जेसिस सप्ताह सम्पन्न (फोटो फिचर)

सुनसरी, १ असोज । झुम्का जेसिसले स्थापना दिवसका अवसरमा आयोजना गरेको जेसिस सप्ताह–२०१५ सम्पन्न भएको छ । जेसिस सप्ताह अन्तर्गत सद्भाव साइकल ¥याली, मैत्रीपूर्ण फुटबल, निःशुल्क दन्त शिविर, नेतृत्व विकास तालिम, तिज तथा जितिया विशेष कार्यक्रम, वतृत्वकलालगायतका कार्यक्रम आयोजना गरेको  जेसिस सप्ताहका संयोजक सुदीप अधिकारीले जानकारी दिए । 

जेसिस सप्ताह अन्तर्गत नै बुधबार हिन्दू नारीहरुको महान पर्व जित र आउँदै गरेको जितिया पर्वको तिज तथा जितिया विशेष कार्यक्रम आयोजना गरिएको थियो । रामधुनी–भासी नगरपालिकास्थिति झुम्का बजारमा अयोजित कार्यक्रममा सात सयभन्दा बढी महिलाहरूको उपस्थिति थियो । 

संयोजक अधिकारीले जेसिसा सप्ताह–२०१५ लाई भव्यरुपमा सफल पार्न सहयोग गर्ने विभिन्न राजनीतिक दल, स्थानीय निकायका प्रतिनिधि, बुद्धिजिवी, सामाजिक अगुवालगाय सबैलाई धन्वयाद दिए । झुम्का जेसिसले आफ्नो स्थापना दिवसका अवसरमा यस्तै कार्यक्रम अयोजना गर्र्दै आएको छ ।