इजरायल र अमेरिकाका लागि सुराकी गर्नेलाई इरानमा झुण्ड्याएर मृत्युदण्ड दियो

६ जेठ, एजेन्सी । इरानमा इजरायल तथा अमेरिकाका लागि सुराकी गर्ने गरेको आरोप प्रमाणीत पछि दुई जनालाई झुण्ड्याएर मृत्युदण्ड दिइएको छ । इजरायल तथा अमेरिकाका लागि गुप्तचरको काम गरेको ठहर भएपछि अदातलले मृत्युदण्डको फैसला सुनाएकोमा आइतबार झुण्ड्याएर मृत्युदण्ड दिइएको हो ।

तेहरानको सरकारी अधिवक्ताको कार्यालयले दिएको जानकारी अनुसार दुई व्यक्तिमध्ये एक मोहम्मद हैदरीलाई सुरक्षाका विभिन्न विषय तथा राष्ट्रिय गोपनीयताका विषयमा गुप्तचरी गरेको तथा इजरायली गुप्तचर संस्था मोसादसँग नियमित रूपमा भेट गरेको भन्दै मृत्युदण्ड दिइएको हो ।

यसैगरी, अर्का कोरुस अहमदीलाई विभिन्न विषयमा गोप्य सूचना सीआईएलाई उपलब्ध गराएको प्रमाणीत भएको बताइएको छ ।

,