रियाद/ साउदी अरबका ग्रान्ड मुफ्ती शेख अब्दुल अजिज बिन–अब्दुल्लाह अल–शेखले मक्कामा भएको भागदौड मानवीय नियन्त्रणबाहिरको भएको बताएका छन् । बिहीबार बिहान भएको भागदौडमा कम्तीमा सात सय १७ को मृत्यु भएको थियो भने आठ सय ८३ घाइते भएका थिए ।
‘दुर्घटनामा कसैको दोष छैन किनभने नियति र भाग्यमाथि कसैको नियन्त्रण हुँदैन,’ साउदी अरबका गृहमन्त्री युवराज मोहम्मद बिन–नएफसँगको भेटमा ग्रान्ड मुफ्तीले भने । इरानलगायत विभिन्न मुलुकले साउदीले मक्काको सुरक्षा व्यवस्थालाई गम्भीर रूपमा नलिएको भन्दै आलोचना गरेका छन् । यो वर्ष भएको भागदौड पछिल्लो २५ वर्षकै सबैभन्दा घातक थियो ।
राजा सल्मानले सुरक्षा व्यवस्थाको पुनरावलोकन गर्न आदेश दिइसकेका छन् । शनिबार हजयात्राको अन्तिम दिन हो । अहिले भने कुनै गम्भीर घटना भएको छैन । ग्रान्ड मुफ्ती अल–शेखलाई भेट्न युवराज शुक्रबार साँझ गएको सरकारी समाचार संस्था साउदी प्रेस एजेन्सीले जनाएको छ । उपप्रधानमन्त्रीसमेत रहेका युवराज सर्वोच्च हज कमिटीका प्रमुख हुन् ।
‘जे भयो त्यसका लागि तपाईं जिम्मेवार हुनुहुन्न,’ उनले भने, ‘यो मानवीय नियन्त्रणमा हुँदैन, त्यसैले यसको दोष तपाईंमाथि लाग्दैन । नियति र भाग्यलाई कसैले रोक्न सक्दैन ।’ इरानी राष्ट्रिय सुरक्षा परिषद्ले साउदी सुरक्षा व्यवस्थापनमा अक्षम भएको आरोप लगाउँदै सबै मृत्युको जिम्मेवारी उसले नै लिनुपर्ने प्रतिक्रिया दिएको एक दिन नबित्दै साउदीका सर्वोच्च धर्मगुरुले यस्तो प्रतिक्रिया दिएका हुन् ।
शनिबार इरानी अभियोजक जनरल सइद इब्राहिम राइसीले ‘अपराधका लागि इरान साउदी शाही परिवारविरुद्ध अन्तर्राष्ट्रिय अदालतमा जाने’ बताएका थिए । भागदौडमा मर्नेमध्ये सबैभन्दा बढी विदेशी नागरिक इरानका छन् । इरानले आफ्ना एक सय ३४ नागरिकको मृत्यु भएको र अन्य तीन सय ४० हराइरहेको जनाएको छ । हराउनेमा लेबनानका लागि पूर्व इरानी राजदूतसमेत रहेको सरकारी टेलिभिजनले बताएको छ ।
राष्ट्रसंघ । अझै लाखौँ सिरियाली सुरक्षित स्थानको खोजीमा युरोप पुग्ने राष्ट्रसंघले अनुमान गरेको छ । आधिकारिक तथ्यांकअनुसार यो वर्ष भूमध्यसागर पार गर्ने शरणार्थी र आप्रवासीको संख्या चार लाख ३० हजार नाघिसकेको छ ।
युनिसेफको मध्यपूर्व तथा उत्तर अफ्रिका निर्देशक पिटर सलामाले रक्तपातपूर्ण सिरिया युद्ध अन्त्य नभए अझै दसौँ लाख सिरियाली युरोप पस्ने बताएका हुन् । ‘सिरिया छाड्ने शरणार्थी दसौँ लाख पुग्न सक्छन् । र, उनीहरूको गन्तव्य युरोपेली युनियन (ईयु) र अन्य मुलुक हुनेछ,’ उनले भने ।
जेनेभामा रहेको इन्टरनेसनल अर्गनाइजेसन फर माइग्रेसन (आइओएम)को तथ्यांकअनुसार यो वर्ष चार लाख ३२ हजार सात सय ६१ जना शरणार्थी र आप्रवासीले भूमध्यसागर तरेका छन्, जुन आप्रवासी प्रसारको नयाँ रेकर्ड हो । उनीहरूमध्ये धेरैले रबरका डुंगामा जोखिमपूर्ण यात्रा गरेका थिए । समुद्रमा डुबेर यो वर्ष दुई हजार सात सय ५० जनाको मृत्यु भइसकेको छ । गत वर्ष एक लाख ९७ हजार नौ सय ४० ले जोखिमपूर्ण समुद्री यात्रा गरेका थिए ।
शरणार्थीसम्बन्धी राष्ट्रसंघीय उच्च परिषद् (युनएनएचसिआर)का अनुसार यो वर्ष भूमध्य सागर पार गर्नेमा आधाभन्दा बढी सिरियाको गृहयुद्धबाट भागेर आएका हुन् । साढे चार वर्षअघि सुरु भएको गृहयुद्धमा हालसम्म दुई लाख ४० हजार सिरियालीले ज्यान गुमाइसकेका छन् । सलामाले सिरिया ‘जीवित नरक’मा परिणत भएको बताए ।
तर, युरोपेली युनियनको शरणमा आउने सिरियालीको अनुमानित संख्यालाई लिएर राष्ट्रसंघका विज्ञहरू आफैँ विभाजित छन् । ‘यो संख्या १० लाखभन्दा कम हुन्छ । हामीले अनुमानलाई अतिरञ्जित गर्नुहुँदैन,’ युएनएचसिआर प्रवक्ता विलियम स्पिन्डलरले भने ।
हालसम्म ८० लाख सिरियाली आन्तरिक रूपमा विस्थापित भएका छन् भने ४० लाख टर्की, लेबनान र जोर्डनलगायतका छिमेकी मुलुकमा शरणार्थीका रूपमा बसोवास गरिरहेका छन् । दुई लाख ५० हजार सिरियाली सुरक्षित स्थानको खोजीमा इराक पसेका छन् ।
युएनएचसिआरले आप्रवासी संकटको सामना गरिरहेका मुलुकलाई सहयोग गर्ने प्रयास गरिरहेको छ । हंगेरीमा करिब तीन सय परिवारका लागि उसले भर्खरै ‘प्रिफेब्रिकेटेड’ घरहरू पठाएको छ । ५० वटा ‘प्रिफ्याब’ घर ग्रिक टापु लेस्बोसमा पुर्याइएका छन् भने तीन सयवटा कोस र ५० वटा मेसेडोनियामा पठाइएका छन् ।
यसैबीच, अस्ट्रियाले सुरक्षा जोखिम देखाउँदै भियना र हंगेरी जोड्ने राजमार्गलाई आंशिक रूपमा बन्द गरेको छ । आप्रवासीको संख्या बढेपछि हंगेरी र अस्ट्रिया जोड्ने रेलमार्ग सप्ताहन्तमा बन्द गरिएको छ । हंगेरीले अर्को महिनाको सुरुबाट सर्बियासँगको सीमामा काँडेतार राख्ने योजना बनाएको छ । उसले आप्रवासी नियमलाई कठोर रूपमा लागू गर्ने पनि जनाएको छ ।
तर, बेलायतले भने थप एक हजार सिरियालीलाई आश्रय दिने भएको छ । बेलायती प्रधानमन्त्री डेबिड क्यामरुनले सन् २०२० सम्ममा बेलायतले थप २० हजार सिरियाली शरणार्थीलाई आश्रय दिने बताए । तर, क्रिसमसअघि एक हजारभन्दा कमलाई मात्र नयाँ घर उपलब्ध गराउने सरकारी स्रोतले जनाएको छ ।
गैरआवासीय नेपाली संघ एनआरएनए यूएईको छटौ अधिबेशनमा नेकपा एमाओबादी र नेपाली कांग्रेशको संयुक्त उम्मेदवार अध्यक्षमा सुदीप कार्की निर्र्वािर्चत भएका छन । कार्कीले निर्वाचनमा खसेको २सय ४९ भोट मध्ये १ सय ५५ मत लाएर विजय बनेका हुन ।
सेप्टेम्बर ४ तारिक दुबईमा भएको संघको छैटौ अधिबेशनमा भएको निर्वाचन बाट उपाध्यक्षमा जनजाती महासंघका उम्मेदवार नेत्र थनेत सबै भन्दा धेरै मत ल्याएर विजय भए । तिन जना उपाध्यक्ष रहने संघमा रमेश श्रेष्ठ रबिरमण अधिकारि पनि निर्वा्चित भएका छन । उपाध्यक्षमा विजय बन्ने थनेतले २ सय १० मत श्रेष्ठले १ सय ६७ मत र अधिकारीले १ सय ४९ मत प्राप्त गरेका थिए ।
