यक्षमा बिरेन्द्र सुनुवार र किशोर कोईराला, सचिवमा विशाल गहतराज, सह सचिवमा अर्जुन बराल, कोषाध्यक्षमा कृष्ण बस्याल र सदस्यहरुमा कृष्ण गुरुङ (ब्रो तमु), राजु थापा, मिन्मार लामा, रंजन राज कुवँर, सुरज गुरुङ, मञ्जु गुरुङ रहेका छन। यसैगरी सोही अधिवेशनले प्रमुख सल्लाहकारमा भुपु अध्यक्ष खेम कार्की, मिन प्रकाश उप्रेती, केन्द्रीय पार्षदमा देवेन्द्र साम्बाहाम्फे चयन गरेको छ।
अधिवेशनको लागि समाजसेवी रुद्र शर्माको संयोजकत्वमा मनोज कार्की, विनोद कुँवर, गंगा थापा, प्रकाश धमाला सम्मिलित ५ सदस्यीय निर्णायक समिति चयन गरेको थियो। कोरियाका लागि नेपाली राजदुत कमानसिंह लामाले पत्रकारहरुले आलोचना मात्र गर्नु भन्दा दुतावासले गर्नुपर्ने वा हुनुपर्ने काम के हो भनेर बुदागत रुपमा छुट्टयाउनु पर्ने बताउनुभयो।
नेपाल पत्रकार महासंघका केन्दीय महासचिव ओम शर्मा, को विशेष आथित्य र कोरियाका लागि नेपाली राजदुत कमानसिंह लामाको प्रमुख आथित्यमा अधिवेशन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा बोल्दै केन्द्रीय महासचिव ओम शर्माले कोरियामा रहेका पत्रकारहरुले कोरियाका मजदुर, विधार्थी, विभिन्न जाती, क्षेत्र र वर्गका समस्याहरुलाई बाहिर ल्याउन प्रतिनिधि पात्रको रुपमा काम गर्नुपर्नेमा जोड दिनुभयो। नेपाल पत्रकार महासंघका महासचिव ओम शर्माले मंसीरमा आगामी संविधान सभाको चुनाव मंसीरमा पनि नभए पत्रकारहरुले रेग्मी सरकार ढाल्ने बताउनुभयो।
कोरिया शाखाको चौथो अधिवेशन तथा अन्तरक्रिया कार्यक्रमममा बोल्दै शर्माले देशमा निर्वाचित प्रतिनिधिहरु हुनुपर्ने जन चाहना अनुसार नै यो सरकारको महासंघले विरोध नगरेको बताउनुभयो। रेग्मी सरकार बाधयत्मक अवस्थामा आएको भन्दै शर्माले दलहरुले कै नेतृत्वमा बनेको सरकारले नै राजनीतिक आगो निभाउनुपर्ने प्रसंग उल्लेख गर्दै भने “आगो लाग्दा निभाउने भने दमकल नै हो तर दमकल नहुँदा पानी र सेउला छर्केर भएपनि आगो निभाउनु पर्छ।”
कार्यक्रमको पहिलो सत्रमा उदघाटन तथा अन्तरक्रिया कार्यक्रम गरिएको थियो भने दोश्रो चरणमा अधिवेशन मार्फत नयाँ कार्य समिति चयन गरिएको थियो। कोरियाको प्रतिष्ठित संस्थाको रुपमा रहेको नेपाल पत्रकार महासंघ दक्षिण कोरियाको अधिवेशमा कोरियाका विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उल्लेख्य सहभागिता र चासो रहेको थियो।
निवर्तमन अध्यक्ष खेम कार्कीको सभापतित्वमा सम्पन्न कार्यक्रमको पहिलो चरणमा पूर्व उपाध्यक्ष देवेन्द्र साम्वाहाम्फेले स्वागत मन्तब्य दिएका थिए भने कार्यक्रमको सञ्चालन पूर्व सचिव समेत रहेका अशोक मैनालीले गरेका हुन।
अर्जुन बराल, दक्षिण कोरिया


