भन्सार नाकामा अझै कडाइ
काठमाडौं, १९ असोज । अघोषित नाकाबन्दी लगाएर नेपाललाई अप्ठ्यारो पार्दै आएको भारतले जोगबनी र रुपैडिहाबाहेक अन्य नाकाबाट पेट्रोलियम पदार्थ ल्याउन रोक लगाएको छ। विराटनगरको जोगबनी र नेपालगन्जको रुपैडिहाबाट सोमबार साँझसम्म पेट्रोलियम पदार्थ बोकेका ३९ ट्यांकर मात्र नेपाल भित्रिएका छन्।
जोगबनी नाकाबाट पेट्रोलका १०, डिजेलका २० र ग्यासका दुई गरी ३२ ट्यांकर भित्रिएका छन्। एसएसबीले सोमबार अबेर रुपैडिहाबाट पाँचवटा डिजल ट्यांकर र दुईवटा ग्यास बुलेट गरी ७ वटा ट्यांकर छाडेको छ।
काँकडभिट्टा, वीरगन्जको रक्सौल, भैरहवाको बेलहिया र धनगढीको गौरीफन्टा नाकाबाट केही मालवाहक ट्रक भित्रिए पनि इन्धन ट्यांकर भने आएनन् ।
पूर्वी नाका काँकडभिट्टाबाट आइतबार चार बुलेट खाना पकाउने ग्यास पठाएको भारतीय पक्षले सोमबार त्यसमा पनि रोक लगाएको छ।
नाकाबन्दी खुलेको छनक दिन उसले थोरै इन्धन काँकडभिट्टा पठाउने तयारी गरेको छ। तर, यस्तै शैलीले झुक्याउँदै नाकालाई अझै नियन्त्रित गर्ने उसको नियत प्रस्टिएको छ। नेपाली ट्यांकरहरूलाई तेल भर्नै रोक लगाइरहेको इन्डियन आयल कर्पोरेसनले सोमबार पाँच ट्यांकर डिजेल र एक ट्यांकर हवाई इन्धन भने भरिदिएको छ। पश्चिम बंगालको सिलिगुढीस्थित कर्पोरेसनको डिपोमा इन्धन भरेपछि ती साधन पूर्वी नाका काँकडभिट्टातिर आउने क्रममा छन्।
काँकडभिट्टा प्रहरीप्रमुख डिएसपी श्यामकृष्ण अधिकारीका अनुसार ११ दिनयता तेल भर्न पालो कुरेर बसेका नेपाली ट्यांकरलाई बल्ल डिजेल र हवाई इन्धन थोरै भए पनि दिइएको हो। तर, पेट्रोल र मट्टीतेल भने अझै भरिएको छैन।
'तेल थोरै भए पनि भरिएको जानकारी आएको छ ', मेची भन्सारका एक अधिकृतले भने, 'तर, अब नाकामा एसएसबीले के गर्छ, हेर्नु छ।' इन्धनबाहेकका गाडीचाहिँ सोमबार काँकडभिट्टा नाकामा ठूलो संख्यामा भित्रिएका छन्। मेची भन्सारप्रमुख भीमप्रसाद अधिकारीका अनुसार तेस्रो देशबाट आएका १६ वटा सहित जम्मा १ सय २८ वटा ट्रक तथा गाडी सोमबार एकै दिन नेपाल भित्रेका छन्।
जोगबनीबाट ३२ ट्यांकर भित्रिए
भारतीय पक्षस"ग सहमतिसँगै १२ दिनपछि जोगबनी नाका सञ्चालनमा आएको छ। सोमबार जोगबनीबाट पेट्रोलका १०, डिजेलका २० ट्यांकर, ग्यासका दुई बुलेट र मार्बल, स्याउ, औद्योगिक कच्चा पदार्थ बोेकेका ५८ वटा गाडी नेपाल प्रवेश गरेको विराटनगर भन्सार कार्यालयले जनाएको छ।
कार्यालयप्रमुख कृष्ण बस्नेतका अनुसार भारतीय पक्षसँग सहमतिपछि आइतबार राति प्रहरीले धर्नाकारीलाई नाकाबाट हटाएको थियो। सोमबार बिहानैदेखि नाका खुले पनि दिउ"सो ३ बजेदेखि जोगबनीस्थित भारतीय कस्टमले इन्टरनेटमा समस्या आएको जनाउ"दै गाडी जा"चपास बन्द गरेको छ। सीमापारि जोगबनीआसपासका सडकमा १२ दिनदेखि रोकिएका सयभन्दा बढी इन्धन ट्यांकर र हजारभन्दा बढी मालवाहक ट्रक अलपत्र अवस्थामा छन्। नाका सञ्चालन भएस"गै विलम्ब शुल्क तिर्नुपर्ने डरले जोगबनीस्थित भारतीय कस्टममा नेपालका व्यवसायीको भीड बढेको भन्सार स्रोतले बताएको छ। स्रोतका अनुसार भारतीय कस्टममा नेपालका व्यवसायी, भन्सार एजेन्टहरूले आफ्नो सामान पहिले पठाइदिन दबाब दिन लर्को लाग्दा सामान जा"चपासमा पनि समस्या उत्पन्न भएको छ। आयातकर्ताले प्रतिट्रक दैनिक दुई हजारदेखि पा"च हजार रुपैया"सम्म विलम्ब शुल्क तिर्नुपर्ने हुन्छ।