महासचिवमा दीपक खड्का निर्वा्चित भएका छन । खड्काले १ सय ४१ मत प्राप्त गरेका थिए । निर्वा्चित महासचिव दिपक खड्काको महासचिव पदको उम्मेदवारिलाई बिधान सम्बत बैधानिकता नरहेको भन्दै दाबिबिरोध पनि परेको थियो । खड्का युएई आएको एक बर्ष मात्र भएको भएको बिधान अनुसार २ बर्ष एनआरएन युएईको पंजिकृत सदस्यता लिएको ब्याक्तिले मात्र महासचिवमा उम्मेदवार हुन् पाउछ भन्दै निर्वाचन समितिमा दाबिबिरोध परेको निर्वाचन समितिले बताएको छ । निर्वाचन समितिले खड्काले ४ महिना अगाडी नै एनआरएन युएईको सदस्यता लिएको हुनाले उनको सदस्यता एक कार्यकाल मानेर उम्मेदवारि बैधानिक मानेको थियो ।
दुई सचिवको लागि भएको निर्वाचनमा पुष्प कार्की र भूपति न्यौपाने विजय भएका छन । सचिवमा पुष्प कार्कीले १ सय ५० मत तथा भूपति न्यौपानेले १३६ मत प्राप्त गरेका छन ।
कोषाध्यक्षमा सूर्य बस्नेत र महिला प्रतिनिधिमा कल्पना राई निर्विरोध निर्वा्चित भएको निर्वाचन समितिले जनाएको छ । युवा प्रतिनिधिमा निश्चल दाहाल निर्वा्चित भएका छन । दाहालले १ सय ४५ मत ल्याएर विजय बनेका हुन ।
एनआरएन एनसीसी यूएईको लागि क्षेत्रीयबाट केन्दीय सदस्यमा भोज प्रसाद फुयाल अबुधाबी, यकदेब सापकोटा दुबाई र कृष्णप्रसाद आचार्य सारजा क्षेत्रीयबाट केन्दीय सदस्यमा निर्विरोध निर्वा्चित भएका थिए । कार्य समिति सदस्यमा निकै कडा प्रतिस्पर्धा बाट राधाकृष्ण पाठक २सय १ मत, अमर गुरुङ १सय ९१ मत , बालकृष्ण अधिकारी १सय ७० मत , ऋषि बस्याल १ सय ६६ मत , राजु केसी १सय ६१ मत गोविन्द भण्डारी १ सय ५७ मत , बालकृष्ण मरासैनी १ सय ४२ मत र देबेन्द्र चालिसे १ सय २ मत ल्याएर निर्वा्चित भएका छन ।
निर्वाचन समिति , राजनीतिक दलका प्रतिनिधि , उम्मेदवारका प्रतिनिधि पत्रकारहरुको उपस्तिथिमा रातभर भएको मत मतगणना भएको थियो । मित्रवत बातावरणमा सम्पन्न मतगणनाको बिचमा केहि उम्मेदवारहरुले निर्वाचनको मत मतगणना ढीलो भयो भन्दै ढोकामा खुटाले बजारेर होहल्ला गर्ने , चाडो सार्बजनिक गर्न भन्दै दबाद दिएको दिए पछी केहि समय मतगणना स्थगित भएको मतगणनामा स्थलमा रहेका श्याम कंडेलले वताएक छन । मतगणना बिहान ५ बजे सम्म सकिएको भए पनि निर्वाचन समितिले सार्बजनिक गर्नु पहिलानै मतगणनामा बसेका राजतिनिक दलका प्रतिनिधिले आफाआफै सार्बजनिक गरेका थिए ।
त्रिलोचन कोईरालाको सहयोगमा
एजेन्सी । भारतकी विदेशमन्त्री सुषमा स्वराजले पाकिस्तानसँगको राष्ट्रिय सुरक्षास्तरको वार्ताको मुख्य अजेन्डा आतंकवाद हुने बताएकी छिन् ।
आइतबार प्रस्तावित वार्ताअघि राजधानी दिल्लीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा विदेशमन्त्री स्वराजले वार्तामा कश्मिर मुद्दा केन्द्रित नहुने स्पष्ट पारेकी हुन् । ‘आतंकवाद मुद्दामा वार्ता भइसकेपछि मात्र अन्य मुद्दामा कुराकानी हुनेछ,’ उनले भनिन्, ‘वार्तामा तेस्रो पक्ष हुनेछैन ।’
‘तपाईं कुनै पनि तेस्रो पक्षधर नबनाउनुहोस् । तपाईंलाई स्वागत छ,’ पाकिस्तानका राष्ट्रिय सुरक्षा सल्लाहकार सरताज अजिजबारे उल्लेख गर्दै उनले भनिन् । तर, पाकिस्तानका सुरक्षा सल्लाहकारले भने आइतबारका लागि तय भएको वार्तामा कश्मिर मुद्दा पनि हुने बताएका थिए ।
‘यो वार्ताको मुद्दा उफामै तय भएको थियो । मुख्य विषयवस्तु आतंकवाद नै हुनेछ,’ भारतीय विदेशमन्त्री स्वराजले भनिन् । ‘पाकिस्तानले आफ्नो मनसाय परिवर्तन गरे के वार्ता स्थगित होला त ?’ भन्ने प्रश्नको जवाफमा स्वराजले भनेकी थिइन्, ‘कूटनीतिमा कहिले पनि पूर्णविराम लाग्दैन ।’

एजेन्सी। दुईजना अमेरिकी नागरिकले उत्तरी फ्रान्समा एउटा रेलमा सम्भावित आतंकवादी हमलालाई विफल पारेका छन् । यो घटनामा उनीहरूले देखाएको बहादुरीलाई लिएर अहिले अमेरिका र अन्य युरोपेली मुलुकमा उनीहरूको प्रशंसा भइरहेको छ ।
घटना फ्रान्सको एरासनजिकै तीव्र गतिको रेल सेवा थालाइसमा भएको थियो । उनीहरूले विनाशक हतियार बोकेका एक २६ वर्षीय मोरक्कनलाई हमला गर्नबाट रोकेका हुन् । एके४७ राइफल र एउटा हातेबन्दुक बोकेर रेलभित्र पस्न खोजेका ती मोरक्कनबाट हतियार खोसेको एकजना अमेरिकीले बताए । त्यसपछि उनीहरूले तिनलाई बेहोस नहुञ्जेल कुटेका थिए ।
उनको आक्रमण प्रयास असफल बनाउनेमध्ये दुईजना, स्पेन्सर स्टोन र एलेक स्कार्लाटस क्रमश: हवाई सेना र नेसनल गार्डका सदस्य हुन् । उनीहरू शुक्रबार साँझ आफ्ना बालापनका साथी एन्थोनी स्याडलरसँग आर्मस्टरडमबाट पेरिसको यात्रा गरिरहेका थिए । स्याडलरले पनि आक्रमणकारीलाई नियन्त्रणमा लिन सहयोग गरेका थिए ।
‘पहिले स्पेन्सरले ती व्यक्तिको घाँटी च्यापे, स्कार्लाटसले स्काई न्युजसँग भने, मैले हातेबन्दुक खोसेर फ्याँकिदिएँ । त्यसपछि मैले एके ४७ खोसेँ र पछि टाउकोमा बजार्न थालेँ ।’ स्याड्लरले बिबिसीसँग भने, ‘स्पेन्सरले उनलाई बेहोस नहुञ्जेल घाँटी च्यापेर राखे र सबैजनाले उनलाई पिट्न थाले ।’
तथापि, एके४७ राइफल चल्ने अवस्थामा नरहेको स्कार्लाटसले बताए । उनैले हातेबन्दुकको कार्टिज निकालेर फ्याँकेका थिए । फ्रान्सेली अधिकारीहरूले यो घटनामा तीनजना घाइते भएको बताए, जसमध्ये दुईजनाको अवस्था गम्भीर छ । एकजनालाई गोली लागेको छ भने अर्कालाई छुराले घाउ लागेको छ ।
फ्रान्समा बसोबास गर्ने बेलायती नागरिक क्रिस नर्मन पनि हतियार खोस्ने क्रममा घाइते भएका छन् । ‘म निकै पछि मात्र त्यहाँ आइपुगेको थिएँ,’ उनले एरासमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘ती व्यक्तिले छुरा निकालेर स्पेन्सरलाई प्रहार गर्न थालेका थिए । उनको घाँटीमा घाउ लागेको छ भने एउटा औँला झन्डै चुँडिएको छ ।’ अर्का एकजना अपरिचित व्यक्तिलाई पनि चोट लागेको बताइएको छ । तथापि, स्पेन्सरले आफ्नो घाउको ख्याल नगरी उनलाई सहयोग गर्न अस्पताल कुर्लिएको बताइएको छ ।
