राष्ट्रपतिको आह्वान
१५ असार,
राष्ट्रपति डा. रामवरण यादवले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सबल पार्न सबै दल संविधान सभाको निर्वाचनमा सहभागी हुनुपर्ने बताएका छन् ।
जापानको टोकियो स्थित टोकियो विश्वविद्यालय शिक्षण अस्पतालमा स्वास्थ्य परीक्षण गरी शुक्रबार स्वदेश फर्किए पछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा पत्रकारसाग कुराकानी गर्दै उनले संसारमा बिरलै हुने दोस्रो संविधानसभाको निर्वाचनको मिति अब साढे चार महिना मात्र बाकी भएकाले सबैले आ–आफ्नो मत मतान्तर घटाएर निर्वाचनमा जानुपर्ने सुझाव दिए । राष्ट्रपति यादवले भने, ‘देशवासीको आकांक्षा अनुसार दोस्रो संविधानसभा खडा होस्, त्यसबाट गणतन्त्र, लोकतन्त्र सबल होस्, नेपाली जनताले नया संविधान प्राप्त गरुन्, लोकतान्त्रिक गणतन्त्र संस्थागत होस् ।’ निर्वाचनको माध्यमबाट नेपालको भविष्य सुनिश्चित हुनुका साथै नेपालीको समेत भविष्य उज्ज्वल हुने विश्वास उनले व्यक्त गरे ।
राजनीतिक स्थायित्व, देशको विकास र नेपालीको उज्ज्वल भविष्यका निम्ति लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नु बाहेक अर्को विकल्प नरहेको उल्लेख गर्दै उनले भने, ‘हामी सबैले एकजुट भई आफ्ना निजी मतमतान्तरलाई बिर्सेर राष्ट्रको सर्बोपरी हितका लागि अगाडि बढौं ।’
सो अवसरमा राष्ट्रपति यादवले दार्चुला लगायत देशको सुदूरपश्चिमका विभिन्न भागमा आएको बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति दु:ख व्यक्त गरे । ती घटनामा परी दिवङ्गत भएकाहरूप्रति समवेदना प्रकट गर्दै उनले शोकसन्तप्त परिवारजन प्रति सहानुभूति पनि व्यक्त गरे ।
सो अवसरमा परराष्ट्र मन्त्रालयद्वारा वितरित विज्ञप्तिमा पीडित क्षेत्रको राहत, पुन र्निर्माण र विकासमा सरकारले विशेष ध्यान दिने विश्वास राष्ट्रपति यादवले व्यक्त गरेको उल्लेख छ ।
यसैगरी छिमेकी मुलुक भारतमा बाढी पहिरोबाट भएको ठूलो जनधनको क्षतिप्रति पनि उनले दु:ख व्यक्त गरेका छन् ।
स्रोत: अन्य पत्रीका बाट