बेलहियामा झन् कडाइ
नेपालबाट गएका इन्धनका गाडीलाई आइओसीको डिपोबाटै लोड गर्न नदिने र अरू गाडीको अवरोध पनि नहटाउने रबैया भारतीय पक्षले कायमै राखेको छ। सोमबार बैतालपुरस्थित आइओसी डिपोमा इन्धनका ३५ ट्यांकर गए पनि पेट्रोल र डिजेलका दुई–दुई ट्यांकर मात्र लोड गरिए। 'भारतीय अधिकारी सुरक्षा प्रबन्ध ठीक रहेको प्रतिक्रिया दिन्छन् तर पनि इन्धन भने लोड गरिदिँदैनन्,' रुपन्देहीका प्रजिअ विष्णुप्रसाद ढकालले भने।
भैरहवा भन्सार कार्यालयका भन्सार अधिकृत रवीन्द्र प्याकुरेलका अनुसार सोमबार दिउ"सो १ बजेसम्म ३७ गाडी नेपाल भित्रिएका थिए। त्यसलगत्तै आन्दोलनकारीले सीमाक्षेत्रमा प्रदर्शन गरे। केही बेरमै प्रहरीले स्थिति साम्य पारेपछि थप आधा दर्जन गाडी भित्रिए। त्यसपछि भने भारतले कुनै गाडी पठाएन। 'सुरक्षा प्रबन्धमा कुनै समस्या छैन, भारतीय पक्षले असुरक्षाको कारण देखाइरहेको छ, बु‰न सकिएको छैन,' उनले भने।
यसैबीच भरतलाई नाका खुलाउन दबाब बढेसँगै शान्तिपूर्ण प्रदर्शन र धर्नामा रहेका आन्दोलनकारी उत्तेजित हुन थालेका छन्। उनीहरू सीमापारिबाट गुलेलीले प्रहरीलाई ढुंगा र गुच्चा हान्न थालेका छन्। आन्दोलनकारीको गुलेली प्रहारबाट सोमबार जिल्ला प्रहरी कार्यालयका डिएसपी रामेश्वर कार्कीसहित नौ प्रहरी घाइते भएका छन्। सीमापारि कामविशेषले पुगेका बुटवल, देवीनगरका गणेश थापा निर्घात कुटिएको बेलहिया प्रहरी चौकीले जनाएको छ। अन्य दुई युवालाई पनि लछारपछार गर्दै नेपालतिर लखेटिएको थियो।
अवरोध हटाउन आनाकानी
रुपैडिहामा लामो समयदेखि रोकिएका सबै पेट्रोलियम ट्यांकर छाड्न नेपाली अधिकारीले गरेको आग्रहलाई भारतीय पक्षले अस्वीकार गरेको छ। भारतको उच्च निकायले आइतबारदेखि नै नेपालगन्ज नाका खोल्ने आश्वासन दिए पनि रुपैडिहास्थित भारतीय सुरक्षा अधिकारीले कार्यान्वयन गरेनन्।
दिनभर नेपाली पक्षले गरेको आग्रहलाई बेवास्ता गरेको एसएसबीले बेलुका ७ वटा पेट्रोलियम ट्यांकर मात्र छाडेको छ। यसमध्ये पाँचवटा डिजल ट्यांकर र २ वटा ग्यास बुलेट भित्रिएको इलाका प्रहरी कार्यालय जमुनाहाले जनाएको छ। सोमबार बेलुकासम्म एसएसबीले अन्य १३ वटा मालवाहक ट्रक तथा कन्टेनर छाडेको छ। पेट्रोलियम ट्यांकरभन्दा मालवाहक साधन दोब्बर बढी छन्।
एसएसबीले दिउँसो मात्र नेपाली अधिकारीलाई पेट्रोलियम ट्यांकर छाड्न माथिको आदेश आउनुपर्ने र अहिलेसम्म त्यस्तो कुनै आदेश नआएको जवाफ फर्काएको थियो। बेलुकीपख पहिलो चरणमा दुईवटा डिजल ट्यांकर र त्यसपछि तीन डिजल तथा दुईवटा ग्यास बुलेटलाई एसएसबीले छाडेको इप्रका जमुनाहा इन्चार्ज प्रहरी नायब निरीक्षक विष्णु गिरीले नागरिकलाई बताए।
१३ दिनदेखि रोकिएका पेट्रोलियम ट्यांकर तथा ग्यास बुलेटको लाइन सबैभन्दा पछाडि (रुपैडिहा बजारदेखि करिब ४ किलोमिटर टाढा) केवलपुर र जैतापुरसम्म छ। धेरै पछाडि आएका मालवाहक ट्रक तथा कन्टेनर भने सीमानजिक लामबद्ध छन्।
बाँकेका प्रजिअ वेदप्रकाश लेखक पेट्रोलियम ट्यांकर र ग्यास बुलेट निर्बाध छाडिदिन भारतीय पक्षलाई आग्रह गर्दा पनि बेवास्ता भइरहेको गुनासो गर्छन्। 'अचेल दिनहुँ जसो हाम्रो ध्यान यही विषयमा केन्द्रित भइरहेको छ,' उनले भने, 'जति अनुरोध गर्दा पनि एसएसबीले मान्दैन।'