न्युयोर्कबाट आएका सामाजिक कार्यकर्ता क्रिस्टिना कुन्सले सो रेलमा पाँच सय ५४ जना यात्रु रहेको बताए । गोलीको आवाज सुनिँदा उनी रेलको सिटमै बसिरहेका थिए । उनीहरूमध्ये कोही पनि सैन्य पोसाकमा थिएनन् । उनीहरू नियमित यात्रु थिए, उनले भनिन् । यात्रुहरूमा फ्रान्सेली कलाकार जिन हग एंग्लेड पनि छन्, जसलाई सामान्य चोट लागेको छ ।
यसैबीच, ती अमेरिकी युवा र नर्मनलाई एरासमा बहादुरीको पुरस्कार दिइएको छ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले समेत उनीहरूको प्रशंसा गरेका छन् । फ्रान्सका आन्तरिकमन्त्री बर्नाड केजेन्युभले याुत्रहरू साहसी पाइएको छ र उनीहरू कठिन परिस्थितिमा बहादुर प्रदर्शन गरेको बताए । उनीहरूले प्रतिकार नगरेको अवस्थामा नराम्रो घटना हुने पनि उनले बताए ।
बेल्जियमका प्रधानमन्त्री चाल्र्स मिचेले यो घटनालाई ‘आतंकवादी आक्रमण’ भनेका छन् । फ्रान्सेली सञ्चारमाध्यमले गिरफ्तार भएका व्यक्तिका बारेमा जासुसी निकायलाई पहिले नै जानकारी भएको जनाएका छन् । सामािजक सञ्जालमा पोस्ट गरिएको तस्बिरमा उनलाई एरासको प्लेटफर्ममा मानिसहरूले समाइरहेको देखिएका छन् ।
गत जनवरीमा फ्रान्सेली व्यंग्य पत्रिका चार्ली हेब्दो र एउटा यहुदी सुपरमार्केटमा आतंकवादी हमला भएका थिए, जसमा १७ जनाको मृत्यु भएको थियो । त्यसैगरी, जुनमा आफूलाई आइएसबाट प्रभावित भएको भन्ने एक व्यक्तिले आफ्ना हाकिमको टाउको काटेका थिए । उनले दक्षिण फ्रान्समा रहेको एउटा ग्यास प्लान्टसमेत विस्फोट गराउने प्रयास गरेका थिए ।
बेइजिङ, २९ साउन । चीनको उत्तरी सहर तियान्जिनमा बुधबार राति औद्योगिक क्षेत्रमा भएको शक्तिशाली विस्फोटमा ४४ व्यक्तिको मृत्यु भएको छ ।
सिन्ह्वाका अनुसार आगो निभाउन गएका १२ व्यक्ति पनि मारिएका छन् । सो विस्फोटमा घाइते भएका चार सयमध्ये ३६ जनाको अवस्था निकै गम्भीर रहेको सिन्ह्वाले जनाएको छ । सो क्षेत्रमा अझै ३६ व्यक्ति हराइरहेका छन् ।
गम्भीर घाइते भएका व्यक्तिलाई नजिकको अस्पतालमा उपचार भर्ना गरिएको छ । विस्फोटपछि तियान्जिन सहरमा ठूलो आगोको मुस्लो निस्केको थियो । सिन्ह्वाका अनुसार औद्योगिक क्षेत्रमा तीनपटक ठूला शक्तिशाली विस्फोट भएका थिए । पहिलो विस्फोट राति ११.३० बजे विन्है क्षेत्रमा भएको थियो । यहाँ हवाईजहाज मर्मतका लागि चाहिने सामग्री राखिएको थियो ।
त्यसपछि अर्को गोदाममा विस्फोट भयो । तेस्रोपटक विस्फोट हुँदा आगोको मुस्लो दुई किलोमिटर टाढासम्म पुगेको थियो । आगो निभाउन हजार अग्निनियन्त्रक तथा एक सय ४० जना अग्नि इन्जिनियर घटनास्थलमा पुगेका थिए । अहिले पनि सुरक्षाकर्मी र बारुदयन्त्रका कर्मचारीले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् ।
तर आगो पूर्ण रूपले नियन्त्रणमा आइनसकेको सिन्ह्वाले जनाएको छ । निर्यातका लागि तयारी अवस्थामा रहेका सयौँ कार आगाको ज्वालामा भष्म भएका छन् । औद्योगिक क्षेत्रभित्र रहेको रासायनिक भण्डारण गोदाममा अचानक विस्फोट भएको हो । बुधबार राति ११.३० बजे न्यु डेभलपमेन्ट जोन गोदाममा संवेदनशील रासायनिक पदार्थ राख्ने काम भइरहेको थियो ।
बेइजिङको दक्षिण–पूर्व तियान्जिन प्रदेश चीनकै प्रमुख बन्दरग्राह र औद्योगिक क्षेत्र हो । घटनाका कारण यस क्षेत्रमा बिजुली सेवा अवरुद्ध छ । चीनका राष्ट्रपति सी जिनपिङले घटनाको दु:ख व्यक्त गरेका छन् ।
एजेन्सी । २२ बर्ष अघि भएको मुम्बई आक्रमणमा अदालतद्धारा दोषी पाईएका याकुव मेमनलाई आज विहान फाँसी दिइएको छ ।
सर्वोच्च अदालतले समेत मेमनलाई दिईएको फाँसीको सजाय सदर गरेपछि आज विहान मुम्बईको नागपुरस्थित जेलमा उनलाई फाँसी दिइएको भारतीय सञ्चार माध्यामले जनाएका छन् । अबेर राती सर्वोच्च अदालतको बिशेष सुनुवाईपछि आज विहान ५ बजे मेमनलाई मृत्यु दण्ड दिइएको भारतीय अधिकारीहरुले बताएका छन् ।
यसअघि गएराती याकुवकातर्फबाट दायर माफीसम्बन्धी प्रस्तावलाई राष्ट्रपति प्रणव मुखर्जीले खारेज गर्नुभएको थियो । पोष्टमार्टमपछि याकुवको शवलाई आफन्तको जिम्मा लगाईने भारतीय अधिकारीले बताएका छन् । सन १९९३ मा मुम्बईमा भएका श्रृखलाबद्ध बिष्फोटमा २ सय ५७ जनाको मृत्यु भएको थियो भने ७ सय जना घाइते भएका थिए । सो आक्रमणमा याकुवलाई दोषी ठहर गर्दै अदालतले फाँसीको सजाय सुनाएको थियो ।
इस्लामावाद/ अमेरिकी दूतावासमा काम गर्ने स्थानीय कर्मचारीको पाकिस्तानमा बन्दुकधारीले हत्या गरेका छन् । स्थानीय कर्मचारीको हत्याको जिम्मेवारी कुनै समूहले लिएको छैन । मारिने अमेरिकी कर्मचारी इकबाल बेग रहेको पाकिस्तानी प्रहरीले जनाएको छ ।
आइतबार साँझ बेगमाथि उनकै घरबाहिर गोली हानी हत्या गरिएको हो । अमेरिकी ड्रग इन्फोर्समेन्ट एडमिनिस्ट्रेसनमा काम गर्ने बेगको हत्याको कारण खुलेको छैन । प्रहरीले यस विषयमा छानबिन सुरु गरेको छ ।
बेगमाथि गोली चलाउने व्यक्ति फरार भएको पाकिस्तानी प्रहरीले जनाएको छ । प्रहरीले हत्याको कारण पत्ता लगाउने र उनीमाथि गोली प्रहार गर्नेलाई यथाशक्य पक्राउ गरेर कारबाही गर्ने बताएको छ ।
पाकिस्तान सरकारले बेगको हत्याले प्रहरीलाई चरमपन्थविरुद्ध लड्न अझै सन्देश दिएको बताएको छ । सरकारले पाकिस्तानबाट चरमपन्थ अन्त्य नगरेसम्म आक्रमण गर्न नछाड्ने बताएको छ । तर, यस विषयमा अमेरिका तथा अमेरिकी दूतावासले कुनै प्रतिक्रिया दिएको छैन ।
