लुम्बिनीमा गोली चल्यो, एकको मृत्यु
भैरहवा, ६ मंसिर । रूपन्देहीकाे लुम्बिनी नजिकको विष्णुपुरामा प्रहरीको गोली लागि एक भारतीयकाे मृत्यु भएको छ । मृत्यु हुने भारतीय नागरिक रहेकाे प्रहरीकाे दावी छ । प्रहरीकाे गाेली लागी अन्दाजी ३०–३२ वर्षका सर्फराज खानकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । मृतककाे पेटमा गाेलीले प्वाल पारेकाे छ ।
नियमित सुरक्षा गस्तीमा रहेको प्रहरी टोलीले हतियार बोकेको ब्यक्तिलाई नियन्त्रणमा लिने क्रममा प्रहरीको गोली लागि हतियारधारी ब्यक्तिको मृत्यु भएको प्रहरीकाे भनाइ छ । मृतक भारतीय नागरिक माेस्ट वान्टेड सूचीमा रहेकाे प्रहरीकाे दावी छ ।
प्रहरीका अनुसार मृतक खान भारतकाे महाराजगञ्ज निचलाैल निवासी हुन् । भैरहवामा अाकाश गुरूङकाे अपहरणपछि भएकाे हत्यामा प्रहरीले खानलार्इ माेष्ट वान्टेडकाे सूचीमा राखेर खाेजी गरिरहेकाे जनाएकाे छ ।
भारत र नेपाल दुबैतिर बस्दै अाएका उनीहरू विष्णुपुरामा रहेकाे थाहा पाएपछि सादा पाेशाकका प्रहरीले पिछा गरेका थिए । दुर्इवटा माेटरसाइकलमा चारजना भाग्न लागेका बेला प्रहरीसँग मुठभेड भएकाे थियाे ।यसैक्रममा प्रहरीले जवाफी फाइरिङ गर्दा खानकाे मृत्यु भएकाे प्रहरीले बतायाे ।
घटनास्थलबाट तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कपिलवस्तुका अखिल मुसलमान र हफिजल्लाह मुसलमान छन् । रूपन्देही धमाैलीका अखिलेश यादव पनि पक्राउ परेका छन् ।
प्रहरीले हतियारसहित दुर्इवटा भारतीय नम्बर प्लेटका माेटरसाइकल बरामद गरेकाे छ । बरामद गरिएका माेटरसाइकलमा युपी ५ पी ५८६३ नम्बरकाे अपाचे र युपी ५५सी ४३३ नम्बरकाे स्प्लेन्डर छन् । घटनास्थलबाट दुर्इ थान पेस्ताेल, एक थान सिक्सर र १५ थान गाेली बरामद गरिएकाे प्रहरी उपरीक्षक राजेन्द्र ढकालले जानकारी दिए ।
घटनास्थल विष्णुपुराको भैंसिहा गाउँमा लुम्बिनीबाट झण्डै २० किलोमिटर उत्तरतर्फ पर्छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लुम्बिनी भ्रमण गर्ने भन्दै सुरक्षा कडा पारिएकै बेला यस्ताे घटना भएकाे छ।