युएई, आगामी सेप्टेम्बर ४ मा सम्पन्न हुन लागिरहेको एनआरएनको चुनावले युएईका नेपाली समुदायमा गरमागर्मी बढेको छ । युएईमा रहेका ठुला राजनैतीक पार्टीहरुका भातृ संगठनहरुले एनआरएनमा पकड जमाउनुलाई आफ्नो दलको प्रतिस्ठासँग जोडेर हेर्ने गरेको पाइएको छ ।
आगामी कार्यकाल २०१५ – २०१७ को लागि हाल सम्म कसैले पनि उम्मेद्बारी दिएको छैन । बजारमा बर्तमान उपाध्यक्ष सुदीप कार्कीको उम्मेद्बारीको हल्ला चले पनि घोषणा भने गरेका छैनन । कार्की बिगतमा एमाओबादी निकट रहे पनि हाल भने निस्कृय रहेका छन ।
त्यसै गरी एमालेले अहिले सम्म योग्य उम्मेद्वार पाउन सकेको छैन । बर्तमान कार्यकालका अध्यक्ष कृष्ण प्रशाद भुसाल एमाले सम्बद्द भएको र गरीब कामदारको हीतमा कुनै उल्लेखनिय काम पनि गर्न नसकेकोले आगामी कार्यकालको दाबी गर्न एमालेलाई कठिन देखिएको छ । एमालेले प्रबासी संगठन युएईका केन्द्रिय सदस्य तथा दुबई क्षेत्रका बर्तमान अध्यक्ष दामोदर दाहाललाई एनआरएन एनसीसीको अध्यक्षको उम्मेद्वार बनाउने तयारी गरेको छ । दाहालले आफु सम्बद्द अन्य संगठनको कार्यकारिणी पद बाट रजिनामा दिएर आफ्नो उम्मेद्बारीको जनाउ दिईसकेका छन ।
बर्तमान कार्यकालमा रहेर २ बर्ष काम गरेका अनुभबी पदाधिकारी हुँदाहुँदै क्षेत्रिय समिती बाट राष्ट्रिय समितीको अध्यक्षको उम्मेद्वार बनाउने तयारीले वास्तवमै एमाले निकट संगठनमा योग्य उम्मेद्वार नभएकै हो त ? भन्ने प्रश्न उठ्न थालेको छ ।
अर्को तिर निर्वाचन समितीमा एमाले निकट प्रबासी संगठनका महासचिब उत्तम अधिकारीलाई सम्योजकको रुपमा नियुक्ती गरिनु र अहिले आएर उनको भूमिकालाई लिएर थप आलोचना गर्न थालिएको छ । उनको भूमिकालाई लिएर बर्तमान कार्यसमितीमा असन्तुस्टी बढेको छ । स्वतन्त्र भूमिकामा रहनु पर्ने उनी केही दिन देखी काङ्रेस निकट जनसंपर्क समितीका सदस्यहरु सँग एमाओबादी निकट ब्यक्तीहरुलाई कुनै पनि भूमिकामा ल्याउनु नहुने भन्दै लबिङ गरिरहेको कुराले अहिले युएई तात्तिएको हो । एमाओबादीहरु लाई वास-आउट गर्नुपर्छ, हामी मिलेर जाऔ निर्वाचन समितीको सम्योजकको भनाइ उद्द्रित गर्दै नाम नबताउने सर्तमा जनसंपर्क समितीका सदस्यले भने । एमाले भित्र अधिकारी केपी ओली खेमा निकट रहेकाले उनी बढी उग्र देखिएको जानकारहरु बताउँछन ।
बर्तमान अध्यक्ष भुसालको कार्यकालमा उल्लेखनिय कुनै काम हुन नसकेको कुरा कार्यसमितीकै पदाधिकारीहरुले स्विकार्ने गरेका छन । उनी एनआरएन अध्यक्ष भए पनि पार्टीका कार्यक्रमहरुमा बढी सकृय देखिन्थे । एनआरएनको बिधान अनुसार एनआरएनका पदाधिकारीहरु कुनै पनि राजनैतीक संगठनमा रहेको हुनुहुदैन । तर बर्तमान कार्यकालमा अध्यक्षलाई यो नियम लागु भएन । अध्यक्ष बाहेक अन्य पदाधिकारीहरुको भूमिका भने सामान्य र गैर राजनैतीक नै रहेको देखिन्थ्यो ।
यही कार्यकालमा गायक राजेश पायल राईलाई बोलाएर गरिएको एउटा साँस्कृतिक कार्यक्रम पनि पूर्ण त घाटामा गएको थियो । दर्शकहरुको उल्लेखनिय उपस्थिती हुँदाहुँदै पनि आधा भन्दा बढी दर्शकहरु आफ्नो पार्टीका कार्यकर्ताहरुलाई निशुल्क प्रबेश दिईेकोले उक्त कार्यक्रम फ्लब भएको आयोजक मध्येका एक जानकार बताउँछन् । कलाकारको बिदाई र अन्य खर्च पनि गोजी बाट गर्नु परे पछी थलिएको युएई एनआरएनलाई गत बैशाखमा गएको भुकम्पले भने केही राहत दिएको थियो ।
झण्डै ९ हजारको ज्यान जाने गरी गएको भुकम्प पीडितहरुको सहयोगार्थ श्वस्फुर्त जुटेका राहत सामाग्रीहरुलाई ब्यवस्थापन गर्ने र सो कार्यको जस एनआरएनले लिएकोले भने बर्तमान कार्यकालले अलिकती भए पनि सास फेरेको हो । वास्तवमा भन्ने हो भने राहत ब्यवस्थापन गर्ने बाहेक अन्यमा एनआरएन युएईको कुनै हात थिएन ।
एनआरएन युएईले यो कार्यकालमा पँजिक्रीत सदस्यहरुको बार्षीक भेला समेत आयोजना गर्न सकेन । बर्षभरीको कृयाकलाप तथा कार्यक्रमहरुको गतिबिधी जानकारी गराउने र त्यसलाई अनुमोदन गराउने बार्षीक भेलामा प्रस्तुत गर्नुपर्ने कुनै पनि कार्यक्रम नभएकोले पनि बार्षीक भेला आयोजना नगरिएको हो ।
स्रोत: अन्य पत्रीका बाट
स्पेन- युरोपेली राष्ट्र स्पेनमा १ अर्ब १० करोड युरो लगानीमा निर्माण भएको एउटा अन्तर्राष्ट्रिय विमानस्थल लिलामी गर्दा जम्मा १० हजार युरोमा बिक्री भएको छ। स्पेनको मध्यभागमा सन् २००८ बाट सञ्चालनमा आएको 'सिउडाड रियल सेन्ट्रल एयरपोर्ट' चार वर्षपछि २०१२ मा टाट पल्टिएको थियो। त्यहाँ उडान गरिरहेका वायुसेवा कम्पनीहरूले यात्रु अभाव देखाउँदै धमाधम उडान बन्द गरेपछि विमानस्थल टाट पल्टिएको थियो।
चार वर्षदेखि बन्द रहेको उक्त विमानस्थल लिलामी गर्दा अन्तर्राष्ट्रिय लगानीकर्ताहरूको एक समूहले १० हजार युरोमा लिलामी सकारेका हुन्। यो रकम भनेको उक्त विमानस्थल निर्माण गर्दा लागेको कुल रकमभन्दा १ लाख गुणा कम हो। लिलामी प्रक्रियामा यही एउटा समूहमात्र सहभागी थियो।
त्यति सस्तोमा विमानस्थल हात पार्ने समूह चिनियाँ व्यवसायीहरूको हो। जनिन इन्टरनेसनल नामको व्यावसायिक समूहले विमानस्थललाई अब चिनियाँ कम्पनीहरूका लागि युरोप प्रवेश गर्ने मुख्य प्रवेश विन्दु बनाउने घोषणा गरेको छ।
यो लिलामीपछि पनि जनिनले पुनः अन्य कम्पनीलाई विमाननस्थल बिक्री गर्छ वा गर्दैन भन्ने अझै यकिन भएको छैन। विमानस्थल निर्माण सम्पन्न हुँदा स्पेनको अर्थतन्त्र तीव्र गतिले अगाडि बढिरहेको थियो।
यो विमानस्थल म्याड्रिडको मध्यभागबाट २ सय ३५ किलोमिटर दक्षिणमा रहेको छ। निर्माण सुरु गर्दा यसलाई म्याड्रिडस्थित बराजास विमानस्थलको विकल्पका रूपमा हेरिएको थियो। स्पेनको सिआर एइरोपुएर्टोस नामक निजी कम्पनीले निर्माण गरेको यो विमानस्थलले सोचेअनुसार व्यापार गर्न नसकेपछि चार वर्षमा टाट पल्टिएको थियो।
उक्त कम्पनीले भने विमानस्थलको न्यूनतम मूल्य २ करोड ८० लाख युरो तोकेको थियो। आगामी सेप्टेम्बरभित्र अर्को नयाँ खरिदकर्ता न्यूनतम मूल्यसहित आउने सम्भावना रहेको जनाइएको छ। यो विमानस्थलको यात्रु क्षमता वार्षिक १ करोड थियो। स्पेनमा रहेका 'भूत विमानस्थल' मध्ये एक सिउडाड सञ्चालनमा आए पनि पर्याप्त यात्रु आकर्षित गर्न सकेको थिएन।
सन् २०१३ डिसेम्बर ९ मा यो विमानस्थल लिलामीमा राखिएको थियो। त्यसबेला यसको न्यूनतम मूल्य १० करोड युरो तोकिएको थियो। यो मूल्यमा कसैले चासो नदिएपछि बिक्री अवधि बढाइएको थियो। त्यसपछि २०१४ जुलाई २७ मा सिउडाड रियलको वाणिज्य अदालतले नयाँ खरिदकर्ता खोज्न न्यूनतम ८ करोड युरो तोकिदिएको थियो।
सिउडाड विमानस्थलमा एउटामात्र धावनमार्ग छ। धावनमार्गको लम्बाइ ४ हजार १ सय मिटर (१३ हजार ४ सय ५० फिट) छ भने चौडाइ ६० मिटर (२ सय फिट) रहेको छ। युरोपमा जति पनि लामो धावनमार्ग भएका विमानस्थल छन्, तीमध्ये सिउडाड पनि एक हो। योसँग संसारकै सबैभन्दा ठूलो यात्रुबाहक जहाज एयरबसको 'ए३८०' सिरिजको जहाजदेखि सम्पूर्ण व्यावसायिक जेट जहाज उडान–अवतरण गराउनसक्ने क्षमता छ।
यो विमानस्थलको केही भाग निजी तथा हवाई खेलकुद सुविधाका लागि उपयोग गरिएको थियो। यसमा जहाज मर्मत क्षेत्र, हेलिकोप्टरका लागि छुट्टै पार्किङ तथा आठ किलोमिटर क्षेत्रफल ओगट्ने एउटा औद्योगिक क्षेत्र निर्माण गर्ने योजना पनि थियो।
विमानस्थलको यात्रु टर्मिनलले वार्षिक १ करोड यात्रु व्यवस्थापन गर्ने क्षमता छ। यसले वार्षिक अधिकतम ४७ हजार टन कार्गो व्यवस्थापन गर्नसक्छ। त्यस्तै यसमा यात्रु सुविधाका लागि ३ सय मिटर लामो पुल पनि निर्माण गरिएको थियो जसलाई टर्मिनलबाट नजिकैको म्याड्रिड–सेभिल्ले हाइस्पिड रेल लाइनमा जोड्ने योजना थियो। तर, हालसम्म उक्त रेल लाइन भने निर्माण भएको छैन।
यो विमानस्थलमा र्यािन एयरले पहिलो पटक २०१० जुनमा अन्तर्राष्ट्रिय उडान गरेको थियो। र्यारनले लन्डन स्ट्यान्स्टेडबाट सातामा तीन उडान गरेको थियो। यसले ६ महिना उडान गर्दा २२ हजार यात्रु बोकेको थियो।
यो विमानस्थलले २०१० जुनबाट अन्तर्राष्ट्रिय सेवा सुरु गरेको थियो। तर चार महिना नबित्तै सबै अन्तर्राष्ट्रिय रुट रद्द गरिए र विमानस्थलले ३० करोड युरोभन्दा बढी ऋण रहेको भन्दै आफू आर्थिक रूपमा टाट पल्टिएको घोषणा गरेको थियो।
एथेन्स/ तीन सातादेखि बन्द रहेका ग्रिसका सबै बैंक सोमबारबाट फेरि खुल्दै छन् । बैंकबाट प्रतिदिन ६० युरो निकाल्न पाइने नियम पनि अब परिवर्तन हुने ग्रिस सरकारले जनाएको छ ।
युरोपेली सेन्ट्रल बैंक (इसिबी) ले तत्कालका लागि आपत्कालीन कोषबाट ग्रिसलाई दिइरहेको रकम बढाउने भएपछि बैंकहरू खुल्ने भएका हुन् । इसिबीले यो निर्णय बिहीबार गरेको थियो । त्यस्तै, युरोजोनका अर्थमन्त्रीहरूले तत्कालका लागि ग्रिसलाई सात अर्ब युरो ऋण दिन सहमत भएका छन् । यो ऋणको उद्देश्य बेलआउट प्याकेजमाथि सम्झौता हुनुपहिले ग्रिसको अर्थ व्यवस्थालाई सहज बनाउन दिन लागिएको हो । शुक्रबार यो ऋण तत्काल दिन युरोपेली युनियन (इयू) का सबै सदस्य राष्ट्र सहमत भएका छन् । ग्रिसको संसद्ले युरोजोन बेलआउट प्याकेजका लागि कडा सुधारको प्रतिज्ञा गर्दै विधेयक पारित गरेपछि इयूका देशले तत्कालै ग्रिसलाई ऋण दिन सहमत भएका हुन् ।
यसभन्दा पहिले सोमबार ब्रसेल्समा युरोजोनका नेता ग्रिसलाई बेलआउट प्याकेज दिन सैद्धान्तिक रूपमा सहमत भएका थिए । यसबारे आइतबार युरोजोनका सबै २८ राष्ट्रले सहमति जनाउन सक्ने सम्भावना छ ।
तर, यो सहमतिका लागि ग्रिक संसद्ले सेवा निवृत्तको उमेर बढाउने र सुधार ल्याउने वाचा बुधबार गरेको थियो । त्यस्तै, कर प्रणालीलाई सुधार गर्दै युरोपका प्रस्ताव सबै मान्न तयार भएको ग्रिक सरकारले बताएको छ । ५ अप्रिलमा अस्वीकार गरिएका इयू तथा ऋणदाताका प्रस्तावमा केही परिमार्जन गर्दै ग्रिक सरकारले नयाँ प्रस्ताव राखेको थियो । यो प्रस्तावलाई इयूले सकारात्मक भन्दै स्वीकार गरेको थियो ।
तर, यही प्रस्ताव राखेकाले ग्रिक प्रधानमन्त्री एलेक्सिस त्सिप्रासको आलोचना बढेको छ । सत्तारुढ दल सिरिजा पार्टीकै संसद्ले यसको विरोध गरेका छन् । उनीहरूले ग्रिक सरकारले राखेका नयाँ प्रस्तावका कारण ग्रिसको आत्मसम्मानमा आँच पुग्न सक्ने बताएका छन् ।
ग्रिसलाई तेस्रो बेलआउट प्याकेजमा ८६ बिलियन युरो दिन युरोपेली मुलुकहरू सहमत भएका हुन् । यही सहमति जर्मन संसद्ले स्पष्ट बहुमतका साथ अनुमोदन गरेको छ । शुक्रबार जर्मन संसद्मा भएको मतदानमा यो सम्झौताको पक्षमा चार सय ३९ सांसदले मतदान गरे । विपक्षमा एक सय १९ मत परेको थियो ।
संसद्ले सम्झौतामा समर्थन जनाए पनि जर्मन सडकमा त्यसको विरोध भएको छ । शुक्रबार दर्जनौँ प्रदर्शनकारीले तत्काल ग्रिसलाई कडा सर्तविना तेस्रो बेलआउट प्याकेज दिन नहुने नारा लगाएका थिए ।
उता, २२ जुलाईमा बस्ने ग्रिक संसद्ले ग्रिसमा थप सुधारका कार्यक्रमलाई अनुमोदन गर्नेछ ।
तर, पछिल्ला कदमले ग्रिसको अर्थतन्त्रमा केही समय राहत देखिए पनि कालान्तरमा झन् धेरै समस्या निम्तन सक्ने विश्लेषण छ । ग्रिसले अहिले तिर्नुपर्ने ऋण तीन सय २० बिलियन युरो छ । गत महिना ग्रिसले अन्तर्राष्ट्रिय मुद्रा कोषलाई समयमै ऋण तिर्न सकेको थिएन । विकसित देशले अन्तर्राष्ट्रिय मुद्रा कोषलाई ऋण तिर्न नसकेको यो पहिलो घटना हो । तर, अहिले पनि यो ऋण ग्रिसले कहिले तिर्ने भन्ने निक्र्योल भइसकेको छैन ।
नयाँदिल्ली/ भारतको झारखण्ड १७ वर्षीय युवतीले घरमा शौचालय नहुँदा आत्महत्या गरेकी छिन् । घरमा कोही नभएको समयमा उनले आत्महत्या गरेकी थिइन् ।
मृत्युबारे अनुसन्धान गर्दा ती युवतीले बारम्बार घरमा शौचालय नभएको गुनासो गर्ने गरेको पत्ता लगाएको छ । उनकी आमाले प्रहरीलाई भनेकी छिन्, ‘सधैँ घरमा शौचालय बनाउन हामीलाई दबाब दिइरहन्थी । तर, हामीसँग शौचालय बनाउने पैसा थिएन । हामीले चाहँदाचाहँदै पनि उसको चाहना पूरा गर्न सकेका थिएनौँ ।’
घरको आर्थिक अवस्था कमजोर भएकाले उनीहरूले युवतीको विवाहका लागि पैसा जम्मा गरिरहेको तर शौचालय बनाउन नसकेको युवतीकी आमाले प्रहरीलाई बताएकी छिन् ।
जेनेभा । इजरायले अख्तियार गरेका नीतिविरुद्ध संयुक्त राष्ट्रसंघमा मतदान भएको छ । राष्ट्रसंघको मानवअधिकार परिषद्मा आएको प्रस्तावमा मतदान भएको हो । प्रस्तावमा अघिल्लो वर्ष गाजामा भएको संघर्षमा युद्ध अपराध गरेको आरोप लगाउ“दै इजरायलविरुद्ध मतदान भएको हो ।
राष्ट्रसंघमा गएको प्रस्तावको इजरायलले खण्डन गरको छ । उसले आफूमाथि कुनै ठोस प्रमाणविना आरोप लगाइएको बताएको छ । राष्ट्रसंघमा गएको प्रस्तावमा गाजा क्षेत्रमा युद्धअपराधको आरोप लागेका अधिकारीमाथि कारबाही गर्ने प्रस्ताव पनि गरिएको छ ।
मतदानमा ४१ देशले यो प्रस्तावको समर्थनमा मतदान गरे । अमेरिकाले यसको विरोध ग¥यो । भारतलगायत चार देशले मतदान बहिस्कार गरे । भारतले मतदानमा भाग नलिएपछि उसको प्यालेस्टाइनी नीतिमा परिवर्तन आएको अनुमान छ । तर, विदेश मन्त्रालयले यो अनुमानको खण्डन गर्दै भनेको छ, ‘प्यालेस्टाइनबारे भारतको कुनै पनि नीतिमा परिवर्तन आएको छैन ।’
विदेश मन्त्रालयले यसअघि पनि युएनएचआरसीको सिरिया र उत्तर कोरियाबारेका प्रस्तावमा भारतले सहभागिता नजनाएजस्तै यसपटक पनि सहभागिता नजनाएको जनाएको छ ।
इस्लामाबाद । पाकिस्तानको अफगानिस्तानसँगको सीमामा अवस्थित अशान्त आदिवासी क्षेत्रमा सेनाले आइतबार गरेको हवाई आक्रमणमा विदेशी सहित २३ लडाकूको मृत्यु भएको जानकारी सेनाले दिएको छ । यसलाई तालिवानविरुद्ध हाल चलिरहेको प्रमुख कारवाहीको रूपमा हेरिएको छ ।
यो आक्रमण अफगानिस्तानसँगको सीमामा अवस्थित खैबर तथा उत्तरी वजिरिस्तान आदिवासी जिल्लामा भएको बताइएको छ । सेनाले जारी गरेको एक विज्ञप्तिमा आक्रमणमा गोलाबारुदको एक भण्डारमा विस्फोट भएको उल्लेख गरिएको छ । विज्ञप्तिमा मर्ने व्यक्तिको पहिचान उल्लेख गरिएको छैन ।
खैबरमा पाकिस्तानको तालिवान तथा त्यसको लस्कर–ए–इस्लामको बलियो नियन्त्रण रहेको बताइन्छ ।

काबुल । अफगानिस्तानको पश्चिमी प्रान्त हेरातमा आतङ्ककारी समूहले गरेको एबुम्स आक्रमणमा कम्तीमा ११ अफगान सैनिकको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले सोमबार जनाएको छ ।
करुख जिल्लाको मस्जिडे इ चोबी इलाकामा सेनाको एक समूहमाथि आइतबार साँझमा भएको यस आतङ्ककारी आक्रमणमा ११ सैनिकको मृत्यु भएको जनाइएको छ । आक्रमणमा परी अन्य छजना घाइते भएका टोलो समाचार समितिले आफ्नो समाचार बुलेटिनमा जनाएको छ ।

सो आक्रमण अफगान सेनाको एक समूह प्रान्तीय राजधानी हेरात सहरबाट छिमेकीमा पर्ने बाद्घिसतर्फ यात्रा गइरेहेको अवस्थामा भएको छ । तालिवानी आतङ्ककारी समूहले मध्य अप्रिलयता अफगान सुरक्षाबलमाथि भीषण रुपमा आक्रमण गर्दै आएका छन् ।
पछिल्लो समयमा अफगानिस्तानबाट नेटो सैनिक स्वदेश फर्किएपछि र बाँकी रहेका नेटो सैनिकले पनि गत जनवरी १ बाट युद्धस्थलमा गएका तालिवानसँग युद्ध नगर्ने र अफगान सुरक्षाबललाई सल्लाह र अन्य सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेयता तालिवान आतङ्ककारी समूहले गरेको आक्रमणमा परी अफगान सुरक्षाबलको हताहत बढेको बताइएको छ ।
एजेन्सी : दक्षिण-पूर्वी फ्रान्सको ग्रेनोबिलमा आतंकाकारीले ग्यास फ्याक्ट्रीमा हमला गरेका छन् । सो आक्रमणमा एक व्यक्तिले ज्यान गुमाएका छन् ।
घटनामा दर्जनौ घाइते भएका छन् । फ्रान्सेली पत्रिकाक ले ड्याफिनेका अनुसार स्थानीय समयअनुसार बिहान ९ बजेर ५० मिनेटमा फ्याक्ट्री नजिकै ठूलो धमाकासाथ विस्फोट भएको थियो ।
समाचार अनुसार इराक र सिरियामा सक्रिय आतंकवादी संगठन आइएसको झन्डा बोकेका एक व्यक्ति कम्पनीभित्र छिरेका थिए । कम्पनीको गेट अगाडि त्यो ब्यक्तिले एक व्यक्तिलार्इ काटेर हत्या गरी भवन भित्र छिरेलगत्तै ठूलो आवाजमा विस्फोट भएको थियो ।

यस आक्रमणमा आइएसको हात रहेको आशंका फ्रान्सेली अधिकारीले गरेका छन् । तर अहिलेसम्म कसैले पनि यो आक्रमणको जिम्मेवारी लिएको छैन । पुलिसले घटनामा संलग्न भएको अभियोगमा शंकास्पद गतिविधि गरिरहेका एक व्यक्तिलार्इ गिरफ्तार गरेको छ ।
यसै सालको शुरुवातमा राजधानी पेरिसको मार्केट चार्ली हेब्डो म्यागजिनको कार्यालयमा भएको हमलापछि फ्रान्समा उच्च सुरक्षा सतर्कता अपनाइदै आएको छ । यो हमलापछि पनि अलकायदा र आइएसले फेरि आक्रमण गर्ने धम्की दिँदै आएका थिए ।
काबुल : अफगानिस्तानको संसद् भवनभित्र तालिवान लडाकुले सोमबार बम प्रहार गर्दा एक बालकसहित १२ जनाको मृत्यु भएको छ।
आक्रमणबाट केही सांसद घाइते भएको जानकारी दिइएको छ। संसद् चलिरहेका बेला भएको आक्रमणका कारण सांसदहरू सुरक्षाको खोजीमा यत्रतत्र भागेको अवस्था टेलिभिजनमा प्रत्यक्ष रूपमा देखिएको छ। भीडन्तका क्रममा सातजना आक्रमणकारी र एक बालकसहित पाँचजना सर्वसाधरण मारिएका छन्।
अफगानिस्तानका प्रतिरक्षामन्त्रीको रूपमा राष्ट्रपतिबाट मनोनीत व्यक्तिलाई संसद्मा परिचय गराउने समयमा उक्त आक्रमण भएको थियो। आत्मघाती कार चालकका साथमा सबै आक्रमणकारीको मृत्यु भएपछि आक्रमण अन्त्य भएको थियो। दोहोरो भिडन्तका क्रममा एक बालकसहित पाँचजना सर्वसाधारण पनि मारिएका छन्।
पहिलो कारबम संसदीय भवननजिकै मुख्य सडकमा विस्फोट भएको थियो। त्यसपछि आक्रमणकारीको एक समूह संसद् अगाडिको एक भवनमा प्रवेश गरेको थियो। उक्त जानकारी काबुल प्रहरीका प्रवक्ता एबादुल्लाह करिमीले दिएका हुन्। दुईजना पुरुष, एक महिला तथा एक बालकको उक्त आक्रमणमा मृत्यु भएको जानकारी प्रहरी तथा संयुक्त राष्ट्रसंघले दिएको छ।
गृह उपमन्त्री नजिब दानिसले सातजना आक्रमणकारीले आक्रमण गरेको बताएका छन् भने स्वास्थ्य मन्त्रालयले पाँच महिला एक बालकका साथमा ३१ व्यक्ति घाइते भएको जानकारी दिएको छ। उक्त घटनाको टेलिभिजन प्रसारणमा पहिलो विस्फोटमा संसद्भित्र कोलाहल फैलिएको र सांसद अब्दुल राउफ इब्राहिमीले आफ्नो कुर्चीमा बस्दै यो विद्युत्को गडबडी भएको सांसदलाई बताइरहेका थिए।
उक्त समयमा संसद्मा रहेका सांसद मोहमद रेजा कोसाकले एक ठूलो विस्फोट सुनिएको र त्यसपछि साना विस्फोट सुनिएको जानकारी दिए। उनले केही सेकेन्डमा हलमा धुवाँ फैलिएको र सांसदहरू भाग्न थालेको बताए। संसद् भवनबाहिर सुरक्षा दिइरहेका सैनिकले आक्रमणकारीको योजना सफल हुन नदिएको बताए।
प्रत्यक्षदर्शीका अनुसार सुरुमा आक्रमणकारीले संसद्को मूल प्रवेशद्वारमा शक्तिशाली विस्फोट गराएका थिए। उक्त घटनामा ६ देखि ९ पटक बम विस्फोटको आवाज आएको बताइएको छ। सशस्त्र व्यक्तिले संसद्भित्र छिर्न फायरिङ गरिरहेका थिए। उनीहरूको प्रयासलाई सुरक्षाबलले असफल बनाएको थियो। संसद् भवनमा रहेका सबै सभासद् सुरक्षित भएको गृहमन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयले दिएको जानकारीअनुसार सोमबार काबुलमा एक डच महिलालाई पनि अपहरण गरिएको छ। राष्ट्रपतिबाट रक्षामन्त्रीमा मनोनीत मसुम स्तानेकजईको परिचय परिचय संसद्मा गराइरहेका बेला भएको थियो। उनलाई रक्षामन्त्रीको रूपमा संसद्बाट अनुमोदन गराउनुपर्ने हुन्छ। त्यतिखेरै काबुलको दहमाजंग क्षेत्रमा पनि भयानक विस्फोट भएको थियो।
तालिवमानको आक्रमण लगत्तै संसद्लाई खाली गराइएको थियो भने वरिष्ठ नेताहरूको सुरक्षाका लागि विशेष अपरेसन सुरु गएिको थियो। सेनाको विशेष टोलीले एम्बुलेन्सका साथ संसद् भवनमा कारबाही सुरु गरेको जानकारी दिइएको छ। काबुलमा कार्यरत पत्रकार महबुब अला खानले शक्तिशाली विस्फोट भएको र संसद् भवनका सिसा पूरै फुटेको बताए। उनका अनुसार संसद् भवनवरपरका घरमा पनि क्षति भएको छ।
संसद्मा तैनाथ सुरक्षाकर्मीले आक्रमणकारीलाई २० मिनेटसम्म रोकेका थिए। सुरक्षा अधिकारीले संसद्मा आक्रमणको सूचना पहिले नै पाएको बताए। एक दशकसम्म अमेरिकी नेतृत्वको नेटो गठबन्धनले अफगानिस्तानमा सुरक्षा दिँदै आएको थियो। सन् २०१५ को जनवरी १ देखि देशको सुरक्षाको जिम्मा अफगान सेनामा आएको छ। यस घटनाले तालिवानविरुद्धको युद्धमा अफगान सुरक्षाबलको क्षमतामाथि आशंका उब्जिएको छ।
तालिवान विद्रोहीले अप्रिल महिनाको अन्त्यदेखि कडा आक्रमण सुरु गरेका छन्। उनीहरूले सरकार र विदेशी नियोगलाई आक्रमणको लक्ष्य बनाएका छन्। उनीहरूले अफगानिस्तानका प्रमुख धर्मगुरु मौलवीको आग्रहका बाबजुद पनि आक्रमण गरेका छन्। उनले रमदान महिनाभर हमला नगर्न आग्रह गरेका थिए। -एजेन्सी

लन्डन, २ असार । तिब्बती आध्यात्मिक नेता दलाइ लामा जुन तेश्रो साता बेलायत आउने भएका छन् । बुद्धिष्ट कम्युनिटी सेन्टर यूके (बीसीसी यूके) को विशेष निमन्त्रणामा बेलायत आउन लागेका लामाले २९ जुन दिउसो अल्डरसट एफसी स्टेडियममा विशेष
प्रवचन दिने कार्यक्रम छ । बीसीसी यूकेका पब्लिक रिलेसन अफिसर एवं प्रवक्ता मेजर रि. डमर घलेका अनुसार, लामाले प्रवचन बाहेक कम्युनिटीको बौद्ध गुम्बा समेत औपचारिक उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।
करिब ७ हजार दर्शक सहभागी हुने अपेक्षा गरिएको उक्त कार्यक्रममा २१ औं शताव्दीमा बौद्ध धर्मबारे प्रवचन, भिक्षु नृत्य (छम नाच), विभिन्न जात जातिको परम्परागत नृत्य र नेपालको भूकम्पमा परि दिवगंत भएकाको सम्झनामा प्रार्थना समेत गर्ने कार्यक्रम छ ।
बीसीसी यूकेले तीन लाख ७५ हजार पाउण्डमा खरिद गरेको घर गुम्बामा परिणत गरेको हो । प्रवक्ता मेजर रि. घलेका अनुसार, कम्युनिटीले थप करिब तीन लाख ७५ हजार पाउण्ड खर्च गरेर गुम्बाको अन्तिम रुप दिएको छ । गुम्बामा मुर्तीमात्र एक करोड रुपैयां बराबरका छन् । त्यहां आध्यात्मिक नेता दलाइ लामाको सौजन्यमा करिब ३० लाख रुपैयां मुल्य बराबरको वौद्ध धर्म ग्रन्थ समेत उपलव्ध छन् ।
बीसीसी यूकेको लामासंग सन् २००९ यता सुमधुर सम्वन्ध छ । त्यो बेला लामा बेलायत आउंदा कम्युनिटी पदाधिकारीले दर्शनभेट पाएका थिए । साथै कम्युनिटीले दलाइ लामा समक्ष गुम्बा बनाउने आफ्नो महत्वाकांक्षी योजना सुनाएको थियो । ‘लामाले हामीलाई त्यतिबेलै गुम्बामा राख्न सबै वौद्ध ग्रन्थहरु आफ्नो तर्फबाट प्रदान गर्ने वचन दिनु भएको थियो’, घलेले वीनेपालीसंग भने, ‘अहिले उहांकै बाहुलीबाट गुम्बा उद्घाटन हुन लाग्दा हामीलाई गर्व छ ।’
आयोजकले दलाइ लामाको कार्यक्रमबारे विस्तृत जानकारी दिन यही शुक्रवार कम्युनिटीकै भवनमा पत्रकार सम्मेलन डाकेका छन् । घलेले कार्यक्रम छुटाउनै नहुने बताउंदै सहभागिताका लागि टिकट सुरक्षित राख्न आग्रह गरे । नेपाल तिब्बत सम्वन्ध ऐतिहासिक रहंदा कार्यक्रमले बुद्ध नेपालमै जन्मेको सन्देश दिन सघाउने अपेक्षा गरिएको छ ।

म्युनिख । अमेरिकी राष्ट्रपति बाराक ओबामाले औद्योगिक राष्ट्रहरूको संगठन (जी-७) का नेताहरूसँग रूसविरुद्ध एकजुट भएर लाग्न आग्रह गरेका छन्। जर्मनीमा आयोजित जी-७ को शिखर सम्मेलनमा आइतबार उनले यस्तो धारणा अगाडि सारेका हुन्।
रूसले युक्रेनविरुद्ध संघर्ष गरिरहेका विद्रोहीलाई सहयोग गरेको आरोप पश्चिमा शक्तिहरूले लगाउँदै गरेका छन्। युक्रेनमा रूस समर्थित विद्रोहीले हत्या हिंसा गरेर अशान्ति मचाएको उनीहरूको दाबी छ। आइतबारदेखि सुरु भएको उक्त शिखर सम्मेलन सोमबारसम्म चल्ने छ। सम्मेलनको उद्घाटन गर्दै जर्मन चान्सलर एन्जेला मर्केलले ओबामालाई भव्य स्वागत गरेकी थिइन्।
मर्केलले यस सम्मेलनबाट विश्वव्यापी समस्याका रूपमा देखापरेको जलवायु परिवर्तनलाई नियन्त्रण गर्ने सहयोग पुग्ने बताएकी छन्। संयुक्त राष्ट्रसंघले सन् २०१५ को डिसेम्बरमा फ्रान्सको पेरिसमा जलवायुसम्बन्धी सम्मेलन गर्ने भएको छ। पेरिस सम्मेलनलाई गति दिन बैठक सहयोगी हुने अपेक्षा गरेको मर्केलले बताइन्।
सम्मेलनमा जर्मनीले विशेषगरी स्वास्थ्यसम्बन्धी विषयलाई प्राथमिकता दिएको छ। इबोलाजस्ता नयाँ रोग र उष्ण प्रदेशीय क्षेत्रमा देखापर्ने रोगका बारेमा उसले जोड दिएको छ।
छलफलमा युक्रेन र ग्रिसलाई लिएर व्यापक रूपमा छलफल भएको जानकारी दिइएको छ। युक्रेन युरोपका लागि निकै महत्त्वपूर्ण भाग हो। यसलाई आफ्नो सदस्य बनाउन सके रूसलाई घेर्न सकिने नीति उनीहरूको रहेको छ।
ग्रिस भने युरोपेली युनियन (इयु) का लागि टाउको दुखाइको विषय बन्न पुगेको छ। वामपन्थी नेता एलेक्सिस त्सिप्रास त्यहाँका प्रधानमन्त्री बनेपछि इयुका सर्तलाई उनले पूर्ण रूपमा स्विकार्न नसकिने बताएका छन्। यसैगरी ग्रिसले ऋण तिर्न नसक्ने बताउँदै आएका छन्। आफूलाई सहज नहुने देखिएमा इयुबाट बाहिरिने उनले चेतावनी दिँदै आएका छन्।
युरोपेली आयोगका प्रमुख जाँ क्लाउड जंकरले सम्मेलन हुनुअगाडि ग्रिसेली प्रधानमन्त्री त्सिप्राससँग ऋणको बारेमा छलफल गरेका थिए। उनले ऋण लिएपछि पालन गर्नुपर्ने अन्तर्राष्ट्रिय नियमबारे सचेत गराएका थिए।
अमेरिकी राष्ट्रपति बाराक ओबामाले सहभागी नेताहरूसँग अन्तर्राष्ट्रिय व्यापार, अर्थतन्त्र र व्यापारिक साझेदारीका बारेमा विमर्श गरेका छन्। ओबामाले युक्रेनका पक्षमा उभिएर रूसलाई चेतावनी दिनुपर्नेमा पटक पटक जोड दिए।
युक्रेनी समस्यालाई जलवायु परिवर्तनको मुद्दाभन्दा कम ठान्न नहुने उनको भनाइ थियो। उनले रूसलाई नाकाबन्दी लगाउने कुरामा युरोपलाई निकै आग्रह गरे। सम्मेलनमा मर्केल र ओबामाले जर्मन र अमेरिकी सम्बन्ध सुमधुर रहेको बताएका थिए। यसअघि गतवर्ष जर्मन चान्सलर मर्केलको मोबाइल फोन ट्यापिङ गरेको विषयलाई लिएर तनाव देखिएको थियो।
ओबामाले भने, 'जर्मनीका जनतासँग हाम्रो निकट सम्बन्ध रहेको छ। यसका निम्ति मर्केलप्रति आभारी छौं।' उनले जर्मनी र अमेरिकाको विश्वलाई हेर्ने दृष्टिकोण समान भएको दाबी गरे। युरोपियन परिषद्का प्रमुख डोनाल्ड तुस्कले पनि जी-७ ले रूसविरुद्धको प्रतिबन्धमा एकजुट हुनु महत्त्वपूर्ण भएको स्पष्ट पारे। युरोपेली नियोगहरूले रूसलाई एकल्याउने कुरा आफ्नो मूल विषय भएको खुलासा गरेका छन्।
क्रिमिया रूसमा विलय भएपछि पश्चिमा शक्तिले रूसलाई जी-८ समूहमा समावेश गरेका छैनन्। रूसले भने पश्चिमा शक्तिको कार्य गैरव्यावसायिक भएको बताउँदै आएका छन्। तेलको भाउ घटाउन अमेरिकाले चालेको कदममा पश्चिमाहरूले सहयोग गरेको पुटिनको भनाइ छ। अमेरिकाले तेलको भाउ घटाएर रूसलाई कमजोर बनाउने सोच राखेको उनले बताउँदै आएका छन्।
सम्मेलनपूर्व ओबामाले युक्रेनी राष्ट्रपति पेत्रो पारोसेन्कोलाई फोन गरेर आफूहरू युक्रेनको पक्षमा रहेको स्पष्ट पारेका थिए। यसैगरी जापानी प्रधानमन्त्री सिन्जो आबेले पनि युक्रेन पुगेर ऐक्यबद्धता जनाएका थिए। सम्मेलनमा आतंककारीसँग लड्ने विषयमा छलफल भएको जानकारी दिइएको छ। बोको हराम, अलकायदा र इस्लामिक स्टेटको बढ्दो प्रभाव नियन्त्रण गर्ने विषयमा पनि उनीहरूले परामर्श गरेका छन्।
शिखर सम्मेलनमा सहभागी नेताहरूको विरोध गर्दै जर्मनीमा प्रदर्शन भएका छन्। उनीहरू कार्यक्रममा जाने मार्ग प्रदर्शनकारीले ठप्प पारेका थिए। नेताहरूलाई कार्यक्रम स्थल लान हेलिकोप्टर प्रयोग गर्नुपरेको थियो।
कार्यक्रम आयोजना गरिएको सहर गार्मिस-पार्टेनकिरचेनमा विशाल :याली निकालिएका थिए।ठाउँठाउँमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भएका थिए। सयौं घाइतेलाई अस्पताल भर्ना गरिएको छ। आयोजनास्थलको सुरक्षार्थ २० हजार सुरक्षाकर्मी खटाइएको छ। अस्ट्रिया र जर्मनीको सिमानामा दुई हजार सुरक्षाकर्मी तैनाथ गरिएको छ। -एजेन्सी
क्वालालाम्पुर, १२ जेठ । थाइल्याण्डको सीमावर्ती मलेसियाको उत्तरी इलाकामा सामुहिक चिहान फेला परेको छ। मेलेसियाली अधिकारीहरुका अनुसार उक्त चिहानमा करिब १ सयभन्दा बढी प्रवासीहरुको शव गाडिएको हुन सक्छ।
मलेसियाको पत्रिका मलाइया स्टारले गृहमन्त्री जाहिद हामिदीलाई उद्धृत गर्दै लेखेको खबर अनुसार थाई सीमा क्षेत्र जजिक खाली रहेका मानव तस्करहरुको १७ ओटा सिविरमा यी चिहानहरु फेला परेका हुन्। तर, यी चिहानहरुमा कति ओटा शव छन् भन्ने कुरा उत्खननपछि मात्र पत्ता लाग्ने गृहमन्त्रीले बताएका छन्।
सञ्चारमाध्यमहरुका अनुसार यी चिहानहरु पछिल्लो एक साताभित्र फेला परेका हुन्। चिहानमा म्यानमार तथा बंगलादेशका प्रवासी नागरिकहरुलाई हत्या गरेर पुरिएको हुन सक्ने आशंका गरिएको छ। म्यानमारका रोहिंग्या मुसलमानहरु गैरकानुनी तरिकाले थाइल्याण्ड प्रवेश गर्ने नाकामा यी चिहानहरु फेला परेका हुन्। तर, मलिसियामा यस किसिमको चिहान पहिलो पटक फेला परेको हो।
केही समयअघि थाइल्याण्डमा मानव तस्किरीविरुद्ध विशेष कडा अभियान चलाइएको थियो। प्रत्येक वर्ष हजारौं संख्यामा गैरकानुनी तरिकाले थाइल्याण्डको बाटो हुँदै मानव तस्करहरुले विभिन्न मुलुकका व्यक्तिलाई मलेसिया प्रवेश गराउने गरेका छन्।